अमेरिकामा जनवरीयता ८५ हजार भिसा रद्द

२४ मंसिर , काठमाण्डौ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन (इमिग्रेसन) नियम कडा बनाएपछि ८५ हजार भिसा रद्द गरिएको छ । गएको जनवरीदेखि हालसम्म ८५ हजार भिसा रद्द गरिएको यूएस स्टेट डिपार्टमेन्टले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

यसले अध्यागमन प्रवर्तन र सीमा सुरक्षामा ट्रम्प प्रशासनको बढ्दो कडाइलाई जनाउँछ । भिसा रद्द गरिएका मध्ये आठ हजारभन्दा बढी विद्यार्थी छन् । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा पनि बढी हो । एक्समा यूएस स्टेट डिपार्टमेन्टको उक्त पोस्टमा ट्रम्पको एउटा तस्बिर पनि सेयर गरिएको छ ।

Advertisement

त्यसमा ‘मेक अमेरिका सेफ अगेन’ लेखिएको छ । एक वरिष्ठ अधिकारीले मादकपदार्थ सेवन गरेर गाडी चलाउनु, चोरी, आक्रमणजस्ता अपराध भिसा रद्द गरिनुको प्रमुख कारण भएको बताएका छन् । केही भिसाको म्याद समाप्त, आतंकवादको समर्थनसँग जोडिएको जाँच र अरू गम्भीर कारणले पनि रद्द गरिएको जनाइएको छ ।

अमेरिकाको यो पोस्टले भिसा नियमहरूमा प्रशासनको कडाईको सङ्केत गरेको छ । प्रशासनले अक्टोबरमा कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको हत्याको खुशी मनाएको आरोप लागेका मानिसहरूको भिसा पनि रद्द गरेको थियो ।

गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनहरूमा संलग्न अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि कडा निगरानीको दायरामा परेका छन् । विदेश मन्त्रालयले एक्समा राष्ट्रपति ट्रम्पको तस्बिरसहित ’मेक अमेरिका सेफ अगेन’ नारा पनि साझा गरेको छ ।

गत अगस्टमा, मन्त्रालयले वैध अमेरिकी भिसा भएका ५५ मिलियनभन्दा बढी विदेशीहरू माथि देशमा रहँदा निगरानी बढाउनका लागि लगातार अनुगमन प्रणाली लागू गर्ने घोषणा गरेको थियो । अमेरिकाले भिसा नियमहरूलाई निरन्तर कडा बनाइरहेको छ।

डिसेम्बर ५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–वानबी भिसा नियममा कडाइका लागि आदेश दिएका छन् । यस अन्तर्गत, एच–वानबी आवेदकहरूले आफ्नो सोशल मिडिया खाता सार्वजनिक गर्नुपर्नेछ, जसबाट अमेरिकी अधिकारीहरूले आवेदकको प्रोफाइल, पोस्ट र लाइकहरू हेर्न सक्नेछन् ।

यदि आवेदकको कुनै पनि सोशल मिडिया गतिविधि अमेरिकी हितको विरुद्ध देखिएमा एच–वानबी भिसा जारी गरिने छैन । एच–वानबी भिसाका आश्रितहरू (पत्नी, बालबालिका र आमाबाबु) का लागि एच–फोर भिसा प्राप्त गर्न पनि सोशल मिडिया प्रोफाइल सार्वजनिक गर्नु अनिवार्य गरिएको छ ।

एच–वानबी भिसाका लागि सोशल मिडिया प्रोफाइल जाँच अनिवार्य गरिएको यो पहिलो पटक हो, र यी नयाँ नियमहरू डिसेम्बर १५ देखि लागू हुनेछन्। ट्रम्प प्रशासनले यसका लागि सबै दूतावासहरूलाई निर्देशन जारी गरिसकेको छ ।

अगस्ट महिनादेखि नै अध्ययन भिसा एफ–वान, एम–वान र जे–वानसँगै आगन्तुक (भिजिटर) भिसा बी–वान र बी–टुका लागि पनि सोशल मिडिया प्रोफाइल सार्वजनिक गर्नुपर्ने अनिवार्यता लागू भइसकेको छ।

यी सबै कदमहरूले भिसा उल्लङ्घनमाथि कठोर कारबाही र अध्यागमन नियन्त्रणलाई बलियो बनाउने दिशामा प्रशासनको आक्रामक नीतिलाई देखाउँछन् । यसैबीच राष्ट्रपति ट्रम्पले कृषि आयातमा नयाँ ‘ट्यारिफ’ लगाउने संकेत गरेका छन् ।

त्यसमा भारतीय चामल र क्यानडाली मल समावेश हुन सक्नेछ । ट्रम्पको यो कदम अमेरिकी किसानको गुनासोपछिको हो । अमेरिकी किसानले सस्ता विदेशी उत्पादनले स्वदेशी कृषि उत्पादकलाई नोक्सान पु¥याइरहेको बताएका छन् ।

ब्लुमबर्गको रिपोर्टअनुसार, ट्यारिफबाट प्रभावित अमेरिकी किसानका निम्ति ४१२ अर्ब डलरको राहत प्याकेज घोषणा गर्न ह्वाइट हाउसमा आयोजित एक बैठकका क्रममा ट्रम्पले भारत र क्यानडामाथि नयाँ ट्यारिफ लगाउने संकेत गरे ।

उनले केही देशले अमेरिकी बजारमा कम मूल्यमा चामल ‘डम्पिङ’ गरिरहेको भन्ने दाबीमाथि सरकारले जाँच गर्ने बताए । त्यस्तो पाइए नयाँ ट्यारिफ लगाइने उनले स्पष्ट पारे । बैठकमा उपस्थित किसानले ट्रम्पलाई कडा अडान लिन दबाब दिएका थिए ।

उनीहरूको तर्कअनुसार कम मूल्यमा विदेशबाट आयातित चामलले अमेरिकी बजारलाई गम्भीर रूपमा प्रभावित गरिरहेको छ । किसानको गुनासोपछि ट्रम्पले तिखो प्रतिक्रिया दिँदै यसो गर्ने देशहरूले अमेरिकालाई धोका दिइरहेको बताए ।

क्यानडाबाट आयात गरिने मल पनि अर्को निसाना हुन सक्ने उनले उल्लेख गरे । लुइजियानास्थित केनेडी राइस मिलकी सीईओ मेरिल केनेडीले ट्रम्पलाई ‘डम्पिङ’ गर्ने शीर्ष देशमा भारत, थाइल्यान्ड र चीन रहेको जानकारी दिइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top