×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

५ आश्विन २०८२

५ असोज , काठमाण्डौ ।

नेपालको राजनीतिमा भनाइ र गराइबीचको भिन्नता नौलो होइन, तर २०७७ माघ २८ गते पुष्पकमल दाहाल ’प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको चेतावनी र त्यसको पाँच वर्षपछिको यथार्थताबीचको नाटकीय समानताले धेरैलाई चकित पारेको छ।

प्रचण्डले भनेका थिए, “केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता आउने छन्। नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ। नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ।“ संयोग नै भन्नुपर्छ, २०८२ भदौ २४ गते प्रचण्डका यी शब्दहरू एक भयावह वास्तविकतामा परिणत भए ।

प्रचण्डले ओलीलाई दिएको चेतावनी, खासगरी संसद विघटन र राजनीतिक अस्थिरता सिर्जना गरेको भन्दै, जनतालाई सडकमा आउनुपर्ने अवस्था नआओस् भन्ने थियो। उनले ओलीलाई १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न नपरोस् भन्दै चेतावनी दिएका थिए।

उनले कानुनी राज्यको मान्यतामा दृढ रहन र नयाँ संविधानको मर्मलाई सम्मान गर्न पनि आग्रह गरेका थिए। प्रचण्डले ओलीको राममन्दिर र अयोध्या निर्माणसम्बन्धी टिप्पणीलाई नाटकको संज्ञा दिँदै पुरातत्विक अनुसन्धानविना यस्ता गल्ती नगर्न चेतावनी दिएका थिए।

उनले गलत व्यक्तिका हातमा नेतृत्व गएको भन्दै अब यस्तो हुन नदिने बताएका थिए। विडम्बना भन्नुपर्छ, नेपालको राजनीतिको रङ्गमञ्चमा प्रचण्ड र ओलीबीचको सम्बन्धमा अनेक मोडहरू आए। २०७७ सालमा कटु आलोचक बनेका प्रचण्ड, २०७९ सालको निर्वाचनपछि तिनै ओलीसँग सत्ता साझेदारी गर्न पुगे। एमालेको समर्थनमा प्रचण्ड दुई पटक देशको प्रधानमन्त्री बने।

’स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै’ र ’एकै विमानका दुई पाइलट’ जस्ता भावनात्मक वाचा र कसमहरू खाएर उनीहरूले जनताका आँखामा छारो हाल्ने प्रयास गरे। यो केवल सत्ता प्राप्तिको एउटा खेल मात्र थियो भन्ने कुरा समयले प्रमाणित गरिदियो। ज्नताले अहिले ओलीसँगै प्रचण्डका घर र कार्यालयमा आक्रोश पोखेका छन् ।

पाँच वर्ष अघिको प्रचण्डको भविष्यवाणी २०८२ भदौ २४ गते आएर भयानक रूपमा सत्य साबित भयो। केपी ओली, जो भदौ २३ गतेसम्म देशका प्रधानमन्त्री थिए, उनको नेतृत्वमा रहेको सरकारले जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा निर्मम दमन ग¥यो।

एकै दिन १९ जनाको ज्यान गएपछि देशमा जेनजीहरूको आँधीबेहरी चल्न थाल्यो। यो आन्दोलन यति भीषण थियो कि प्रचण्डले भनेझैं ओलीको राजनीतिक पत्तासाफ गरिदियो। सिंहदरबार र बालुवाटार घेर्नुमात्रै होइन, ती सरकारी संरचनाहरू खरानीमा परिणत भए।

यो जनतालाई हेपेपछिको क्रूर परिणाम थियो। युवाहरूको आक्रोश र शान्तिपूर्ण प्रदर्शनमाथिको बर्बर दमनले ओली सरकारलाई इतिहासको पानाबाट नामेट गरिदियो। यो घटनाक्रमले नेपाली राजनीतिमा केही गम्भीर प्रश्नहरू भने खडा गरेको छ।

के नेताहरूले जनताका भावना र अपेक्षालाई बेवास्ता गरेर सत्ताको खेल मात्र खेलिरहने हुन् ? के उनीहरूको भनाइ र गराइबीचको खाडल कहिल्यै पुर्ने छैन? प्रचण्डको पाँच वर्षअघिको भविष्यवाणी र त्यसको यथार्थतामा परिणत हुनुले राजनीतिक नेतृत्वको अदूरदर्शिता र जनमतको उपेक्षाको परिणाम कति भयानक हुन सक्छ भन्ने देखाउँछ।

जेनजी आन्दोलनले केपी ओलीको राजनीतिक अन्त्य मात्रै होइन, नेपाली राजनीतिमा जनताको शक्ति कति विशाल छ भन्ने सन्देश पनि दिएको छ। प्रचण्डको चेतावनीमा लुकेको एउटा सत्य यो पनि थियो कि, यदि जनताले चाहे भने जुनसुकै शक्तिलाई पनि चुनौती दिन सक्छन्।

नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ भन्ने उनको भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। ओलीले जनतालाई हेप्ने गल्ती गरे र त्यसको मूल्य चुकाए। तर, प्रचण्डले पनि तिनै ओलीसँग सत्ता साझेदारी गरेर जनभावनाको अपमान गरेका थिए।

यो नेपाली राजनीतिमा नैतिकता र आदर्शको खडेरी परेको उदाहरण हो । राजनीतिक विश्लेषकहरु भन्छन्, यो घटनालाई केवल एउटा संयोग वा भविष्यवाणीको रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यो नेपाली राजनीतिमा गहिरो जरा गाडेको अवसरवाद, सिद्धान्तहीनता र जनताको आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिको वासतविक ऐना हो।

नेताहरूले आफ्ना स्वार्थका लागि कसरी सिद्धान्त र प्रतिबद्धतालाई तिलाञ्जलि दिन्छन् भन्ने कुराको यो ज्वलन्त उदाहरण हो। नेपाली राजनीतिको यो अध्यायले भविष्यका नेताहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ कि जनता र उनीहरुको शक्तिलाई कहिल्यै कमजोर नठान ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top