×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

११ मंसिर २०८२

१० मंसिर, काठमाण्डौ ।

विघठित प्रचिनिधिसभाको सबै भन्दा ठूलो दल महाधिवेशनका कारण इतिहासकै जटिल संकटमा फसेको छ । महाधिवेशनका विषयमा निर्णय गर्न एक महिनाभन्दा लामो समयदेखि चलेको केन्द्रीय समितिको बैठक अझै अनिर्णित छ ।

Advertisement
Advertisement

विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका ५४ प्रतिशत सदस्यहरुले विधानत महाधिवेशन नगरे आफूहरुले प्रस्ताव गरेको पुसमा नै महाधिवेशन हुने बताएपछि कांग्रेसको भोलिको बैठक पार्टीलाई फुट र जुटमा लैैजानका लागि निर्णायक हुने भएको छ ।

एक महिनाभन्दा बढी समयसम्म चलेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मिति तय नगरी शनिबार स्थगित भयो। महाधिवेशनको मिति तोक्न रस्साकस्सी चलिरहेको कांग्रेसभित्र सहमति जुट्न नसकेपछि बैठक स्थगित गरियो।

झन्डै एक सातासम्म ‘ब्रेक’ लिएर शनिबार बसेको बैठकले महाधिवेशनबारे निर्णय गर्ने अपेक्षा गरिएको थियो। तर, बैठक महाधिवेशनको मिति नतोकेर भोलि ११ मंसिरसम्म स्थगित भयो। एक साताको ‘ब्रेक’ अवधिमा महाधिवेशनको मितिसम्बन्धमा साझा धारणा बनाउन नेताहरूले प्रयास गरेका थिए।

तर संस्थापन र इतरपक्ष खास गरेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आ–आफ्नो अडानमा कायमै रहँदा सहमति जुट्न नसकेको हो। सहमित जुट्न नसकिरहेको अवस्थामा विशेष महाधिवेशन पक्षधरहरुले आज भेलाको आयोजना गरेका छन् ।

कांग्रेसमा चुनावपछि महाधिवेशन गर्ने कि अघि गर्ने भन्ने विषयमा चर्को विवाद छ । त्यसबारे असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले निर्णय लिन सकेको छैन । उनीहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिलाई दबाब बढाइरहेका छन् ।

भेलामा नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय समिति बैठक डेढ महिना लामो समय बस्दा पनि निष्कर्ष ननिकालेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन्। उनले विश्वमै कुनै पनि पार्टीको बैठक यति लामो समयसम्म नबसेको पाइएको बताएका हुन्।

’हामी बिग्रिएका छौँ। अगाडिका बाटो हेरेर सच्चिएर अघि बढ्ने हो। हामीले यसो भन्दै गर्दा विश्वमा कीर्तिमान राख्ने गरी केन्द्रीय समिति बैठक बसेको छ,’ उनले भने, ’पार्टीका नेता देवराज चालिसेले दलको बैठक कतिसम्म लामो बसेको रहेछ भनेर गुगल गर्नु भएछ– चिनियाँ कम्युनिस्ट पार्टीको बैठक २३ दिन बसेको रहेछ। हाम्रो त डेढ महिना। भोलि बैठक बस्ने भनिएको छ। सर्ने हल्ला पनि छ। सर्ने हल्ला सत्य हुन्छ यहाँ।’

असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने निष्कर्ष निकाल्न सकेको छैन। उनले मुलुकलाई निकास दिन कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य भएको पनि बताए।

यसअघि समयमै महाधिवेशन नभएको प्रसंग निकाल्दै उनले भने, ’विशेष महाधिवेशन माग गरेका छौँ। केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको छ। अगाडिका महाधिवेशन ४ वर्षमा भएनन्। ५ वर्षमा भएनन्। अब यस्तो हुनुहुँदैन। हाम्रो विधानको व्यवस्थालाई सुचारु गर्नुपर्छ भनेर हामीले नेतृत्वलाई आग्रह ग¥यौँ। ३ वर्ष बित्यो। हामीले महाधिवेशन प्रक्रिया अघि बढाउन भन्यौँ सुनिएन।’

उनले ३६ वर्षसम्म सरकारमा रहेको कांग्रेसले के कमजोरी ग¥यो भन्नेबारे समीक्षा गर्नुपर्ने अवस्थामा पुगेको पनि बताए। समीक्षाका लागि विशेष महाधिवेशन अपरिहार्य भएको घिमिरे बताउँछन्। ’महाधिवेशन चाहने साथीहरूले छलफल ग¥यौँ एउटा निष्कर्षमा पुग्यौँ २४८८ जनाको हस्ताक्षर केन्द्रमा बुझायौँ,’ उनले भने, ’कार्यवाहक सभापतिलाई निवेदन बुझाउँदै गर्दा भन्यौँ– यो झगडा हैन, अनुशासनहीन काम पनि हैन हाम्रा संस्थापकले देखाएको बाटो हो।’

