×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

ताइवान आक्रमणका लागि चीनलाई रुसको सहयोग

११ आश्विन २०८२

११ असोज , काठमाण्डौ ।

रुस र चीनबीचको घनिष्ट सम्बन्ध विश्वका लागि नयाँ कुरा होइन । रुसमा अमेरिकासहित पश्चिमाहरुको प्रतिवन्धका बावजुद चीनले रुसबाट कच्चा तेलसहित अन्य आर्थिक, सामरिक, रणनीति, सैन्यसहितको सहयोग र सहकार्य आदनप्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement

यसैबीच बेलायतस्थित एक रक्षा तथा सुरक्षा मञ्चले चुहावट भएका रूसी दस्तावेजहरूको विश्लेषणअनुसार रूसले चीनलाई सैन्य उपकरण र प्रविधि बिक्री गरिरहेको पाइएको छ, जसले बेइजिङलाई ताइवानमा हवाई आक्रमणको तयारी गर्न मद्दत गर्न सक्छ।

रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटको यो विश्लेषण करिब ८०० पृष्ठका दस्तावेजहरूमा आधारित भएको समाचार संस्था एपीले जनाएको छ ।

यी दस्तावेजहरूमा मस्कोले बेइजिङलाई आपूर्ति गर्ने उपकरणहरूको ठेक्का र सूची समावेश छन् । दस्तावेज ‘ब्ल्याक मुन’ ह्याक्टिभिस्ट समूहबाट प्राप्त गरिएको बताइएको छ ।

उक्त समूहले पहिले पनि केही दस्तावेजहरू अनलाइनमा प्रकाशित गरेको थियो । आरयूएसआईले एसोसिएटेड प्रेसलाई उपलब्ध गराएका दस्तावेजहरूमार्फत ती वास्तविक देखिएको बताइएको छ ।

एपीले स्वतन्त्र रूपमा तिनीहरूको प्रामाणिकता पुष्टि गर्न नसकेको बताएको छ । दस्तावेजहरूमा चिनियाँ र रूसी प्रतिनिधिमण्डलबीचका भेटघाट, उच्च–उचाइ प्यारासुट प्रणाली तथा एम्फिबियस आक्रमण सवारी साधनहरूका भुक्तानी र डेलिभरी समयसीमा उल्लेख छन् ।

यसले रूसले यी उत्पादनहरूमा काम सुरु गरिसकेको संकेत गर्छ । तर, चीनले पैसा तिरेको वा कुनै उपकरण प्राप्त गरिसकेको प्रत्यक्ष प्रमाण दस्तावेजमा छैन ।

विश्लेषकहरूका अनुसार यी उपकरणहरू ताइवानमाथि आक्रमण गर्दा प्रयोग गर्न सकिन्छ । चिनियाँ राष्ट्रपति सी जिंगपिङको नेतृत्वमा चीनले सन् २०५० सम्म आफ्नो सेनालाई विश्वस्तरीय बनाउन ठूलो आधुनिकीकरण कार्यक्रम अघि बढाएको छ ।

उच्च पदस्थ अमेरिकी अधिकारीहरूले सीले आफ्नो सेनालाई सन् २०२७ जत्तिकै चाँडो ताइवानमा सम्भावित आक्रमणका लागि तयार रहन आदेश दिएको संकेत गरेका छन् ।

बेइजिङले स्वशासित लोकतन्त्र ताइवानलाई आफ्नो भाग दाबी गर्दै आएको छ । र, बल प्रयोग गरेर टापु कब्जा गर्ने विकल्पलाई पूर्णरूपमा अस्वीकार गरेको छैन ।

विश्लेषक ओलेक्सान्द्र डानिल्युकका अनुसार चीनले ताइवानमाथि आक्रमण गर्ने निर्णय गरेको निश्चित नभए पनि रुसी उपकरण र तालिमले बेइजिङलाई सम्भावित आक्रमणका लागि छिटो सुसज्जित बनाउन सक्छ ।

उनले भने, “हवाई अवतरणको चिनियाँ विद्यालय धेरै नयाँ छ । मस्कोको सहयोगले चीनको हवाई कार्यक्रमलाई करिब १०–१५ वर्ष छिटो बनाउन सक्छ ।”

विश्लेषकहरूले रुससँगको सहयोगमार्फत चिनियाँ पक्षले प्यारासुट बलहरूको कमान्ड तथा नियन्त्रणका लागि तालिम र प्रक्रियाहरू सिक्ने सम्भावना उच्च रहेको बताएका छन् ।

