×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

भारतमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण, वाङचुकविरुद्ध अनुसन्धान

१० आश्विन २०८२

१० असोज , काठमाण्डौ ।

देशका केही क्षेत्रमा हिंसक जेनजी आन्दोलन चलिरहेका बेला भारतले ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । बुधबार उसले पहिलो पटक रेल–आधारित मोबाइल लञ्चरबाट मध्यम दूरीको अग्नि–प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो ।

Advertisement
Advertisement

रेल–आधारित लञ्चर यस्तो प्रणाली हो जुन रेल पटरीमा चल्ने गरी डिजाइन गरिन्छ र सोही स्थानबाट मिसाइल प्रक्षेपण गर्न सकिन्छ ।

यसले करिब दुई हजार किलोमिटरसम्मको दूरीमा निशाना लगाउन सक्छ र यसमा धेरै अत्याधुनिक क्षमता समावेश छन् । रक्षामन्त्री राजनाथ सिंहले डिफेन्स रिसर्च डेभलेभमेन्ट अर्गानाइजेसन रणनीतिक फोर्स कमान्ड र सशस्त्र बलहरूलाई यस उपलब्धिको लागि बधाई दिएका छन् ।

डीआरडीओले पनि यसलाई रणनीतिक बलका लागि ठूलो ‘फोर्स मल्टिप्लायर’ भएको बताएको छ । रक्षाविज्ञ संजीव श्रीवास्तवका अनुसार, “अग्नि–प्राइम ब्यालेस्टिक मिसाइलको रेल नेटवर्कमार्फत सफल प्रक्षेपण एक ठूलो सफलता हो ।”

उनले बताएअनुसार यो मिसाइल दुई चरणमा चल्ने, सतहदेखि सतह मार हान्ने र ठोस इन्धनमा आधारित छ । यसलाई क्यानिस्टर अर्थात् बन्द डिब्बा जस्तो प्रणालीबाट तत्काल प्रदर्शन गर्न सकिन्छ ।

सञ्जीव श्रीवास्तवका अनुसार रेलबाट प्रक्षेपण हुनसक्ने भएकाले यस प्रणालीलाई देशका दुर्गम क्षेत्रसम्म सजिलै लैजान सकिन्छ । “जहाँ रेल नेटवर्क छ, त्यहाँबाट यसलाई तैनाथ गर्न सकिन्छ र दुश्मनको कुनै पनि ठेगानालाई निशाना बनाउन सकिन्छ,” उनले थपे ।

यसले भारतको सामरिक क्षमता उल्लेख्य रूपमा बढाउने अपेक्षा गरिएको छ । यो उपलब्धिपछि भारत विश्वका केही देशहरूको सूचीमा सामेल भएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्समा पोस्ट गरेका छन्, “यो सफल परीक्षणले भारतलाई ती चुनिन्दा देशहरूको श्रेणीमा ल्याएको छ, जुन चलिरहेको रेल नेटवर्कबाट क्यानिस्टराइज्ड लञ्च प्रणाली विकास गर्ने क्षमता राख्छन् ।”

रक्षामन्त्रीले यो लन्चर रेल पटरीमा जहाँसुकै चलाउन सकिने र यसका लागि विशेष तयारी आवश्यक नपर्ने उल्लेख गरेका छन् । यसले छिटो प्रक्षेपण र दुश्मनको नजरबाट बच्ने क्षमता प्रदान गर्छ ।

सञ्जीव श्रीवास्तवका अनुसार यस्ता क्षमता अमेरिकालगायत चीन र रूससँग छन् । उत्तर कोरियाले पनि यस्ता परीक्षण गरेको दाबी गरे पनि त्यसको पुष्टि हुन बाँकी रहेको उनले बताए ।

पीआईबीद्वारा जारी विवरणअनुसार, अग्नि–प्राइम अर्को पुस्ताको प्रविधि प्रयोग गरी तयार गरिएको छ । यसले करिब २००० किलोमिटरसम्मको दूरी पूरा गर्न सक्छ ।

र, छिटो प्रक्षेपण गर्न तथा दुश्मनको निगरानीबाट लुकेर संचालन गर्न डिजाइन गरिएको छ । मिसाइल पूर्ण रूपमा आत्मनिर्भर प्रणाली हो र सञ्चार तथा सुरक्षा सम्बन्धी व्यवस्थाहरू समाहित गरिएको बताइएको छ ।

डीआरडीओले परीक्षण पूर्ण रूपमा सफल रहेको र सबै निर्धारित उद्देश्य पूरा भएको जानकारी दिएको छ । मिसाइलको उडानलाई जमिनमा रहेका विविध स्टेशनबाट ट्रयाक गरिएको थियो ।

यसलाई ‘टेक्स्टबुक लञ्च’को संज्ञा दिइएको छ । पीआईबीले यो सफलता रेल–आधारित प्रणालीहरूलाई भविष्यमा सेवामा समावेश गर्ने बाटो खोल्ने जनाएको छ ।

पहिले नै सडक–आधारित अग्नि–प्राइमलाई सफल उडान परीक्षणपछि सेनामा समावेश गरिसकिएको छ । रेल–आधारित लञ्चर ट्रेनको डिब्बा जस्तै हलुका रूपमा ट्रयाकमा लैजान सकिन्छ ।

रेलवे बोर्डका पूर्व सदस्य श्रीप्रकाशले भने, “रेलवे ट्रयाक धेरै ठाउँमा उपलब्ध छन् । यसको अर्थ प्रक्षेपण क्षेत्र धेरै फराकिलो हुन्छ र दुश्मनले मिसाइल कहाँबाट प्रहार गरिनेछ भनेर छिट्टै अनुमान लगाउन सक्दैन ।”

