रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

१७ पुस ८२, बिहीबार
Share this
737shares

१७ पुष , काठमाण्डौ ।

Advertisement

कुनै बेला माओवादी अध्यक्षलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुके प्रधानमन्त्री र भित्ते राष्ट्रपतिको भन्दै व्यंग्य प्रहार गरिन्थ्यो । यो उपमा सबै भन्दा बढी नेकपा एमालेका नेता महेश बस्नेतले दिने गरेका थिए ।

बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका थिए, ‘नेपालमा छलाङ, धक्का, क्रमभङ्ग, महाविपत्तिको सिद्धान्तका प्रत्युत्पादक नेता क। प्रचण्डको २०६४ सालको चुनाव अगाडि भावी कार्यकारी राष्ट्रपति भनेर खुब वाल पेन्ट गराइयो फोटो टाँसियो,’ बस्नेत लेख्छन् ‘संविधान निर्माण गर्दा उहाँले त्यो अडान छोड्नुभयो । अनि उहाँहरूले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यवस्थामा सम्झौता गर्नुभयो । अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो ।’

Advertisement

नेता बस्नेतले त्यस बेला भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बधाई भनेर व्यङ्ग्य गरेका गरेका थिए । रास्वपाले भावी प्रधानमन्त्री दिने भन्दै काठमाण्डौंका मेयर बालेन साहलाई पार्टी प्रवेश गराए सँगै कतै हिजो प्रचण्डलाई फेसबुके प्रधानमन्त्री र भित्ते राष्ट्रपतिको ट्याग लागे जस्तै बालनलाई पनि फागुन २१ गतेपछि त्यही ट्याग त लाग्ने हैन भन्ने आशङ्का गर्नेहरू पनि छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै रास्वपा सभापति रबी लामिछानेको एकल प्रयासमा काठमाण्डौका मेयर बालेन साहलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको छ ।

Advertisement

दक्षिण तर्फको छिमेकी मुलुक भारतमा २ निर्वाचनमा यो मोडल सफल भएको छ । भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै दुई निर्वाचन जित्न सफल भयो । त्यही मोडल नेपालमा पनि प्रयोग हुँदै छ ।

यो मोडल सफल होला या नहोला त्यो त निर्वाचन पछिको परिणामले देखाउने छ । तर नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको बहस समेत एका तिर चली रहेका बेला रबीले प्रयोग गर्न खोजेको मोदी मोडल सफल हुन्छ भन्नेमा उनी मात्र हैन परिवर्तनका पक्षधर जेनजी समूहहरू समेत आशा वादी देखिएका छन् ।

हुन त विश्व राजनीतिमा पछिल्ला वर्षहरूमा एउटा साझा तरङ्ग देखिएको छ । ‘सेलिब्रिटी पोलिटिक्स’ र ‘पपुलिज्म’। कहिल्यै नथाक्ने सङ्गठन, लामो जेल जीवन, भूमिगत सङ्घर्ष र वैचारिक युग क्रमशः ओझेलमा पर्दै गएको छ।

त्यसको साटो आज राजनीतिमा स्क्रिन प्रिजेन्स, भाइरल कन्टेन्ट, फ्यान फलोइङ र भावनात्मक अपिल नै सत्ता आरोहणका सबैभन्दा छिटा भर्‍याङ बनेका छन्। रियालिटी शोबाट उदाएर अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प, कमेडियनबाट युद्धकालीन नायक बनेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र क्रिकेट विश्वकप जिताएर राष्ट्रिय हिरो बनेका इमरान खान— यी सबै आधुनिक लोकतन्त्रमा ‘सेलिब्रिटी पपुलिज्म’ का जीवन्त उदाहरण हुन्।

भारतमा भारतीय जनता पार्टी ९भाजपा० ले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको अनुहारका रूपमा अघि सारेर लगातार दुई निर्वाचन जित्यो। यहाँ चुनाव केवल पार्टीबिचको प्रतिस्पर्धा रहेन, ‘मोदी बनाम अरू’ को जनमत सङ्ग्रह बन्यो। सङ्गठन, विचारधारा र राज्यसत्ताको प्रयोगलाई मोदीको व्यक्तिगत करिश्मासँग गाँस्दै भाजपाले बहुमत निकाल्यो। मोदी केवल नेता रहेनन्, उनी ब्रान्ड बने— राष्ट्रवाद, हिन्दुत्व, विकास र ‘मजबुत नेतृत्व’ को प्रतीक।

