×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

भृकुटीमण्डप आउ र नआउ भन्ने फोन आतंकमा कांग्रेस प्रतिनिधि

२१ पुष २०८२

२१ पुष , काठमाण्डौ ।

देश भरका हरेक निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरी चुनावमा जाने तयारीमा रहेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता केही दिन देखि तनावमा छन् । खास गरी १४ औँ महाधिवेशनका लागि प्रतिनिधि बनेकाहरूलाई यति बेला भृकुटीमण्डपमा आउनका लागि फोन र नजानका लागि दिइने दबाबले उनीहरू बढी तनावमा पुगेका हुन् ।

Advertisement
Advertisement

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले आउने वैशाख २८ गतेदेखि ३१ गते सम्मका लागि १५ औँ महाधिवेशनको मिति घोषणा सँगै महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ गतेदेखि २८ गते सम्म काठमाण्डौंको भृकुटीमण्डपमा बोलाएको विशेष महाधिवेशनका कारण काँग्रेस विभाजन तर्फ उन्मुख बनेको हो ।

संस्थापन पक्षले भदौ २३ र २४ गतेको जेनजी विद्रोह र त्यसको परिवर्तनलाई आत्मासाथ नगरी यथास्थितमा अघि बढ्न खोजेको भन्दै महामन्त्रीहरूको नेतृत्वमा तिन महिना अघि नै पार्टीको विशेष महाधिवेशनको माग गर्दै १४ औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

त्यसपछि पटक पटक बसेका काँग्रेस केन्द्रीय समितिका बैठकले पुस महिनामा १५ औँ नियमित महाधिवेशन गर्ने निर्णय समेत गरेको थियो । तर पार्टीका क्रियाशील सदस्यहरूको विवाद देखाउँदै संस्थापन पक्ष पुस महिनामा घोषणा गरिएको १५ औँ महाधिवेशनको समय तालिकामा नै प्रवेश समेत गर्न चाहेन ।

त्यही कारणले पार्टी भित्रको विवाद चुलिन पुग्यो । विशेष महाधिवेशन पक्षधरहरूले निवेदन दर्ता गराएको मितिले तिन महिना भित्र विशेष महाधिवेशन गरी सक्नु पर्ने भन्दै पुस २६ गते बाट भृकुटीमण्डप बुकिङ गरी तयारी तीव्र बनाएको छ भने हिजो सम्म इतर समूह भनेर चिनिएका डाक्टर शेखर कोइराला समूहको समेत साथ लिएर संस्थापन पक्ष जसरी पनि विशेष महाधिवेशन हुन नदिने पक्षमा उत्रिएको छ ।

एउटा समूह जसरी पर्ने गर्ने र अर्को समूह हुन नदिने भन्दै उत्रिएपछि प्रतिनिधिहरूलाई दोहोरो दबाब परेको छ । महामन्त्रीहरू जसरी पनि विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिहरू जम्मा गरेर नयाँ केन्द्रीय समिति घोषणा गरी निर्वाचन आयोग जाने तयारीमा छन् भने संस्थापन पक्ष जसरी पनि ५० प्रतिशत पुग्न नदिने रणनीतिमा छन् ।

यति बेला महाधिवेशन प्रतिनिधिहरूलाई महामन्त्रीहरू भृकुटीमण्डपमा आउनका लागि तारन्तार फोन गरी रहेका छन् भने संस्थापन पक्ष रोक्नका लागि फोन गरेका गरैँ छन् । यस्तो अवस्थामा के गर्ने भन्ने अन्योल प्रतिनिधिहरूलाई परेको छ ।

जाउ भोलि ५१ प्रतिशत पुगेन भने आफ्नो राजनीतिक भविष्य संस्थापन पक्षले सकी दिने डर नजाऊँ भोली ५१ प्रतिशत पुगेर गगनको नेतृत्वमा पार्टी उभियो भने पछि परिने डर । प्रतिनिधिहरुले पार्टी भित्र परिवर्तनलाई सहजै नेतृत्वले आत्मासाथ नगर्दा इमान्दार कार्यकर्ताहरूमा वज्र हान्ने काम भएको बताएका छन् ।