सभापति शेरबहादुर देउवानिकट २७ केन्द्रीय सदस्यहरू चुनावअघि नियमित महाधिवेशन हुनुपर्ने पक्षमा छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते उनीहरूले प्रस्ताव दर्ता गरेका थिए ।

विधानअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गरिसक्नुपर्ने भए पनि संस्थापन पक्षले टार्न खोजेको भन्दै उनीहरू रुष्ट छन् । विहीबार २ बजे बस्ने भनिएको कांग्रेस बैठकबाट महाधिवेशनबारे निर्णय लिइने अपेक्षा धेरैको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति जुटे सहमति बमोजिमको प्रस्ताव ल्याउने संस्थापन पक्षको तयारी छ । अन्यथा केन्द्रीय समितिको बहुमतले निर्वाचनपछि महाधिवेशन गर्ने निर्णय गराउने छ ।

हालै निर्वाचनपछि महाधिवेशन गराउनुपर्छ भन्नेमा सहमत संस्थापन पक्षका नेताहरूको बैठकमा ९८ जना केन्द्रीय सदस्य उपस्थित थिए । संस्थापन पक्षले विशेष महाधिवेशनको एजेण्डा स्वीकार नगरे दुर्भाग्यपूर्ण अवस्था निम्तने महामन्त्री विश्वप्रकाश शर्माले बताइसकेका छन् ।

‘विशेष महाधिवेशनको ब्याक गियर छैन । नियमित महाधिवेशन नभए पुसभित्र विशेष महाधिवेशन हुन्छ । विशेष महाधिवेशन नभए दुर्भाग्य हुन्छ’, महामन्त्री शर्माले भनेका छन् । शर्माले संकेत गरेको दुर्भाग्यपूर्ण परिस्थिति नै कांग्रेसको विभाजन हो ।

यस्तै अर्का महामन्त्री थापाले पनि कांग्रेस नेताहरुलाई आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुनेमा ढुक्क हुन् आग्रह गरिसकेका छन् । तर कांग्रेस केन्द्रीय समितिमा संस्थापन पक्षको बहुमत छ ।

बहुमत हुँदाहुँदै विशेष महाधिवेशनको एजेन्डा संस्थापन पक्षले स्वीकार गर्ने देखिँदैन । नियमित महाधिवेशन पुसभित्र हुने विषय सम्भव नभएको संस्थापन पक्षले बताउदै आएका छन् । महामन्त्री थापा स्वयंले केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा नियमित महाधिवेशनको सम्भावना टर्दै गएकोले विशेष महाधिवेशन हुनुपर्ने बताएका थिए।

विशेष महाधिवेशन गर्न संस्थापन पक्ष तयार नहुने र नियमित महाधिवेशनको कार्यतालिकामा विशेष महाधिवेशन पक्षधर विश्वस्त नभएकाले कांग्रेसभित्र विभाजनको खतरा बढेको छ ।

यता सहमतिको प्रयासमा रहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विवाद ल्याउने प्रस्ताव ल्याउन परेमा भूमिकाबाट अलग्गिने चेतावनी दिएका छन् । खड्काले बहुमत र अल्पमतका आधारमा निर्णय नलिने बरु भूमिकाबाट अलग्गिने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । उनको कार्यतालिकालाई काउन्टर दिँदै त्यसैदिन बैठकमा वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

थापाको कार्यतालिकालाई पार्टीभित्रको संस्थापन इतर समूह र यादवको कार्यतालिकालाई संस्थापनले समर्थन गर्दै आफूहरूको अडानबाट कोही पनि पछि हट्न नमानेपछि महाधिवेशनबारेको विवाद उत्कर्षमा पुगेको हो ।

खड्कालाई संस्थापन पक्षका नेताहरूले निर्वाचनपछि महाधिवेशन गर्नेगरी केन्द्रीय समितिको बहुमतले निर्णय गर्नुपर्ने दबाब दिइरहेका छन् । इतर समूहका नेताहरूले भने कुनै पनि हालतमा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र नयाँ नेतृत्वका साथ निर्वाचनमा जानुपर्ने अडान लिइरहेका छन् ।

Advertisement

तर पार्टी विधानको धारा १७ को उपधार (२) बमोजिम २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पत्र बुझाएका छन् । विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाएको खण्डमा ३ महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top