×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

जेनजीहरुसँग राष्ट्रपति र प्रधानमन्त्रीले २ घण्टा के छलफल गरे ?

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको गएरातिको छलफलमा उनले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताएका हुन्।

राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्ययले निर्वाचन घोषणा भएकाले यसलाई सामान्य रूपमा नलिन आग्रह गरे ।

“युवा पुस्ताले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको छ”, उनले भने, “त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई मेरो आग्रह छ ।”

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेको जानकारी दिए । “चुनावमार्फत भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन् ।

त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । युवाहरू बाध्याताले विदेशपलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ”, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले भनेका छन् ।

यस्तै राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान विश्वास व्यक्त गरेका छन् ।

उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे ।

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरिएको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहानेहरूबाट सचेत रहन पनि आग्रह गरेका छन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो उमेर र स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गरेको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन ।

उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर सङ्घर्ष गरेको परिपक्क नेता पनि भएको उल्लेख गर्दै उनको भनाइलाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह गरेकी थिइन ।

जेनजीका प्रतिनिधिहरूले भने युवाहरूको आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि र कुशासन तथा भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारेका थिए ।

उनीहरूले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरे । त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आफ्ना मागहरू पूरा हुनुपर्ने बताएका हुन् । बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए ।

जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारेका थिए ।

उनीरूले आफूहरू सम्पूर्ण रुपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै तर त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आन्दोलनका मागहरू पूरा हुनुपर्ने बताएका थिए ।

जेन–जी प्रतिनिधिहरूले आन्दोलनपछिको अवस्थामा राज्यसँग कुनै खालको पनि सम्झौता नगरिएको भन्दै लिखित सम्झौताको माग गरेका थिए । विशेषतः आन्दोलनमा सहभागी भएकाहरूलाई तोडफोड, आगजनी, लुटपाट लगायतका अपराधिक क्रियाकलापका अभियोग लगाएर प्रहरी प्रशासनले अभियोजन गर्न सक्नेतर्फ उनीहरूको चिन्ता थियो ।

आगामी निर्वाचनमा सहभागी हुन चाहने जेनजी प्रतिनिधिको मनोनयन यही कारण खारेज हुनसक्ने चिन्ता उनीहरूको थियो । पछिल्लो समय आन्दोलनकारीमाथि विभिन्न जाहेरीहरू परिरहेका छन् ।

त्यसैले आन्दोलनलाई संस्थागत नगर्दा यसलाई अपराधिकरण गर्ने जोखिम रहेको तर्क उनीहरूको थियो । उक्त छलफलमा सहिद परिवारबाट भोजबहादुर थापा पनि उपस्थित थिए । उनले घाइते र सहिद परिवारका लागि स्थायी आयोग गठनको प्रस्ताव गरे ।

प्रधानमन्त्री कार्यालयले योसँगै अन्य सम्झौताका विषयमा गृहकार्य गरेर जानकारी दिने बताएको अर्का जेनजी प्रतिनिधिले जानकारी दिए । छलफलमा सहभागीकाअनुसार बिहीबार मन्त्रीहरू भने त्यति बोलेनन् ।

‘उहाँहरू जेनजीसँग पहिलोपटक यति राम्रो वार्ता भयो भन्दै खुसी हुनुहुन्थ्यो । यसैगरी प्रस्तुत हुन फिडब्याक दिनुभयो,’ छलफलमा सहभागी ती सदस्यले भनेका छन् । छलफलमा सहभागी रिजन रानाले आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने विषयदेखि भदौ २३ र २४ गते भएको आन्दोलनलाई वैधता दिने विषयमा समेत छलफल भएको बताए ।

रानाले भने, ‘हामीले आफूहरु पनि निर्वाचनमा सहभागी हुने कुरा गर्यौं । राष्ट्रपति ज्युले पनि निर्वाचनमा सबै जना अगाडि बढ्नुपर्छ, जेनजीहरु पनि निर्वाचित भएर आउनुपर्छ भन्नुभयो ।’

अर्का अगुवा शिव यादवले पनि आन्दोलनलाई सरकारले जनआन्दोलन घोषणा गर्नुपर्ने, घाइते र शहीद परिवारको न्यायका लागि आयोग बनाएर काम गर्नुपर्ने विषयमा छलफल भएको बताए ।

साथै अब मन्त्रीपरिषद् विस्तार हुँदा जेनजीप्रतिनिधिलाई पनि समेट्नुपर्ने धारणा राखेको उनले बताए । यसरी जेनजी प्रतिनिधिलाई मन्त्री बनाइँदै गर्दा समावेशी सहभागितालाई अनिवार्य रुपमा लागु गर्नुपर्ने धारणा राखेको रानाको भनाइ छ ।

छलफलमा जेनजीबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी, धिरज जोशी लगायत सहभागी थिए ।

जेन–जीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।

बैठकमा सुदन गुरुङ संयोजक रहेर बनाइएको कमिटीका प्रदेश संयोजकहरू उपस्थित भएपनि स्वयं सुदन भने उपस्थित थिएनन् । युजन राजभण्डारी, रक्षा बमलगायतका जेनजी अनुहार पनि बिहीबारको वार्तामा सहभागी थिएनन् ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top