मेस्सी राष्ट्रिय टोलीबाट बाहिर, आखिर किन ?

मेस्सी राष्ट्रिय टोलीबाट बाहिर, आखिर किन ?

एजेन्सी, असोज १९
रसिया विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित भएको अर्जेन्टिनी टिमका लागि कुल १ गोल गरेका मेस्सी त्यसपछि राष्ट्रियटोलीमा देखिएका छैनन् । देशका लागि १ सय २८ खेलबाट ६५ गोल गरिसकेका मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता भएतापनि अर्जेन्टिनाको फुटबल टोलीका प्रशिक्षक लिओनल स्कोलानीले मेस्सीलाई अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने टोलीमा राखेका छैनन् जसले गर्दा मेस्सीको राष्ट्रिय टोलीमा आफ्नो भविस्य थप समस्यामा परेको छ ।

केहि महिना अघि भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिना, ग्वाटेमाला र कोलम्बियाविरुद्ध खेल्दा पनि मेस्सी टोलीमा थिएनन् । अक्टोबर महिनामा अर्जेन्टिनाले ब्राजिल र इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त टोलीमा मेस्सीलाई समाबेस नगर्नु उनको राष्ट्रिय टोलीमा भविस्य समाप्त हुनसक्ने धेरैको अड्कलबाजी रहँदै आएको छ ।

टोलीका प्रशिक्षक स्कोलानीको अनुसार उनले मेस्सीलाई राष्ट्रिय टोलीमा फर्किन बताएपनि मेस्सिले नफर्किने संकेत दिएको जनाएका छन् । केहि समय अघि मात्र अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका लिजेन्ड फुटबलर म्याराडोनाले आफ्नो देशको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई अब कहिल्यै राष्ट्रिय टोलीमा नफर्किन सुझाव दिएका छन् । उनको अनुसार अर्जेन्टिनाले विश्वकप जित्न नसक्नुमा मेस्सी मात्रै दोषी नरहेको र मेस्सी अहिले निराश रहेका छन् भन्दै एउटा सम्मेलनमा भनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.