×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

नागरिकको लगानीमा दुई विशाल परियोजना बनाउँदै पाकिस्तान : नेपालले पनि सिक्ने कि पाठ

२० आश्विन २०७५

काठमाडौँ, असोज २०
चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थालेका छन् । पछिल्ला केही बर्षदेखि पाकिस्तानले चरम ऊर्जा संकट भोग्दै आएको छ ।

दैनिक १२ घन्टा काटिने बिजुलीको कारण जनजीवन प्रभावित हदै आएको छ । निर्माणमा रहेका केही आयोजनामा चरम वेथिती र भ्रष्टाचार व्याप्त छ । राजनीतिक र क्षेत्रीय स्वार्थका कारण परियोजनाहरुमा समस्या परेका छन् ।

Advertisement

बर्षेनी बढीरहेको लगानी औद्योगिक क्षेत्रमा भएको विकासका कारण पनि ऊर्जाको माग बढ्दै गएको छ । तर समस्या घट्नुको साटो बढ्न थालेपछि नवनिर्वाचित सरकारले नयाँ उपाय निकालेको छ । त्यो हो राष्ट्रिय रुपमा चन्दा अभियान चलाउने र वृहद परियोजनालाई सार्थक बनाउने ।

पाकिस्तानमा कूल ऊर्जाको औसत माग १७ हजार मेगावाट रहेको छ । कूल जडित क्षमता २५ हजार मेगावाट भएपनि ऊर्जाको चरम संकट रहेको छ ।

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले केही राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन् । विलाशी सवारी साधानको बिक्री वितरण, कर प्रशासनमा सुधार तथा नागरिककै जीवनशैलीका प्रधानमन्त्री रहने र जनतालाई केही आर्कषक र व्यवहारिक रुपमा सुधारात्मक अभियानबाट प्रधानमन्त्री खान पछिल्लो दिनमा चर्चित छन् ।

पाकिस्तानलाई आर्थिक रुपमा सबल बनाउन र आन्तरिक लगानीबाट नै केही ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यताको विकास गर्न सरकारले नै प्रयास गरेको छ । विदेशी दातृ निकाय पनि केही ठूला परियोजनामा लगानी गर्न इच्छुक छन् ।

तर दातृ निकायको ऋणका कारण पाकिस्तानको अर्थतन्त्र धरापमा परेको भन्दै नवनिर्वाचित सरकारले केही नयाँ घोषणा गरेको छ । त्यो हो ‘राष्ट्रिय चन्दा अभियान, देशका लागि पाकिस्तानको विकासका लागि’ ।

जनताका लागि सरकार छ, सरकार जनताका लागि हो, भन्ने विश्वास दिलाउने लक्ष्यका साथ राष्ट्रिय अभियान सूरु गरिएको पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले जानकारी दिए ।

पाकिस्तानमा चन्दा संकलन अभियान सुरु गरिएको हो । ठूला परियोजनामा नागरिकको सहभागिता होओस् भन्ने मान्यताको विकासका लागि पनि त्यस्तो अभ्यास गरिएको हो । जनताको विकास निर्माणको चाहना र राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि नागरिकलाई नै विकास निर्माणको काममा प्रत्यक्ष सहभागिता गराउन लागिएको हो निसारलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चन्दा उठाएर नै आयोजना निर्माण गर्न लागेको पाकिस्तान भने पहिलो देश होइन, यसअघि इथोपियाले पनि चन्दा जस्तै गरी आर्थिक सहयोग संकलन गरेर केही मझौला परियोजना अगाडि बढाएको थियो ।

टेलिफोन कलमा सुरु गरिएको अभियानले सो देशमा समेत सार्थकता पाएको छ । तर पाकिस्तानले भने देशभित्रै १२.४ अर्ब डलर रकम जुटाउने अभियान सुरु गरेको छ । त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा १२ खर्ब ४० अर्ब भन्दा बढी हुन जान्छ ।

पाकिस्तानमा दुई बाँध बनाउन त्यहाँका प्रधानमन्त्री इमरान खानले चन्दा संकलन अभियान थालेको र त्यसका लागि धमाधम पैसा संकलन सुरु हुन थालेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । उत्तरी पाकिस्तानमा ४५०० मेगावाट क्षमताको दायमर बासा बाँध र अर्को ८०० मेगावाट क्षमताको मोहम्मद बाँध निर्माण गरिनेछ ।

करिब ३० हजार करोड रुपैयाँ लागतमा मोहम्मदको काम २०१२ देखि जारी छ । तर आर्थिक अनियमितता र भ्रष्टाचारका कारण आयोजननाको सोचेजति प्रगति हुन सकेको छैन । सवा लाख करोड रुपैयाँ लागत रहने ठानिएको दायमर बासाको काम लगानीको अभावमा हालसम्म सुरु हुन सकेको छैन ।

पाकिस्तानका आर्थिक मामलाका जानकार खुर्म हुसैनका अनुसार सरकारले नै परियोजना जिम्मा लिएकाले चन्दा अभियान सफलताको दिशामा अगाडि बढेको छ । धेरै नागरिक उत्साहित भएका छन् । बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो ।

उनले चन्दा उठाएर परियोजना अगाडि बढाउने विषय महत्वपूर्ण भएपनि पैसा जम्मा पार्न सरकारले अन्य विकल्प पनि खोज्नुपर्ने बताए । ‘पैसा जम्मा गर्नका लागि अन्य नयाँ विकल्पमा पनि ध्यान दिनु आवश्यक छ’, खुर्मले भने ‘ नागरिकलाई नै विश्वासमा लिएर लगानीका लागि आग्रह गर्नु असाध्यै ठूलो काम हो । तर यसले मात्रै सबै रकम नजुट्न सक्छ । अन्तरराष्ट्रिय दाता संगठनसँग पनि सम्पर्कमा रहन र उनीहरुलाई लगानीका लागि आग्रह गर्न सकिन्छ ।’