रूससँग युद्ध अनुभव छ र चीनसँग त्यस्तो अनुभव कम छ । विश्लेषकहरूले रूसी उद्देश्य चीनका लागि सैन्य आपूर्तिकर्ताको रूपमा विकास हुनु र युक्रेनमा जारी युद्धलाई वित्तीय एवं सामरिक लाभ दिलाउनु दुवै हुनसक्ने संकेत गरेका छन् ।

डानिल्युकले मस्कोले बेइजिङलाई ताइवानको मामलामा वाशिङ्टनतर्फ तान्न खोजेको पनि सुझाव दिएका छन्, जसले अमेरिकाको ध्यान युक्रेनबाट हटाउन सक्छ ।

बेइजिङको सैन्य क्षमता मस्कोभन्दा ठूलो भए पनि रूससँग दशकौँको हवाई फौज अनुभव भएको र त्यही ज्ञान चीनलाई आवश्यक रहेको विश्लेषण गरिएको छ ।

चिनियाँ सैन्य टिप्पणीकार सोङ झोङपिङले चीनसँग उत्कृष्ट उपकरणहरू रहेको तर रूससँग अधिक युद्ध अनुभव भएको बताएका छन् ।

एटलान्टिक काउन्सिलका चीन र ताइवान विज्ञ वेन–टी सङले हवाई फौज अवतरणले आक्रमणको लजिस्टिक सहयोग गर्न सक्छ भने पनि त्यो नै मुख्य घटना हुन नसक्ने बताए ।

उनका अनुसार, बेइजिङले रुसी उपकरणहरू प्राप्त गरेर दीर्घकालीन रणनीतिमा काम गर्दै छ र ती उपकरण तथा प्रविधिहरूलाई रिभर्स इञ्जिनियरिङ गरेर आधुनिक युद्धका लागि उपयोगी इंटेलिजेन्स, सर्भेलेन्स र रेकोनिसन्स क्षमताहरू विकास गर्नेछ ।

सेप्टेम्बर २०२४ को दस्तावेजअनुसार सन् २०२१ मा भएको प्रारम्भिक सम्झौताको भुक्तानी र डेलिभरी समयसीमा विस्तृत उल्लेख गरिएको छ ।

विश्लेषणअनुसार रूसले चीनलाई तालिम र विशेष सुरक्षा बलहरूका लागि उपकरण सेट उपलब्ध गराउने सहमति गरेको देखिन्छ ।

सूचीमा ३७ हल्का एम्फिबियन आक्रमण सवारी साधन, ११ एम्फिबियन ट्यांक–विरोधी स्वचालित बन्दुक, ११ हवाई बख्तरबन्द कर्मचारीवाहक र कमान्ड तथा अवलोकन सवारी साधनहरू समावेश छन् ।

कुल लागत करिब २१ करोड डलरभन्दा बढी सूचीबद्ध गरिएको छ । आरयूएसआई विश्लेषणअनुसार रुसले चीनलाई अति उच्च उचाइबाट १९० किलोग्रामसम्म प्यारासुट गराउन डिजाइन गरिएका प्रणालीहरू बेच्न सहमत भएको देखिन्छ ।

दस्तावेजले मस्कोमा ८ मार्च २०२४ मा भएको बैठकको माइन्युट उदृत गर्दै रुसी पक्षले २०२४ को अन्त्यसम्ममा ‘डल्नोल्योत’ नामक प्रणालीले ६० डिग्री सेल्सियससम्मको चिसोमा कसरी काम गर्छ भनेर उपलब्ध गराउने सहमति गरेको उल्लेख छ।

दस्तावेजअनुसार बेइजिङले आठहजार मिटर उचाइबाट प्यारासुट प्रणालीको परीक्षण गर्न अनुरोध गरेको थियो । आरयूएसआईले त्यस उचाइबाट ग्लाइड अपरेसनले चिनियाँ विशेष बल समूहहरूलाई अन्य देशहरूको क्षेत्रमा ध्यान आकर्षणबिना प्रवेश गर्नसक्ने भनेको छ ।

Advertisement

डानिल्युकले यो डल्नोल्योत प्रणाली ताइवानमा शून्य चरण अवतरणका लागि प्रयोग गर्न सकिने सुझाव दिएका छन्, जसमा बेइजिङले गोप्यरूपमा ताइवानी हवाई क्षेत्र बाहिरबाट उपकरण र विशेष बलहरू पठाउन सक्छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top