NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार

आइतवार अशोज ५ , २०८२
Reading Time: 1 min read
A A
गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ असोज , काठमाण्डौ ।

नेपाली कांग्रेसभित्र केही वर्षदेखि लगातार नेतृत्व परिवर्तन र पुस्तान्तरणका लागि आवाज उठाउँदै त्यसका लागि सभापति शेरबहादुर देउवाविरुद्धको प्रतिपस्पर्धामा समेत होमिदै आएका महामन्त्री गगन थापा जेनजी आन्दोलनपछि झनै आक्रामक बनेका छन् ।

पछिल्लो पटक युवाहरुको आन्दोलनले देशको अवस्था र राजनीतिलाई नै उथलपुथल पारिरहँदा काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाशसहित उनीहरु पक्षधर अब कुनै पनि हालतमा पार्टीलाई रिफर्म गर्नैपर्ने अडानमा छन् ।

यद्यपि देउवा लाइनमा रहेकाहरुले अहिले नेतृत्वमाथि प्रश्न गर्ने वा विस्थापित गर्न खोज्नेभन्दा पनि सबै एकजुट भएर देउवा दम्पतिमाथि भएको दुव्र्यवहारको निन्दा गर्नुपर्ने बताइरहेका छन् । यहाँसम्म कि इतर समूहका नेता डा. शेखर कोइरालाले पनि यो समय नेतृत्वमाथि दबाव दिने बेला नरहेको भनेका छन् ।

यद्यपि उनले ओली सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा अहिलेको परिस्थिति आएको बताएका छन् । तर गगनविश्वप्रकाशहरुले भने अडान नछाड्ने जनाइसकेका छन् । अब पनि नेतृत्वले जेनजी आन्दोलनको मर्मअनूरुप बाटो नखोल्ने हो भने विकल्पमा जानेसम्मको संकेत उनीहरुले दिएका छन् ।

शुक्रबार संविधान दिवसका दिन गगन थापाको शीतलनिवासमा हामी नेपालका संयोजक सुदन गुरुङसंग पनि भेट भएको थियो । सो क्रममा गुरुङले गगनलाई तपाइँहरुले जे गर्नुपर्छ गर्नुस, तर बुढाहरु अब फेरि दोहोरिन भएन भन्दै सुझाव दिएका थिए ।

सुदनसंगको कुराकानीपछि गगन झनै दृढ देखिएका छन् । उनले पार्टीको व्यापक पुनर्गठन जरुरी भएको बताउँदै दुईवटा विकल्प सुझाएका छन् । शनिबार राति एक भिडिओ सन्देशमार्फत उनले पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका प्रश्नहरूको उत्तर दिने, कमजोरी र गल्तीलाई सच्याउने, सुधार्ने र नयाँ कुरालाई संकल्प गर्ने यो मौका पनि हुने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘पार्टी रुपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु । म पार्टीको साधारण सदस्यमात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किनकि यो मेरो विषय होइन । मभन्दा माथि पार्टी छ भन्ने मलाई थाहा छ तर पार्टीभन्दा माथि देश छ ।’

पार्टीको व्यापक पुनर्गठनका निम्ति उनले दुईवटा बाटो देखाएका छन् । पहिलो विकल्पमा पुरानो क्रियाशील सदस्यता नवीकरण, एक,दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व छान्ने अरु गर्दै जाने थापाको भनाइ छ ।

अर्को विकल्पमा विशेष महाधिवेशन गर्नुपर्ने उनले सुझाएका छन् । सभापति उपचार गराइरहेको बेला यस्तो असान्दर्भिक कुरा गर्न सुहाउँछ ? भन्दै कतिपयले प्रश्न गरेको भन्दै थापाले भने, ‘हामी कोही पनि संवेदनशीलहीन छैनौं । सभापतिको स्वास्थ्यको बारेमा निरन्तर जानकारी लिइरहेका छौं । सभापति अस्पतालमा भइरहेको बेलामा यो कुरा गरौँ भनेको होइन । सभापतिलाई सोधेर, सभापतिसँग सल्लाहले नै यो कुरा गरौँ भनेको । अझ सभापतिलाई नै तपाईंले पहिलो कदम चाल्नुस् भनेको । तर, एउटा कुरा चाहिँ हो, मनाउने हो, फकाउने हो, तर मान्नुभएन, कोही फकिनुभएन भनेदेखि त्यसको आधारमा अब हात उठाउने होइन। अगाडि बढ्ने हो, त्योभन्दा अर्को हामीसँग कुनै बाटो छैन ।’

देश दनदन्ती जलिरहँदा निभाउन सक्ने तागत राख्नपर्ने भन्दै उनले भने, ‘देश सँगसँगै यो पनि बिर्सनुहुन्न । नौजवानहरूले जुन आगो ओकलेका छन्, त्यसको मर्म हामीले बुझ्नुपर्छ । उनीहरूले चेन्ज खोजेका छन् ।’

थापाले पार्टी पंक्तिसहित आफैँलाई सोधेका छन्, ‘यत्रो उथलपुथल हुँदा पनि हामीले पार्टीलाई जस्ताको तस्तै राखेर हुन्छ ? टिकाउन सक्छौं ? टिकाउने प्रयत्न गर्नुहुन्छ ? आन्दोलनमा व्यक्त भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बनाउनुपर्ने छ कि छैन ?’