स्टेट बैंक अफ पाकिस्तानमा ‘सुप्रिम कोर्ट अफ पाकिस्तान डायमर बासा र मोहन्द ड्याम फण्ड’ खाता खोलिएको छ । ६ अक्टोबर, २०१८सम्म सो खातामा चार अर्ब ५८ करोड ७१ लाख बढी रकम संकलन भइसकेको छ ।

पाकिस्तानका अधिकाशं सञ्चार माध्यमले प्रधानमन्त्री इमरानको पछिल्लो प्रयासलाई सकारात्मक भन्दै समाचार सम्प्रेषण गरेका छन् । विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन्, यो महत्वपूर्ण अभियान हो, यसलाई सहयोग गरौ भन्दै पाकिस्तानी नागरिकले खुसी व्यक्त गरेका छन् ।

ती ठूला परियोजनाका लागि पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले प्रधानमन्त्री खानलाई सहयोग गर्नुपर्ने बताउँदै अभियानको नेतृत्वमा रहेर काम गर्ने बताउनु भएको छ । सो अभियानलाई प्रधानमन्त्री– प्रधानन्यायाधीश कोष नाम दिइएको छ ।

उहाँले दुई बाँध बनाउने यो प्रयासमा सबैले सहयोग गर्नुपर्ने र अभियान विरुद्ध गए कारवाहीको भागिदार बन्नुपर्ने चेतावनी समेत दिएका छन् । ती ठूला बाँध बनाउनका लागि सरकारलाई पाकिस्तानको सेनाले पनि ठूलो सहयोग गरेको छ । पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले १०० करोड पाकिस्तानी मुद्राको चेक हस्तान्तरण गरिसक्नु भएको छ । पाकिस्तानी सरकारसँग सो बाँध बनाउनका लागि १४३ करोड पाकिस्तानी मुद्रा मात्रै रहेकाले पनि चन्दा उठाउन थालिएको हो ।

चन्दा उठाएर नै ठूला आयोजना निर्माण गर्ने सरकारको कदमलाई सहयोग गर्न सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गरेको छ । राष्ट्रिय अभियानलाई पूरा गर्न सबैको सकारात्मक साथ र सहयोग गर्नुपर्ने पाकिस्तानी सेनाको भनाइ समेत बाहिर आएको छ । खान सरकारप्रति सेना पूर्ण रुपमा बफादार देखिन्छ भन्ने टिप्पणी आइरहेको बेला सेनाले नै चन्दा अभियानलाई महत्वपूर्ण सहयोग गरिरहेको छ ।

पाक प्रधानन्यायाधीश निसारले दैनिक रकम जम्मा हुने क्रम बढीरहेको र त्यसले आफूहरुलाई उत्साहित बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिए । रकम दिन दिनै बढीरहेको छ । धेरै नागरिक उत्साहित भएका छन् । सरकारले लिएको चन्दाको समेत रेकर्ड राखिएको छ । कुन स्थानबाट कसले कति चन्दा दियो भनेर पारदर्शी रुपमा सार्वजनिक गरिएको छ । यसले सरकारप्रति नागरिकको विश्वास समेत बढ्दै गएको छ ।

प्रधानमन्त्री इमरान खानले देश तथा विदेशका पाकिस्तानी नागरिकसँग चन्दाका लागि लामो अपिल गरेका छन् । उनको अपिलमा ‘हामीले हाम्रा लागि गरौ, आफ्नो क्षमतामा गरौ र आफूलाई विश्वास गरौ’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । चन्दा संकलनका लागि पाकिस्तानको प्रमुख शहर, चोक तथा गल्ली गल्तीमा ठूला ठूला व्यानर राखिएका छन् । सञ्चार माध्यममा समेत श्रव्य दृश्य सामग्री प्रशारण गरिएको छ ।

नागरिकलाई किन चन्दा दिने, सरकारलाई किन सहयोग गर्ने भन्ने आशयका सामग्री प्रकाशन र प्रसारण गरिएको छ । पाकिस्तानमा एक प्रकारको राष्ट्रवादी भावना जागृत भएको छ ।

पाकिस्तानका आर्थिक मामलाका विश्लेषक हुसैनका अनुसार सरकारले जिम्मा लिएकाले चन्दा दिन पनि सजिलो भएको भन्दै नागरिकमा एक प्रकारको उत्साहको सञ्चार भएको र सरकार हाम्रै लागि काम गर्दैछ भन्ने स्थापित भएको बताए ।

बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो । यसले सबैले देशलाई लगानी गरौ, देशले पछि दिनेछ भन्ने भावना जागृत भएको छ । पाकिस्तानले चन्दा उठाएर केही ठूला परियोजना सञ्चालन गर्न सक्छ भने नेपालमा पनि त्यस्तो अभियान अगाडि बढाउन सरकारले प्रयास गर्न सक्छ ।

किनकी पाकिस्तानको खान नेतृत्वको सरकार नवनिर्वाचित हो । उसले अगाडि सारेका केही कार्यक्रमले यतिखेर संसारको ध्यान खिचिरहेको छ । के नेपालले पनि खान सरकारजस्तै केही सकारात्म्क अभियान सञ्चालन गर्न सक्छ ? प्रश्न अह्म र महत्वपूर्ण रहेको छ । विभिन्न समाचार एजेन्सीको सहयोगमा
रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top