NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
Reading Time: 1 min read
A A
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि सरकारमा र संसदमा पनि हैसियत गुमाएका दलहरु अहिले पुनर्गठन गर्ने कि यथास्थितिमै रहने भन्ने विवादमा फसेका छन् । पार्टीका संस्थापन पक्ष अहिले केही नचलाउने भन्नेमा जोड दिइरहँदा इतर र विशेषगरी युवापुस्ताकाले भने व्यापक परिवर्तनको माग गरिरहेका छन् ।

उनीहरुले जेनजी आन्दोलनको मर्म अनुसार युवालाई नेतृत्व हस्तान्तरणको माग गरिरहेका छन् । भदौ २३, २४ को घटनापछि यो माग सबैभन्दा पहिला र बढी नेपाली काँग्रेसमा उठ्यो । महामन्त्रीद्वयले विशेष महाधिवेश आह्वान गरेर पार्टी पुनर्गठन गर्न प्रस्ताव गरे ।

गगनकुमार थापाले शनिबार रातिमात्रै एक भिडियो संदेश जारी गर्दै पार्टीको व्यापक पुनर्गठनका निम्ति दुईवटा बाटो देखाएका छन् । पहिलो विकल्पमा पुरानो क्रियाशील सदस्यता नवीकरण, एकरदुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व छान्ने अरु गर्दै जान सकिने प्रस्ताव गरेका छन् ।

यस्तै अर्को विकल्पमा विशेष महाधिवेशन गर्नुपर्ने उनले सुझाएका छन् । तर काँग्रेसले यसलाई स्वीकार गर्न सकेको छैन । आजै देउवा पक्षका नेताहरुले पार्टीमा किचलो निम्त्याउने भन्दै विशेष महाधिवेशन नै गर्न नहुने निश्कर्ष निकालेका छन् ।

यता गगनको प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने आफ्नो पार्टीभित्र लागू गराएका छन् । उनले गगनले भनेजस्तै गरी मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् ।

महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ । उनले केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन्। अब निर्वाचनमै जान उपयुक्त हुने पनि दाहालको भनाइ छ ।

उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जाने छ । केन्द्रीय कमिटी बैठकले यस सम्बन्धी औपचारिक निर्णय गर्ने एक पदाधिकारीले बताए । प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाउने बताएका छन् ।

उपमहासचिव जनार्दन शर्मा प्रभाकर पक्षले अहिलेको नीति र नेतृत्वबाट पार्टी नचल्ने भन्दै विशेष महाधिवेशन माग गर्दै आएको छ । जेनजी युवा आन्दोलनपछि यो माग अझ बढी चर्को भएको छ। उपमहासचिव शर्माले प्रचण्डले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोलिदिनुपर्ने बताएका छन् ।

यता केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै अध्यक्ष प्रचण्ड संयोजक बनेका छन् । पदाधिकारीसहित केन्द्रीय समिति सदस्य महाधिवेशन आयोजक समिति सदस्यमा रूपान्तरित भएका छन् । २०७८ पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसअघि माओवादी केन्द्रभित्र विशेष महाधिवेशनबारे बहस उठे पनि अध्यक्ष प्रचण्डले त्यसमा रूचि देखाएका थिएनन् । उपमहासचिव जनार्दन शर्माले केही समयदेखि विशेष महाधिवेशनको आवाज उठाउँदै आएका थिए । पार्टीहरू रूपान्तरण हुनुपर्ने बहस चलेका बेला माओवादीले विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ ।

यता नेपाली कांग्रेसका पाँचजना पूर्वपदाधिकारीले भने विशेष महाधिवेशन गर्दा पार्टीमा कलह उत्पन्न हुने भन्दै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने भए पनि महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समयमै काम नगर्दा समस्या देखिएको उनीहरूको निष्कर्ष छ ।

आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका हुन् ।

उनीहरुको बैठकले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई अगाडि बढाउन विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न गरेको प्रस्तावले पार्टीमा कलह निम्त्याउने निष्कर्ष निकालेको हो ।

महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव कार्यसम्पादन समिति बैठकले नै अस्वीकार गरिसकेको छ । महामन्त्रीद्वय थापा र शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई जोगाउन विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

माओवादीले विशेष महाधिवेशन सहित पार्टी पुनर्गठनका लागि सबैभन्दा अगाडी निर्णय गर्दा अन्य दलहरू कांग्रेस, एमाले र मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत पार्टी पुनर्गठनको उपयुक्त समय आएको भनेर एक पक्षले भनिरहे पनि अर्को पक्षले यस्तो बेला नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनले पार्टी थप कमजोर हुने बताइरहेको छ ।

यसबाहेक नागरिक उन्मुक्ति पार्टी, जनमतमा समेत पार्टी पुनर्गठन हुनुपर्ने आवाज चर्को बनेको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि यतिवेला पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको सडकबाट भइरहेको बहसलाई बेमौसमको बाजाको संज्ञा दिँदै पार्टी नेतृत्वमाथिको हमलाका रूपमा बुझ्नुपर्ने तर्क गर्छन् ।

उनले पार्टीको आन्तरिक छलफल र बहसको विषय सडकबाट उठाइनु अनुचित भएको समेत बताएका छन् । खासमा अहिले सरकारले के गर्दैछ भनेर एमाले लगायतका दलहरूले मसिनो ढंगले नियालिरहेका गौतमको भनाइ छ ।

Tags: #पार्टी पुनर्गठन गर्ने प्रस्ताव#कांग्रेसमा फेल माओवादीमा पास

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.