×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

नेताको घरमा भेटिएका नोटको कसरी हुँदैछ छानबिन ?

१० आश्विन २०८२

१० असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनमा भएका आगजनी र तोडफोडको समाजिक मनोविज्ञानमा व्यापक असर परेको छ । खासगरी छानीछानी नेताहरुका घरमा भएका आगजनीले छरछिमेक र समाजमा गहिरो प्रभाव, अझ भनौ डरको अवस्था पैदा गरेको छ ।

मुख्यगरी एमाले, काँग्रेस र माओवादीका शीर्षसहित अन्य नेता तथा पार्टी कार्यालयहरु आगजनी भएपछि अब यी नेताहरु र दलका लागि पनि घर भाडामा पाउन मुश्किल पर्न थालेको देखिएको छ ।

तीन दलका शीर्ष नेताहरुको काठमाडौंसहित अन्य शहरमा भएका घरहरुमा पनि आगजनी भएपछि अहिले उनीहरु डेरा खोज्न भ्याइनभ्याइको अवस्थामा छन्, किनभने उनीहरुका लागि डेरा पाउनै सकसपूर्ण देखिएको छ ।

डेरा नपाएकै कारण अहिलेसम्म देउवा पतिपत्नी अस्पतालबाट डिस्चार्ज भएका छैनन् । यता रास्वपालाई पनि केन्द्रिय कार्यालय भएको भवन खाली गर्न अल्टिमेटम आइसकेको छ ।

रास्वपाको केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताएका छन् । अमेरिकामा रहेका देवकोटा भन्छन्, १० महिनाको भाडावापतको रकम पाएको छैन ।

पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ । देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।

रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो ।

पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरेका छन् ।

यता डेरा नपाइरहेका देउवासहितका नेताहरुको घरमा जलेको अवस्थामा फेला परेका नोटका बारेमा सरकारले छानबिन सुरु गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवा निवासमा जलेका नोटका बिटो नै भेटिएको थियो । त्यहाँ निकै ठूलो परिमाणमा नोट थुपारिएको आशंका गरिएको छ ।

त्यसैदिनमा देउवा दम्पतीलाई आन्दोलनकारीले आक्रमण गरी घरमा आगजनी गरेका थिए । त्यहाँ भेटिएका जलेका नोटका सम्बन्धमा सरकारले छानबिन प्रक्रिया अघि बढाइसकेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका नेताहरुको घरमा भेटिएको रकमका बारेमा सरकारका निकायले छानबिन थालेको बताएकी थिइन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि अनुसन्धानका लागि राज्यका निकाय सक्रिय भइसकेको उल्लेख गर्दै जे–जे गर्नुपर्ने हो त्यो सबै गर्ने बताएका छन् ।

यता छानबिनमा संलग्न अधिकारीका अनुसार नेताका घरमा भेटिएका भनिएका नोटका टुक्रा संकलन गरिएको छ । ती जलेका नोटका टुक्रा प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

परीक्षण भएपछि थप केही कुरा आउन सक्छ । तर केही टुक्रा र भिडियोबाहेक अन्य भौतिक प्रमाण नभएको उनको टिप्पणी थियो ।

सम्पत्ति शुद्धीकरण विभागले नै देउवा दम्पती र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा भेटिएका रकमका बारेमा फरेन्सिक ल्याबमा जलेका नोटका टुक्रा पठाएको हो ।

यस्तै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीको पासपोर्ट रोक्का राख्ने विषयमा गृहकार्य गरिरहेको समाचार सार्वजनिक भएको थियो ।

यसबीच गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट हराएका हातहतियार र खरखजाना फेला परे सो पनि नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई बुझाउनेलाई सम्मान गरिने पनि मन्त्रालयले भनेको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top