NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

नेताको घरमा भेटिएका नोटको कसरी हुँदैछ छानबिन ?

शुक्रबार अशोज १० , २०८२
Reading Time: 1 min read
A A
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनमा भएका आगजनी र तोडफोडको समाजिक मनोविज्ञानमा व्यापक असर परेको छ । खासगरी छानीछानी नेताहरुका घरमा भएका आगजनीले छरछिमेक र समाजमा गहिरो प्रभाव, अझ भनौ डरको अवस्था पैदा गरेको छ ।

मुख्यगरी एमाले, काँग्रेस र माओवादीका शीर्षसहित अन्य नेता तथा पार्टी कार्यालयहरु आगजनी भएपछि अब यी नेताहरु र दलका लागि पनि घर भाडामा पाउन मुश्किल पर्न थालेको देखिएको छ ।

तीन दलका शीर्ष नेताहरुको काठमाडौंसहित अन्य शहरमा भएका घरहरुमा पनि आगजनी भएपछि अहिले उनीहरु डेरा खोज्न भ्याइनभ्याइको अवस्थामा छन्, किनभने उनीहरुका लागि डेरा पाउनै सकसपूर्ण देखिएको छ ।

डेरा नपाएकै कारण अहिलेसम्म देउवा पतिपत्नी अस्पतालबाट डिस्चार्ज भएका छैनन् । यता रास्वपालाई पनि केन्द्रिय कार्यालय भएको भवन खाली गर्न अल्टिमेटम आइसकेको छ ।

रास्वपाको केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताएका छन् । अमेरिकामा रहेका देवकोटा भन्छन्, १० महिनाको भाडावापतको रकम पाएको छैन ।

पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ । देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।

रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो ।

पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरेका छन् ।

यता डेरा नपाइरहेका देउवासहितका नेताहरुको घरमा जलेको अवस्थामा फेला परेका नोटका बारेमा सरकारले छानबिन सुरु गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवा निवासमा जलेका नोटका बिटो नै भेटिएको थियो । त्यहाँ निकै ठूलो परिमाणमा नोट थुपारिएको आशंका गरिएको छ ।

त्यसैदिनमा देउवा दम्पतीलाई आन्दोलनकारीले आक्रमण गरी घरमा आगजनी गरेका थिए । त्यहाँ भेटिएका जलेका नोटका सम्बन्धमा सरकारले छानबिन प्रक्रिया अघि बढाइसकेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका नेताहरुको घरमा भेटिएको रकमका बारेमा सरकारका निकायले छानबिन थालेको बताएकी थिइन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि अनुसन्धानका लागि राज्यका निकाय सक्रिय भइसकेको उल्लेख गर्दै जे–जे गर्नुपर्ने हो त्यो सबै गर्ने बताएका छन् ।

यता छानबिनमा संलग्न अधिकारीका अनुसार नेताका घरमा भेटिएका भनिएका नोटका टुक्रा संकलन गरिएको छ । ती जलेका नोटका टुक्रा प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

परीक्षण भएपछि थप केही कुरा आउन सक्छ । तर केही टुक्रा र भिडियोबाहेक अन्य भौतिक प्रमाण नभएको उनको टिप्पणी थियो ।

सम्पत्ति शुद्धीकरण विभागले नै देउवा दम्पती र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा भेटिएका रकमका बारेमा फरेन्सिक ल्याबमा जलेका नोटका टुक्रा पठाएको हो ।

यस्तै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीको पासपोर्ट रोक्का राख्ने विषयमा गृहकार्य गरिरहेको समाचार सार्वजनिक भएको थियो ।

यसबीच गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट हराएका हातहतियार र खरखजाना फेला परे सो पनि नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई बुझाउनेलाई सम्मान गरिने पनि मन्त्रालयले भनेको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो ।

Tags: #जेनजी आन्दोलन प्रभाव#नेताको घरमा भेटिएका नोट#रास्वपालाई डेरा छाड्न ३ महिनाको अल्टिमेटम

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.