×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार

५ आश्विन २०८२

५ असोज , काठमाण्डौ ।

नेपाली कांग्रेसभित्र केही वर्षदेखि लगातार नेतृत्व परिवर्तन र पुस्तान्तरणका लागि आवाज उठाउँदै त्यसका लागि सभापति शेरबहादुर देउवाविरुद्धको प्रतिपस्पर्धामा समेत होमिदै आएका महामन्त्री गगन थापा जेनजी आन्दोलनपछि झनै आक्रामक बनेका छन् ।

पछिल्लो पटक युवाहरुको आन्दोलनले देशको अवस्था र राजनीतिलाई नै उथलपुथल पारिरहँदा काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाशसहित उनीहरु पक्षधर अब कुनै पनि हालतमा पार्टीलाई रिफर्म गर्नैपर्ने अडानमा छन् ।

यद्यपि देउवा लाइनमा रहेकाहरुले अहिले नेतृत्वमाथि प्रश्न गर्ने वा विस्थापित गर्न खोज्नेभन्दा पनि सबै एकजुट भएर देउवा दम्पतिमाथि भएको दुव्र्यवहारको निन्दा गर्नुपर्ने बताइरहेका छन् । यहाँसम्म कि इतर समूहका नेता डा. शेखर कोइरालाले पनि यो समय नेतृत्वमाथि दबाव दिने बेला नरहेको भनेका छन् ।

यद्यपि उनले ओली सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा अहिलेको परिस्थिति आएको बताएका छन् । तर गगनविश्वप्रकाशहरुले भने अडान नछाड्ने जनाइसकेका छन् । अब पनि नेतृत्वले जेनजी आन्दोलनको मर्मअनूरुप बाटो नखोल्ने हो भने विकल्पमा जानेसम्मको संकेत उनीहरुले दिएका छन् ।

शुक्रबार संविधान दिवसका दिन गगन थापाको शीतलनिवासमा हामी नेपालका संयोजक सुदन गुरुङसंग पनि भेट भएको थियो । सो क्रममा गुरुङले गगनलाई तपाइँहरुले जे गर्नुपर्छ गर्नुस, तर बुढाहरु अब फेरि दोहोरिन भएन भन्दै सुझाव दिएका थिए ।

सुदनसंगको कुराकानीपछि गगन झनै दृढ देखिएका छन् । उनले पार्टीको व्यापक पुनर्गठन जरुरी भएको बताउँदै दुईवटा विकल्प सुझाएका छन् । शनिबार राति एक भिडिओ सन्देशमार्फत उनले पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका प्रश्नहरूको उत्तर दिने, कमजोरी र गल्तीलाई सच्याउने, सुधार्ने र नयाँ कुरालाई संकल्प गर्ने यो मौका पनि हुने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘पार्टी रुपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु । म पार्टीको साधारण सदस्यमात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किनकि यो मेरो विषय होइन । मभन्दा माथि पार्टी छ भन्ने मलाई थाहा छ तर पार्टीभन्दा माथि देश छ ।’

पार्टीको व्यापक पुनर्गठनका निम्ति उनले दुईवटा बाटो देखाएका छन् । पहिलो विकल्पमा पुरानो क्रियाशील सदस्यता नवीकरण, एक,दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व छान्ने अरु गर्दै जाने थापाको भनाइ छ ।

अर्को विकल्पमा विशेष महाधिवेशन गर्नुपर्ने उनले सुझाएका छन् । सभापति उपचार गराइरहेको बेला यस्तो असान्दर्भिक कुरा गर्न सुहाउँछ ? भन्दै कतिपयले प्रश्न गरेको भन्दै थापाले भने, ‘हामी कोही पनि संवेदनशीलहीन छैनौं । सभापतिको स्वास्थ्यको बारेमा निरन्तर जानकारी लिइरहेका छौं । सभापति अस्पतालमा भइरहेको बेलामा यो कुरा गरौँ भनेको होइन । सभापतिलाई सोधेर, सभापतिसँग सल्लाहले नै यो कुरा गरौँ भनेको । अझ सभापतिलाई नै तपाईंले पहिलो कदम चाल्नुस् भनेको । तर, एउटा कुरा चाहिँ हो, मनाउने हो, फकाउने हो, तर मान्नुभएन, कोही फकिनुभएन भनेदेखि त्यसको आधारमा अब हात उठाउने होइन। अगाडि बढ्ने हो, त्योभन्दा अर्को हामीसँग कुनै बाटो छैन ।’

देश दनदन्ती जलिरहँदा निभाउन सक्ने तागत राख्नपर्ने भन्दै उनले भने, ‘देश सँगसँगै यो पनि बिर्सनुहुन्न । नौजवानहरूले जुन आगो ओकलेका छन्, त्यसको मर्म हामीले बुझ्नुपर्छ । उनीहरूले चेन्ज खोजेका छन् ।’

थापाले पार्टी पंक्तिसहित आफैँलाई सोधेका छन्, ‘यत्रो उथलपुथल हुँदा पनि हामीले पार्टीलाई जस्ताको तस्तै राखेर हुन्छ ? टिकाउन सक्छौं ? टिकाउने प्रयत्न गर्नुहुन्छ ? आन्दोलनमा व्यक्त भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बनाउनुपर्ने छ कि छैन ?’

