×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

सम्पर्कविहीन भए डा. निकोलस, प्रहरीको खोजीमा

१७ कार्तिक २०८२

१६ कार्तिक , काठमाण्डौ ।

गृहमन्त्री ओमप्रकाशमाथि गालीगलौजसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेर आज माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनी सामाजिक सञ्जालबाट घोषणा गरेका अभियन्ता निकोलस भुसाल सम्पर्कविहीन भएका छन् ।

लागूऔषध सेवन गरी कार्यक्रमको घोषणा गरेको र त्यसले मुठभेड निम्त्याउने खतरा रहेका कारण त्यसअगावै उनलाई नियन्त्रणमा लिन लागिएको हो । प्रहरी भुसालको खोजीमा छ । तर, उनी न घर–परिवारको सम्पर्कमा रहेका छैनन् ।

उनी भेटिएमा रिह्याव सेन्टरमा पठाउने तयारी छ । उनको खोजीमा काठमाडौंका विभिन्न प्रहरी टोली आइतबार बिहानैदेखि सक्रिय छ । उनी बस्ने डेरामा पुग्दा बाहिरबाट साँचो लगाइएको छ, मोबाइलको स्वीच पनि अफ छ ।

प्रहरीले पारिवारिक सम्पर्कको माध्यमबाट उनको पहिचान गर्न खोज्दा परिवारका सदस्यले पनि आफूहरूको सम्पर्कमा नरहेको बताएका छन् । उनले आइतबार अपराह्न २ बजे सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनेका छन् ।

तर, जिल्ला प्रशासनसँग आइतबार त्यहाँ कुनै किसिमको प्रदर्शन वा कार्यक्रमका लागि अनुमति नलिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए । भुसालले प्रदर्शन गर्ने खबरपछि एमालेसम्वद्ध युवा संघ र काठमाडौंका मेयर बोलन साहका समर्थकले उनको प्रतिकार गर्ने योजना बनाएका छन् ।

नशाको तालमा उनले कार्यक्रमको घोषणा गरेको र त्यसले मुठभेड निम्त्याउने खतरा रहेका कारण त्यसअगावै उनलाई नियन्त्रणमा लिन लागिएको प्रहरीस्रोतले जनाएको छ । हिजो ‘पहिला देश (पिपुल्स रेभुलेसन) अभियान’ ले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको विरोधमा आज प्रदर्शन गर्ने घोषणा गरेको थियो ।

शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले जेनजीको मागअनुसार काम गर्न नसकेको भन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ ।

पहिला देश अभियानका डा. निकोलश भुसालले जेन–जी आन्दोलन मुख्यतया सुशासन, भ्रष्टाचार मुक्त समाज र कार्यकारी प्रमुखको लागि भएको बताएका थिए । तर, वर्तमान सरकार उल्टो दिशामा गएको उनको आरोप छ ।

भुसालले जेनजीलाई गोली हान्न आदेश दिने ओली र लेखकलाई पक्राउ गरी अनुसन्धान गर्नु सरकारको पहिलो प्राथमिकता भए पनि त्यसो नगरेको कारण कार्तिक १६ गते प्रदर्शनमा उत्रन बाध्य भएको बताएका थिए ।

यसअघि गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । स्वास्थ्य जाँच गर्दा उनले गाँजा सेवन गरेको पुष्टि भएको थियो । त्यसअघि २०८१ पुस ७ गते पनि उनी पक्राउ परेका थिए ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने हिरासतभित्र बसेको फोटो सार्वजनिक गरेबापत पक्राउ परेका थिए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top