यस्तो प्रणाली स्थायी लञ्च प्याडभन्दा फरक हुन्छ, जुन दुश्मनले सजिलै पहिचान गर्नसक्ने उनी बताउँछन् । मिसाइललाई सुरुङमा लुकाएर राख्न सकिन्छ र आवश्यकता परे बाहिर निकालेर प्रहार गर्न सकिन्छ ।

तर, उनले प्रक्षेपण नहुन्जेलसम्म त्यो ट्रयाकमा सामान्य रेल यातायात रोक्नुपर्ने हुनसक्ने उनले स्वीकार गरेका छन् । विद्युतीकरणसम्बन्धी प्रश्नमा श्रीप्रकाशले बिजुली आपूर्ति अवरुद्ध भए पनि डिजेल इन्जिनको प्रयोग गर्न सकिने बताए ।

“रेलमा डिजेल इन्जिन पनि उपलब्ध छन्, ती बिजुलीमा निर्भर हुँदैनन् । जहाँसुकै चलाउन सकिन्छ,” उनले भने । यस्तो अवस्थामा डिजेल इन्जिनको प्रयोग उपयुक्त हुनसक्छ ।

यसबीच भारतले बिहीबार स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका लागि सात अर्ब डलरको अर्डरमा हस्ताक्षर गरेको छ ।

विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्तामध्ये एक राष्ट्र भारतले आफ्नो सेनाको आधुनिकीकरणलाई उच्च प्राथमिकता दिएको छ र घरेलु उत्पादनलाई बढावा दिन बारम्बार प्रयास गरिरहेको छ ।

तेजस लडाकुहरूको लागि गरिएको माग एक पटकमा भारतले गरेको लडाकू विमान (जेट) हरूको सङ्ख्याको हिसाबले सबैभन्दा ठूलो हो ।

पहिलो भारतीय जेट तेजस (प्रतिभा) सन् २०१६ मा वायु सेनामा प्रयोगमा ल्याइएको थियो भने लडाकुको उन्नत संस्करण, एमके–१ ए को लागि पछिल्लो माग भएको हो ।

भारतको रक्षा मन्त्रालयले हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) सँग ९८ लडाकु र २९ ट्विन सिटरसहित ९७ लाइट कम्ब्याट एयरक्राफ्ट (एलसीए) एमके १ए खरिद गर्न सम्झौता गरेको जनाएको छ ।

एचएएल एक सरकारी रक्षा कम्पनी हो र यसमा १०० भन्दा बढी भारतीय कम्पनीहरू निर्माण प्रक्रियामा संलग्न छन् । विमानमा ‘६४ प्रतिशतभन्दा बढी स्वदेशी सामग्री’ प्रयोग गरिएको जनाइएको छ ।

मन्त्रालयले भनेको छ, ‘यी विमानहरूको आपूर्ति सन् २०२७–०२८ सम्ममा सुरू हुनेछ र छ वर्षको अवधिमा पूरा हुनेछ।’ नयाँ दिल्लीले विशेष गरी छिमेकी पाकिस्तानलगायत विभिन्न मुलुकबाट खतराको सामना गरिरहेको छ।

भारतले मे महिनामा चार दिने द्वन्द्व लडेको थियो, जुन सन् १९९९ पछि सबैभन्दा खराब भिडन्त थियो । दुवै पक्षले एकअर्काको लडाकु विमानलाई खसालेको दाबी गर्दै विजयको दाबी गरेका थिए ।

यसैबीच लद्दाखमा जेन–जेड प्रदर्शनकारीहरूले हिंसात्मक आन्दोलन गरेपछि भारत सरकारले पर्यावरण अभियन्ता सोनम वाङचुकविरुद्ध कारबाही सुरु गरेको छ ।

सरकारले उनलाई हिंसा भड्काएको आरोप लगाएको छ । घटनामा चार युवाको मृत्यु भएको थियो । यसैक्रममा, वाङचुकले स्थापना गरेको हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभ्स, लद्दाखविरुद्ध विदेशी सहयोग नियमन ऐन उल्लंघनको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले अनुसन्धान थालेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

अधिकारीहरूका अनुसार, यो प्रक्रिया गृह मन्त्रालयको उजुरीका आधारमा अघि बढाइएको हो । वाङचुकले घटनाको पुष्टि गर्दै भने, “हामी विदेशी कोषमा निर्भर हुन चाहँदैनौँ । तर हामी हाम्रो ज्ञान निर्यात गर्छौं र त्यसबाट राजस्व उठाउँछौँ ।”

पीटीआईका अनुसार, करिब १० दिनअघि अधिकारीहरू अनुसन्धानका लागि लद्दाखस्थित संस्थामा पुगेका थिए । यद्यपि, हालसम्म कुनै एफआईआर दर्ता भएको छैन ।

अनुसन्धान आदेशअनुसार टोलीले सीबीआई र स्टुडेन्ट्स एजुकेसनल एन्ड कल्चरल मुभमेन्ट अफ लद्दाखले सन् २०२२ देखि २०२४ सम्म पाएको विदेशी कोषमाथि केन्द्रित भएर जाँच गरिरहेको जनाइएको छ ।

यता वाङचुकले लद्दाखलाई संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न र पूर्ण राज्यको माग गर्दै सेप्टेम्बर १० देखि भोक हडताल सुरु गरेका थिए । बुधबार त्यहाँ सन् १९८९ यताकै हिंसात्मक घटना भयो ।

Advertisement

उग्र बनेका युवाहरूले बीजेपी कार्यालय र हिल काउन्सिलमा आगजनी र तोडफोड गरेका थिए, जसमा सवारीसाधनहरू समेत जलाइएका थिए । अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रयोग गरेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top