यसको दोष कसैलाई नदिने भन्दै उनले थपे, ‘म आफैँ कांग्रेसको महामन्त्री छु । मेरो भागको मात्र होइन, म अरु दोष लिन पनि तयार छु । मेरो र अर्का महामन्त्रीको सबैभन्दा ठूलो आजको दिनमा दोष भनूँ, कमजोरी भनूँ, हामीले यो बीचमा सही विषयहरु उठायौँ । मुद्दाहरू उठायौँ । तर, आफूले उठाएको मुद्दालाई कहिले पनि टुंगोमा पु¥याउन सकेनौँ । बीचमै छाड्यौँ, त्यो हाम्रो सबैभन्दा ठूलो कमजोरी भयो । तर, यो पटक छाड्दैनौँ ।’

उनले आफूलाई कतिपयले घाइते र सहिद परिवारलाई किन भेट्न नगएको भनेर सोधेको भन्दै आफूलाई अप्ठ्यारो लागेकाले अहिले जान नसकेको प्रष्टीकरण दिए । ‘भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरू लडेर ढले । यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने बल्ल म त्यो परिवारलाई भेट्नको लागि आफूलाई योग्य ठान्छु’, थापाले भनेका छन् ।

स्वच्छ र स्वतन्त्र इलेक्सन चुनावका लागि अन्तरिम सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा थापाको जोड छ । सँगै उनले भदौ २३ को दमनको छानबिन गरी दोषीले सजाय पाउनुपर्ने र २४ गते आन्दोलनको मौका छोपेर प्रतिशोध साँध्ने, आगजनी, तोडफोड र लुटपाट गर्ने ककसले किन गरे त्यसको पनि खोजी हुनुपर्ने विषय उठाएका छन् ।

‘यदि यिनले सजाय पाएनन् भने अलि पछाडि जब भाद्र २३ र २४ को सम्झना हुन्छ, त्यो बेलामा यत्रो त्याग र बलिदान दिएर युवाहरूले गरेको आन्दोलनलाई बदनाम गराउनका निम्ति यिनै कुराहरु प्रयोग हुन्छ ।’

थापाले आफूसहित ४६ पछि जिम्मेवारीमा रहेका नेता, अड्डा, अदालत, प्रहरी, प्रशासन, सेना सबैको सम्पत्ति, त्यसको स्रोत, जग्गा जमिन, व्यापार व्यवसाय, कतिपय काण्डहरू बिना प्रतिशोध दूधको दूध पानीको पानी छुट्याएर सजायको भागीदार बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

महामन्त्री थापाले लगातार पार्टी पुर्नगठनको आवाज उठाइरहदा कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भने तीव्र आक्रोश प्रकट गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै डा. महतले अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको उनले आरोप लगाए ।

आन्दोलनमा जलाइएको आफ्नो घरको भग्नावशेषबाटै सम्बोधन गर्दै उनले गगनको नाम नलिईकन उनीप्रति असन्तुष्ट र आक्रोश पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठिक नभएको उनको भनाइ छ ।

उनले भनेका छन्, अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ । २३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठीक हुने । हामी त बरु अलि टाढा भएका थियौँ । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ । उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भन्या थियौँ । कतिपय कुरा ठीक भइरहेको छैन । ओलीजीको सोच र शैलीले ठीक बाटोमा अघि बढ्दैन । अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ? नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि मन्थन हुन्छ । गम्भीर छलफल गर्छौंं । कसरी घटना घट्यो । मूल्यांकन गर्छौँ । सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? आधिकारिक निर्णय कार्यसम्पादन समितिले गरेको भन्दा छुट्टै बहस थाल्ने ? यसले हाम्रो पार्टीलाई मजबुत गर्दैन ।

काँग्रेसभित्र यस किसिमको द्वन्द चलिरहँदा कांग्रेसको काठमाडौं महानगर समितिले भने जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ । शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री थापा लगायतका नेताहरु सहभागी थिए ।

Tags: #खुट्टा तान्न थाले#गगन अडानमै#पार्टी पुनर्गठन#महामन्त्रीहरु अघि बढेपछि

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.