आज कार्यकर्ताहरुलाई भृकुटीमण्डप जाने कि नजाने भन्ने प्रश्न केवल उपस्थिति–अनुपस्थितिको मात्र होइन । काँग्रेसले परिवर्तनको साहस गर्छ कि गर्दैन भन्ने पनि छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको मेरुदण्ड मानिने नेपाली काँग्रेस आज इतिहासकै सबैभन्दा जटिल मोडमा उभिएको छ ।

बाहिर हेर्दा पार्टी अझै ठुलो देखिन्छ, तर भित्र हेर्दा नेतृत्व, नीति, पुस्तान्तरण र वैधताको गहिरो सङ्कटले काँग्रेसलाई चिरा–चिरामा विभाजित गरिरहेको छ । निर्वाचनको मुखमा पार्टीले एकीकृत भएर मैदानमा उत्रिनुपर्ने बेला आज काँग्रेसका नेता, कार्यकर्ता र समर्थकहरू एउटै प्रश्नले ग्रस्त छन्, विशेष महाधिवेशनमा जाने कि नजाने ?

भृकुटीमण्डप जाने कि नजाने भन्ने निर्णयले अब केवल कुनै एक गुटको जित–हार तय गर्दैन, यसले तय गर्छ—काँग्रेस परिवर्तनको बाटो रोज्छ कि यथास्थितिको बोझ बोकेर चुनावी मैदानमा होमिन्छ ?

आज काँग्रेस सङ्कटमा परेको मुख्य कारण निर्वाचन नजिकिनु मात्र होइन । सङ्कटको जरो पार्टीप्रतिको जनविश्वास क्षयीकरण हो । जेन–जी आन्दोलनले सडकमा व्यक्त गरेको आक्रोश कुनै आकस्मिक विस्फोट थिएन ।

त्यो लामो समयदेखि सत्तामा घुमिरहने, तर जनजीवनमा परिवर्तन दिन नसक्ने पुराना दलहरूप्रति सञ्चित असन्तोषको परिणाम थियो । काँग्रेस यो आन्दोलनबाट सबैभन्दा बढी प्रभावित भयो, किनकि काँग्रेस आफूलाई सधैँ “जनताको पार्टी” भनेर चिनाउँदै आएको छ ।

तर आज जनताले प्रश्न गरिरहेका छन् यदि काँग्रेस जनताको पार्टी हो भने किन नेतृत्व परिवर्तन यति कठिन छ ? किन नीति बहस भन्दा गुटगत स्वार्थ हाबी छ ? किन विधान आवश्यक पर्दा मात्रै सम्झिन्छ ? यिनै प्रश्नको गर्भबाट विशेष महाधिवेशनको माग जन्मिएको हो ।

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको मागलाई संस्थापन पक्षले पार्टी विभाजन गर्ने उद्देश्य, “भावनात्मक आवेग” र “निर्वाचन बिथोल्ने प्रयास” भनेर व्याख्या गरिरहेको छ । तर यति सरल रूपमा यो मुद्दा खारेज गर्न मिल्दैन ।

काँग्रेसको विधान स्पष्ट छ । ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ । अहिले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर परेको छ । यो तथ्यलाई नजरअन्दाज गरेर विशेष महाधिवेशनलाई अवैधानिक भन्नु भनेको विधानभन्दा माथि आफूलाई राख्नु हो ।

यहीँबाट काँग्रेसभित्रको सबैभन्दा गहिरो सङ्कट सतहमा आएको हो भन्ने कुरा सबैले बुझेको कुरा हो । यदि विधान केवल कागजमा सीमित भयो भने काँग्रेसले अरू दललाई विधि र लोकतन्त्रको पाठ पढाउने नैतिक हैसियत गुमाउँछ ।

