NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी

शुक्रबार अशोज १० , २०८२
Reading Time: 1 min read
A A
सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० असोज , काठमाण्डौ ।

सरकारले अब राजनीतिक दबाबले बन्द भएका सबैभ्रष्टाचारका फाइलहरु खोल्ने भएकोछ । अघिल्ला सरकारहरुका पालामा भएका भ्रष्टाचारबारे प्रशस्त सूचना आफ्नो सरकारले पाइसकेको बताएकी प्रधानमन्त्री सुशीला कार्कीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै अब भ्रष्टाचारमा मुछिएकाहरुलाई कारबाही गरिने जनाउ दिइसकेकी छन् ।

भ्रष्टाचारमुक्त देश बनाउने जेनजीहरुको माग र उनीहरुको आन्दोलनको मर्मअनुसार नै अब सरकार यस मामिलामा अगाडि बढ्ने कार्कीले प्रतिबद्धता जनाएकी हुन् ।

प्रधानमन्त्रीको भनाईलाई थप पुष्टि गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले पनि अनुशन्धान गर्ने निकायहरु सबै सक्रिय भइसकेको बताए । यसबीच आज उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमनमा पुगेका छन् ।

जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए ।

सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । ब्युरोको अनुगमन पछि अर्यालले भने, ‘अब ब्रेक थ्रु हुन्छ ।’

उनले राजनीतिक हस्तक्षेपले हिजो बन्द भएका सबै फाइलहरु खोल्न निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका केसीले जिम्मेवारी समालेपछि ब्युरोमा पुगेका अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धानमा अघि बढ्ने बताए ।

उनले भने, ‘राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अघि बढ्छ ।’ भ्रष्टाचारबारे केही सूचना चुहिएको उल्लेख गर्दै अर्यालले अन्तरिम सरकारको पहिलो सर्त सुशासन भएको बताए ।

उनले भने, ‘अनुसन्धानमा हुने अवरोध हटाउनुपर्छ, हामीले सुशासन प्रवद्र्धन गर्ने हो ।’ अर्यालले राजनीतिक सम्बन्धका आधारमा विगतमा भएका गल्तीहरू सच्याएर अघि बढ्नुपर्ने बताएका हुन् ।

मन्त्री अर्यालले सरकार चुनाव गराउने दायित्वसहित आएको बताउँदै भने, ’सरकारको म्यान्डेन्ड सुशासन हो । सुशासन भएन भने शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र चुनाव पनि हुँदैन । त्यसैले सुशासन त हामीले दिनैपर्छ ।’

उनले कुनै एउटा विषयमा मात्रै आफूले निर्देशन नदिने भन्दै सबै बिषय बुझेर मात्रै निर्णय गर्ने बताए । उनले अगाडि कसरी बढ्ने भन्ने विषयमा आफूले अपडेटहरू लिइरहेको समेत बताए ।

उनले सुशासन नभएकै कारण यसअघिका सरकारको म्यान्डेन्ड बीचमै भंग भएको बताए । ’राजनीतिक कनेक्सनका आधारमा यसअघि सुशासनमा अवरोध आयो । वित्तिय अपराध र भ्रष्टचारका बिषयमा जुनखाले अवरोध आयो । त्यो अब हामीले तोडनुपर्छ,’ उनको भनाइ छ ।

उता विहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पनि जेन–जी आन्दोलनका बेला युवाले ज्यान गुमाएको घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

यस्तै तोडफोड, आगजनी, लुटपाट, बल प्रयोगलगायतबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोगले काम सुरु गरिसकेको प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।

आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारी सदस्य छन् । जलवायु तथा विज्ञान विभागको बबरमहलस्थित भवनमा कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन प्रक्रिया अघि बढाएको हो ।

आयोगले भौतिक र मानवीय क्षतिको विवरण संकलन गर्ने भनेको छ । देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउनेछन् । अरू सरकारी निकायले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् ।

अरू सरकारी निकायले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् । स्थानीय सरकारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन सक्नेछन् ।

यस्तै जेन–जी आन्दोलनको ‘म्यान्डेट’ भित्र रहेर सरकारले सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा गर्ने, काम पन्छाउने, घूस–रिसवत् माग्ने, अनावश्यक दुःख, हैरानी दिने, सेवाग्राहीलाई अपमानजनक व्यवहार गर्नेमाथि पनि कारबाही गर्ने प्रधानमन्त्री कार्कीले बताएकी छन् ।

यस्ता घटनामा उजुरी गर्न र त्यसको तत्काल निराकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारका सबै मन्त्रालय एवं तीनै तहका सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको पनि उनले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको सोच र भावनाबमोजिम आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भई उच्च मनोबलसाथ जिम्मेवारी बहन गर्न कर्मचारीलाई आह्वान पनि गरेकी छन् ।

यसैबीच दुई साताअघिको जेन–जी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग भएको प्रहरीकै तथ्यांकमा देखिएको छ । प्रहरीले तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो ।

धातुका गोलीमध्ये अधिकांश घातक हतियार इन्सास, एसएलआर र पिस्तोलबाट चलेका थिए । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको मृतकको पोस्टमार्टम प्रतिवेदनमा समेत मृत्युको कारण ‘हाई भेलोसिटी आम्र्स’ (तीव्र गतिको हतियार) बाट प्रहार भएको गोली रहेको उल्लेख छ ।

दुई दिनमा २ हजार ६ सय ४२ ‘लाइभ एम्युनिसन’ (धातुका गोली) प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदन छ । यही क्रममा १ हजार ८ सय ८४ रबर गोली प्रहार गरिएको थियो ।

त्यस्तै २ हजार ३ सय ७७ पटक हवाई फायर र ६ हजार २ सय ७९ सेल अश्रुग्यास प्रहार गरिएको थियो । सबैभन्दा धेरै फायरिङ काठमाडौं उपत्यकामा गरिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।

काठमाडौंमा १ हजार ३ सय २९ लाइभ बुलेट प्रहार गरिएको थियो । त्यस्तै १ हजार ४ सय २० रबर बुलेट र १ हजार ४६ हवाई फायर गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

३ हजार ९६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । काठमाडौं उपत्यकामा मात्रै ६ हजार ८ सय ९१ पटक फायर गरिएको थियो । उपत्यकापछि बढी बल प्रयोग मधेश प्रदेशमा भएको थियो ।

मधेशमा १ हजार ९ सय २१, कोशीमा १ हजार ५ सय ६८, कर्णालीमा ९ सय ३२, सुदूरपश्चिममा ७ सय ६३, लुम्बिनीमा ६ सय १९, गण्डकीमा ३ सय ६ र बागमती प्रदेशका अन्य जिल्लामा १ सय ८१ पटक फायरिङ भएको थियो । ‘यो प्रहरीले तयार पारेको प्रारम्भिक विवरण मात्र हो, संख्या अझै बढ्न सक्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भनेका छन् ।

Tags: #भ्रष्टाचारीविरुद्ध ब्रेक थ्रु हुँदै#सरकारले पायो भ्रष्टाचारको सूचना

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.