×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

६ मंसिर २०८२

५ मंसिर, काठमाण्डौ ।

धुर्मुस सुन्तली फाउन्डेसनको चितवनस्थित अन्तराष्ट्रिय गौतमबुद्ध रंगशाला निर्माणका क्रममा लिएको ऋण फछ्र्यौट गर्न संघीय सरकारले बजेट निकासा गरेपनि महानगरले रोकेको भन्दै भरतपुर महानगरकी मेयर रेणु दाहालको चौतर्फी आलोचना भइरहेका बेला महानगरले प्रष्टिकरण दिएको छ ।

Advertisement
Advertisement

फाउन्डेसनलाई दिनुपर्ने रकम लामो समयदेखि रोकेकोमा तीव्र आलोचना भोग्नुपरेपछि आज महानगरले विज्ञप्तिमार्फत आफ्नो भनाइ सार्वजनिक गरेको हो । संघीय सरकारबाट असार मसान्तमै रंगशालामा सिर्जित सम्पत्ति खरिदका लागि १५ करोड रूपैयाँ निकासा गरे पनि त्यसलाई महानगरले निकासा गरेको छैन् ।

धुर्मुसले पटक पटक मागिएका आवश्यक कागजात सहित पहल गर्दा पनि रकम निकासा नगरेपछि निराशा ब्यक्त गरिरहेका बेला १५ करोड रकम कुन कानूनअनुसार दिने भन्ने स्पष्ट निर्देशन नहुँदा भुक्तानीमा समस्या परेको महानगरले दावी गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कुन ऐन, कार्यविधि वा कानूनअनुसार उक्त रकम भुक्तानी गरौँ भनेर निर्देशन माग्दा युवा तथा खेलकुद मन्त्रालयले कुनै निर्देशन नदिएको बताएका छन् ।

‘प्रचलित कानून बमोजिम गर्नु’ मात्र भनेकाले अन्योल भएको उनको गुनासो छ । ‘यो राज्य र नागरिक बीचको विषय हो, राज्य नागरिकसँग आक्रामक हुनु जरुरी छैन,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘तर, आफ्नो बजेट निजी क्षेत्रलाई भुक्तानी दिनु भनेर संघीय सरकारले पठाएपछि हामीलाई यो कानून वा निर्देशिकामा टेकेर दिनु पनि भन्नुपर्छ !’

संघीय सरकारले प्रचलित कानून बमोजिम गर्नु भनेकोमा महानगरले सार्वजनिक खरिद ऐन, स्थानीय सरकार सञ्चालन ऐन, आर्थिक ऐन लगायतका कानूनको दफा–दफा अध्ययन गरेको पौडेलले बताएका छन् ।

तर, पनि फाउण्डेशनबाट रङ्गशालाको लागि सिर्जित संरचना सम्पत्ति कसरी खरिद गर्ने भन्ने प्रावधान फेला पार्न नसकेको उनको भनाइ छ । ‘निजी दायित्व कसरी सरकारी रकम खर्च गरेर तिर्ने भन्ने कानून फेला पार्न नसकेको हुँदा हामी खरिद विज्ञ, कानुनविद्, प्रशासक, पूर्व प्रशासकहरुसँग छलफल, परामर्श तथा राय सुझाव लिने चरणमा छौँ,’ विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले भनेका छन् ।

यस्तै विज्ञप्तिमा १५ करोड भुक्तानी नगरेको विषयमा भरतपुर महानगरमाथि संचारमाध्याममा उठेका प्रश्नहरुमा समेत ध्यानाकर्षण भएको उल्लेख छ। यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पनि राष्ट्रिय खेलकुद परिषद्बाट सशर्त बजेटको रुपमा फाउण्डेशनको ऋण तिर्न १२ करोड रूपैयाँ भरतपुर महानगरपालिकालाई आएको थियो ।

मन्त्रीपरिषद्ले निर्णय गरेर रकम विनियोजन गरिएपनि अर्थ मन्त्रालयले प्रचलित कानून बमोजिम गर्नु भनेर निर्देशन पठाएपछि भुक्तानी रोकिएर बजेट फिर्ता गएको महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले बताउदै आएकी छन् ।

महानगरले कसरी फाउण्डेशनको रकम भुक्तानीको प्रक्रियाबारे युवा तथा खेलकुद मन्त्रालयलाई कात्तिक २८ गते पत्र लेखेको थियो । उक्त पत्रको जवाफ यहि मंसिर १ गते आयो । तर, मन्त्रालयको जवाफ सकारात्मक नरहेको महानगरको दावी छ ।

महानगरको भनाइ अनुसार सरकारले दायित्व भुक्तानी गर्नको लागि सार्वजनिक खरिद ऐन अन्तर्गत खरिद प्रकृया स्वीकृत, बोलपत्र आह्वान, सम्झौता हुँदै निर्माणसम्मको प्रक्रिया अपनाउनुपर्ने कानूनी व्यवस्था छ ।

तर, निजी दायित्व भुक्तानी यसरी गर्नु भन्ने कानून तथा कार्यविधि छैन । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘सरकारी कानून नै नभएको अवस्थामा कसरी तिर्ने ? यो स्वीकृत गर्न कसैले कलम चोब्दैन ।’

उनले सार्वजनिक प्रशासकीय कार्यहरु भावनात्मक संवेगद्वारा भन्दा वैधानिक विधिले टुङ्ग्याउनुपर्ने भन्दै कसैलाई पूर्वाग्रहयुक्त टिका टिप्पणी नगर्न पनि अनुरोध गरेका छन् ।

हिजो मात्रै गौतम बुद्ध क्रिकेट रंगशालाको बक्यौता सल्टाउन ५ वर्षदेखि संघर्षरत अभियन्ता सिताराम कट्टेल धुर्मुस अब आफू कहिल्यै भरतपुर महानगर नफर्किने भन्दै बाहिरिएका थिए ।

यसबीचमा महानगरले अर्थ र खेलकुद मन्त्रालयबाट रायसहितको पत्र चाहिने शर्त राखेपछि धुर्मुसले आफैं दुवै मन्त्रालय पुगि पत्र बनाउन लगाएर महानगरलाई बुझाइसकेपनि महानगरले रकम निकासा रोकेपछि धुमुर्स निरास भएर फर्किएका छन् ।

महानगरले राखेका सबै शर्तहरु पूरा गरेपश्चात समस्या समाधानको आशामा धुर्मुस महानगर पुगेपनि महानगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले निकासा गर्न नसक्ने प्रतिक्रिया दिएपछि धुर्मुस बाहिरिएका थिए ।

धुर्मुसले जाँदाजाँदै भावुक भएर भनेका छन्, ‘म सहनशील मान्छे हुँ, धेरै सहेँ। भरतपुरबासीसँग मेरो कुनै दुःख–गुनासो छैन । तर पाँच वर्ष बित्दासमेत महानगरबाट समाधान आएन। भरतपुरबासीसँग फेरि भेट होला, तर यहाँ आजको भेट अन्तिम हो।’ बरु जेल जान तयार छु तर महानगरमा फर्केर आउँदिन् ।

Advertisement

केहीदिन अघि मात्रै धुर्मुसकी पत्नी कुन्जना घिमिरे सुन्तलीले धुर्मुस मानसिक र शारिरीक रुपमा थकित भएको तस्विरसहित उनी रुदै गरेको भिडिओसमेत सार्वजनिक गरेकी थिइन ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top