२९ भदौ , काठमाण्डौ ।
जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।
यसैबीच १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भई उपचाररत छन्।
प्रधानमन्त्री सुशीला कार्कीले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्ने, आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र प्रत्येक मृतक परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेकी छन्।
७२ जीवनको बलिदान केवल तथ्यांक मात्र होइन, यो हाम्रो समाज र राज्य प्रणालीको गहिरो घाउ हो।
सरकारले मृतकलाई शहीद घोषणा गर्नु र क्षतिपूर्ति दिनु सकारात्मक कदम भए पनि साँचो न्याय तब हुनेछ, जब यी बलिदानहरूले देखाएको बाटो — सुशासन, समानता र पारदर्शी शासन — कार्यान्वयनमा परिणत हुन्छ।
अहिलेको नेतृत्वले यो अवसर गुमाए जनताको पीडा अझ गहिरो हुनेछस सफल भए भने इतिहासमा यसलाई नयाँ सुरुवातका रूपमा सम्झिनेछ।