यस ब्रान्डलाई मजबुत बनाउन भाजपाले कलाकार, सिनेमा, गीत, मिडिया र सामाजिक सञ्जाललाई ‘सफ्ट पावर’ का रूपमा आक्रामक ढङ्गले प्रयोग गर्‍यो। ‘द कश्मीर फाइल्स’ देखि ‘द केरला स्टोरी’ र मोदीको बायोपिकसम्म, सिनेमा नै राजनीतिक भाष्य बनाइयो।

दक्षिणी छिमेकी राष्ट्र भारतका साथै अन्तर्राष्ट्रिय प्रवृत्तिको स्थानीय संस्करण आज नेपालमा पनि तीव्र गतिमा देखा पर्दैछ। यही पृष्ठभूमिमा नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु सामान्य राजनीतिक प्रयोग होइन।

यो मोदी मोडलको नेपाली प्रयोग हो। भारत जस्तो विशाल, ध्रुवीकृत र सङ्गठनात्मक रूपमा सशक्त लोकतन्त्रमा सफल मोदी मोडल नेपालमा पनि जस्ताको तस्तै काम गर्ला रु कि यसअघि माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लागेको जस्तो भित्ते राष्ट्रपति र फेसबुके प्रधानमन्त्रीको ट्याग्य मात्र वालेनलाई लाग्ला रु यसको उत्तर पाउनका लागि समय कुर्ने पर्ने छ ।

नेपालमा ‘सेलिब्रिटी राजनीति’ को उदय आकस्मिक होइन। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले पुराना दलहरूको ‘मिसन ८४’ को रटान चकनाचुर पार्‍यो। आन्दोलनले सरकार ढाल्यो, राजनीतिक क्यालेन्डर फेरियो र २०८४ को निर्वाचन २०८२ मा नै हुने निश्चित भयो।

अब चुनाव विचारधाराको मात्र होइन, ‘फेस भ्यालु’ र ‘फ्यान बेस’ को लडाइँ समेत हुने पक्का छ । रवि–बालेन–कुलमान पपुलिज्मका त्रिमूर्ति हुन । रास्वपाको राजनीति तीन प्रमुख सेलिब्रिटी वरिपरि घुम्छ—रवि लामिछाने ९मिडिया हिरो०, बालेन शाह (शहरी विद्रोहको प्रतीक), कुलमान घिसिङ (लोडसेडिङ अन्त्यका नायक)।

यी तीनै जनाको साझा विशेषता के हो भने, उनीहरू संस्थागत राजनीतिभन्दा बाहिरबाट उदाएका पात्र हुन्। फेसबुक, टिकटक र युट्युब नै उनीहरूको मुख्य राजनीतिक मैदान हो। भावनात्मक भाषणका ‘क्लिप’ हरू, भाइरल स्टन्ट र ‘सिस्टम फेल भयो’ भन्ने कथ्य नै उनीहरूको मुख्य शक्ति बनेको छ।

रास्वपाको समानुपातिक सूचीले यो रणनीतिलाई झनै स्पष्ट पार्छ। सूची हेर्दा लाग्छ रास्वपा लोकप्रिय कलाकार, होस्ट, इन्फ्लुएन्सर र व्यावसायिक घरानाका अनुहारहरू संसद् पठाएर ‘भ्यूजलाई भोटमा’ बदल्ने योजना बनाइएको छ।

बालेनको नाममा रास्वपाले उल्लेखनीय मत तान्न सक्छ। विशेष गरी शहरी क्षेत्र, युवा र डिजिटल पहुँच भएका मतदातामा यसको प्रभाव देखिन सक्छ। तर नेपालको निर्वाचन केवल काठमाडौँ र सहरमा सीमित छैन।

गाउँ, ग्रामीण संरचना र परम्परागत सङ्गठन अझै निर्णायक छन्, जहाँ रास्वपाको पकड बढाउनु आवश्यक हुन्छ । त्यसैले बालेनको नामले बहुमत ल्याउने सम्भावना भन्दा पनि ठुलो ब्लक बन्ने सम्भावना बढी देखिन्छ।

फागुन २१ को निर्वाचन नेपाली राजनीतिका लागि निर्णायक मोड हो। नयाँ अनुहार आउनु, युवाहरू राजनीतिमा सक्रिय हुनु सकारात्मक हो। तर लोकतन्त्रको भविष्य केवल करिश्मा, भाइरल कन्टेन्ट र सेलिब्रिटी मोह मा छोड्न सकिँदैन।

यदि बालेन साँच्चै मोदी बन्न चाहन्छन् भने उनी केवल ‘डोजर चलाउने मेयर’ हैन, संविधान, सङ्घीयता, अर्थतन्त्र र कूटनीति बुझ्ने नीतिगत नेता बन्नै पर्छ। नत्र इतिहासले उनलाई पनि प्रचण्डकै जस्तै एउटा परिचय दिनेछ ‘फेसबुके प्रधानमन्त्री’।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top