यसको दोष कसैलाई नदिने भन्दै उनले थपे, ‘म आफैँ कांग्रेसको महामन्त्री छु । मेरो भागको मात्र होइन, म अरु दोष लिन पनि तयार छु । मेरो र अर्का महामन्त्रीको सबैभन्दा ठूलो आजको दिनमा दोष भनूँ, कमजोरी भनूँ, हामीले यो बीचमा सही विषयहरु उठायौँ । मुद्दाहरू उठायौँ । तर, आफूले उठाएको मुद्दालाई कहिले पनि टुंगोमा पु¥याउन सकेनौँ । बीचमै छाड्यौँ, त्यो हाम्रो सबैभन्दा ठूलो कमजोरी भयो । तर, यो पटक छाड्दैनौँ ।’

उनले आफूलाई कतिपयले घाइते र सहिद परिवारलाई किन भेट्न नगएको भनेर सोधेको भन्दै आफूलाई अप्ठ्यारो लागेकाले अहिले जान नसकेको प्रष्टीकरण दिए । ‘भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरू लडेर ढले । यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने बल्ल म त्यो परिवारलाई भेट्नको लागि आफूलाई योग्य ठान्छु’, थापाले भनेका छन् ।

स्वच्छ र स्वतन्त्र इलेक्सन चुनावका लागि अन्तरिम सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा थापाको जोड छ । सँगै उनले भदौ २३ को दमनको छानबिन गरी दोषीले सजाय पाउनुपर्ने र २४ गते आन्दोलनको मौका छोपेर प्रतिशोध साँध्ने, आगजनी, तोडफोड र लुटपाट गर्ने ककसले किन गरे त्यसको पनि खोजी हुनुपर्ने विषय उठाएका छन् ।

‘यदि यिनले सजाय पाएनन् भने अलि पछाडि जब भाद्र २३ र २४ को सम्झना हुन्छ, त्यो बेलामा यत्रो त्याग र बलिदान दिएर युवाहरूले गरेको आन्दोलनलाई बदनाम गराउनका निम्ति यिनै कुराहरु प्रयोग हुन्छ ।’

थापाले आफूसहित ४६ पछि जिम्मेवारीमा रहेका नेता, अड्डा, अदालत, प्रहरी, प्रशासन, सेना सबैको सम्पत्ति, त्यसको स्रोत, जग्गा जमिन, व्यापार व्यवसाय, कतिपय काण्डहरू बिना प्रतिशोध दूधको दूध पानीको पानी छुट्याएर सजायको भागीदार बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

महामन्त्री थापाले लगातार पार्टी पुर्नगठनको आवाज उठाइरहदा कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भने तीव्र आक्रोश प्रकट गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै डा. महतले अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको उनले आरोप लगाए ।

आन्दोलनमा जलाइएको आफ्नो घरको भग्नावशेषबाटै सम्बोधन गर्दै उनले गगनको नाम नलिईकन उनीप्रति असन्तुष्ट र आक्रोश पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठिक नभएको उनको भनाइ छ ।

उनले भनेका छन्, अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ । २३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठीक हुने । हामी त बरु अलि टाढा भएका थियौँ । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ । उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भन्या थियौँ । कतिपय कुरा ठीक भइरहेको छैन । ओलीजीको सोच र शैलीले ठीक बाटोमा अघि बढ्दैन । अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ? नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि मन्थन हुन्छ । गम्भीर छलफल गर्छौंं । कसरी घटना घट्यो । मूल्यांकन गर्छौँ । सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? आधिकारिक निर्णय कार्यसम्पादन समितिले गरेको भन्दा छुट्टै बहस थाल्ने ? यसले हाम्रो पार्टीलाई मजबुत गर्दैन ।

काँग्रेसभित्र यस किसिमको द्वन्द चलिरहँदा कांग्रेसको काठमाडौं महानगर समितिले भने जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ । शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री थापा लगायतका नेताहरु सहभागी थिए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top