Nepal Times
Nepal Times
3
Shares

चाडबाड नजिकिँदै जाँदा अचाक्ली महँगी,तरकारी पनि ७१ प्रतिशतसम्म महँगियो

चाडबाड नजिकिँदै जाँदा अचाक्ली महँगी,तरकारी पनि ७१ प्रतिशतसम्म महँगियो

काठमाडौं : चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ ।

सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ ।

इन्धन मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ । उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको बताउँछन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.