×

NEPAL TIMES UPDATES

Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026

३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

१२ आश्विन २०८२

१२ असोज, काठमाण्डौ ।

भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक ¥यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो ।

टेलिभिजनमा प्रसारित फुटेजमा खचाखच भीडमा मानिस मूर्छा परेको देखाइएको थियो । राजनीतिज्ञ सेन्थिल बालाजीले स्थानीय अस्पतालबाहिर पत्रकारलाई मृत्युको पुष्टि गर्दै १०० भन्दा बढी मानिस घाइते भएका बताएका थिए ।

राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा १० बालबालिका र १६ महिलासहित थिए । अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले भागदौडमा मूर्छा परेपछि केही मानिसलाई अस्पताल पु¥याइएको बताए । स्टालिनले मृतकका परिवारलाई १०÷१० लाख भारु क्षतिपूर्ति प्रदान र घटनाको जाँचबुझ गरिने जानकारी दिए ।

अभिनेता विजयले अनलाइन बयान जारी गर्दै घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।

विजयले आफ्नो ¥यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।

विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्। उनले उपचाररत घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा पनि गरेका छन् ।

यस दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै उनले लेखेका छन्, ’ठूलो क्षतिलाई विचार गर्दा यो रकम नगण्य छ। यद्यपि, यस समयमा, तपाईंको परिवारको सदस्यको रूपमा, तपाईंसँगै उभिनु मेरो कर्तव्य हो।’

यता चेन्नईमा रहेको अभिनेता नेता विजयको घरमा सुरक्षा बढाइएको छ । जनतामा आक्रोश रहेकाले विजयको घर वरपर सुरक्षा बलियो बनाइएको हो ।

विजयको दल टीभीकेले सन् २०२६ मा हुने विधानसभा निर्वाचनमा उम्मेदवारी दिन लागेको छ । त्यसैको पूर्वतयारी स्वरूप विजयले विभिन्न स्थानमा आमसभा आयोजना गरिरहेका छन् ।

तमिलनाडुको डीएमके सरकारले विजयलाई आमसभाको निर्देशिका पालन नगरेकाले भागदौड भएर मानिसहरूको मृत्यु भएको भन्दै आलोचना गरेको छ ।

आयोजकहरूले खाना र पानीको यथोचित प्रबन्ध नमिलाएकाले भीडमा मानिसहरू बेहोश भएको सरकारको भनाइ छ । उक्त आमसभामा विजय ७ घन्टा ढिलो पुगेका थिए ।

कार्यक्रम स्थलमा मानिसहरू मध्याह्नमै पुगिसकेका थिए । तर, विजय साँझ ७ बजेपछि मात्र त्यहाँ पुगेका थिए । पहिल्यै भीडभाड भएको ठाउँमा विजय आफैं भीड लिएर पुगेका थिए ।

विजयले सम्बोधन गरिरहँदा कतिपय मानिस बेहोश भएर ढलेका थिए । तर, उनले भाषण गरिरहे र कार्यक्रम स्थलमा एम्बुलेन्स आउन दिइएन ।

आमसभा सकिएपछि विजय त्रिची विमानस्थल पुगेर निजी विमानमा चेन्नई पुगेका थिए । टीभीकेका एक प्रवक्ताले आमसभामा सबै निर्देशिका पालन गरिएको बताए ।

यस त्रासदीले विजयलाई ठूलो चोट पुगेको र उनी तमिलनाडुका मानिसलाई मन पराउने ती प्रवक्ताले बताए । विजयले भीडमा मानिसहरूलाई पानीको बोतल दिएको भिडियो पनि सार्वजनिक भएको छ ।

भारतको तमिलनाडुमा अभिनेता–राजनीतिज्ञ विजय थलापतिको ¥यालीमा भागदौड हुँदा बालबालिकासहित ३९ जनाको मृत्यु र सयभन्दा बढी घाइते ।

ढिलो सुरु भएको कार्यक्रममा भीड नियन्त्रण नहुँदा त्रासदी, मृतक परिवारलाई क्षतिपूर्ति घोषणा, प्रधानमन्त्री मोदीदेखि मुख्यमन्त्री स्टालिनसम्मको दुःख प्रकट, विजयको घर वरिपरि सुरक्षा कडा ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top