गगन थापालाई आज केही नेताहरू “हडबडी गर्ने”, “अति महत्त्वाकाङ्क्षी” वा “पार्टी तोड्न सक्ने जोखिमपूर्ण नेता” भनेर चित्रण गर्न खोजिरहेका छन् । तर गगनको राजनीतिक यात्रालाई नियाल्दा उनी संयोगले होइन, निरन्तर सङ्घर्षबाट बनेको नेता हुन् भन्ने स्पष्ट हुन्छ ।

त्रिचन्द्र क्याम्पसको विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा नेविसंघको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, राजद्रोहको मुद्दा, जेल जीवन हुँदै गणतन्त्र स्थापनासम्म आइपुगेको छ । काँग्रेस पार्टी गणतन्त्र स्वीकार गर्न डराइरहेका बेला गगन त्यसको पक्षमा खुलेर बोले ।

पार्टी नेतृत्वको निर्णयभन्दा फरक धार राख्दा उनलाई दरबारको एजेन्टसम्म भनियो । गगनले बोकेको लाइन नै पछि काँग्रेसको आधिकारिक लाइन बन्यो । यस अर्थमा गगन काँग्रेसभित्र पहिले सोच्ने, पछि स्विकारिने नेता हुन् ।

यही कारण उनी सधैँ संस्थापनका लागि असजिला बने । आज गगनको सबैभन्दा ठुलो परीक्षा सङ्गठनभित्रको पकड हो । विचार लोकप्रिय हुनु र सङ्गठन नियन्त्रणमा हुनु फरक कुरा हुन् ।

गगनको स्वतन्त्र पहिचान, जनतासँग संवाद गर्ने क्षमता र वैचारिक स्पष्टता निर्विवाद छ । तर पार्टी नेतृत्व गर्ने बेला यी मात्र पर्याप्त हुँदैनन् । महाधिवेशन प्रतिनिधि, जिल्ला संरचना, गुट सन्तुलन यी सबैमा प्रभाव जमाउन सक्नुपर्छ ।

विशेष महाधिवेशनको मागले गगनलाई दुई धारे तरबारको धारमा पु¥याएको छ । यदि सफल भए,उनी काँग्रेसको पुस्तान्तरणका नायक बन्न सक्छन् । यदि असफल भए उनी खलनायक बन्ने पक्का छ ।

पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइराला आज एउटै कित्तामा उभिएका छन्, यद्यपि उनीहरूका राजनीतिक महत्वाकांक्षा फरक–फरक छन् । देउवाका लागि सत्ता र सङ्गठन सन्तुलनको राजनीति नयाँ होइन । समय घिसार्ने, परिस्थिति पर्खिने र अन्ततः आफ्नो अनुकूल निर्णय गराउने उनको शैली पटक–पटक देखिइसकेको छ।

शेखर कोइरालाको समस्या फरक छ । उनी स्वयं सभापतिको आकाङ्क्षी हुन् । विशेष महाधिवेशन भयो भने गगनसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने जोखिम छ । यही कारण उनले सुरुवाती मौन समर्थनपछि विशेष महाधिवेशनबाट हात झिकेको आरोप लाग्दै आएको छ ।

यो सम्पूर्ण शक्ति सङ्घर्षमा सबैभन्दा ठुलो पीडा भने काँग्रेस कार्यकर्तालाई परेको छ । एकातिर चुनावी तयारी गर्नुपर्ने दबाब । अर्कोतिर पार्टीभित्रको फोन आतङ्क । जाँदा कारबाहीको त्रास, नजाँदा परिवर्तन विरोधी ।

Advertisement

यति बेला कार्यकर्ता सोधिरहेका छन् हामी पार्टी जोगाउन लाग्ने कि नेताको गुट जोगाउन ? निर्वाचन जित्ने तयारी गर्ने कि भित्रैको युद्ध लड्ने ? यो मनोवैज्ञानिक दबाबले काँग्रेसको साङ्गठनिक ऊर्जा खिइँदै गएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top