×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

२१ पुष २०८२

२१ पुष , काठमाण्डौ ।

न सामाजिक संजालमा भाइरल बनाइएका उछृंखल सामाग्रीले । न उग्र दुई समूहबीचको झडपले । न त हिंसा भड्काउने, कलह फैलाउनेहरुको दूषित मानसिकताले नै नेपालीहरु माझ सदियौंदेखिको कसिलो भाइचारा र आपसी सद्भावलाई फुकाउन वा खुकुलो बनाउन सक्छ ।

Advertisement
Advertisement

विगतमा पृथ्वी नारायण शाहको पालामा चार वर्ण छत्तिस जातको फलुबारी हुँदै अहिले सयौं थुंगा फुलले एउटै मालामा उनिएका हामी नेपाली हौँला, कोही हिन्दु, कोही मुश्लिम, बौद्ध, किराँत, शिख, इसाई, प्रकृति, जैन ।

आआफ्ना जात र धर्ममा हौंला, तर पहिलो त हामी सबै नेपाली नै हौं । भिन्दाभिन्दै आमाको कोखबाट जन्मिएका हौंला, तर हाम्रो जन्मभूमि त एकै हो, नेपाल । संस्कृतमा एउटा श्लोक छ,मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।

जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी । अर्थात “मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ । तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।“ यस्तै भाव र अर्थ लाग्ने कथन, इस्लाम, इसाइ, शिख, बौद्ध, यहुदी सबै धर्मका धर्मशास्त्रहरुमा उल्लेख छन् ।

सबै धर्ममा हामी एक अर्कालाई सुन्छौं, बुझ्छौं, सम्मान अनि प्रेम गर्छौं, एकअर्काको अस्तित्व स्वीकार गर्छौं । हामी आज यी कुराहरु किन गरिरहेका छौं भने कहिलेकाँही हामी विर्सिदिन्छौं । समयको चापले होला, कामको प्रेसरले, अनेक खाले झमेला, तनावले ।

विभिन्न कारणले हामीले कहिलेकाहीँ हामीसंग रहेको, हामीभित्र रहेको सबैभन्दा महत्वपूर्ण यो गुणलाई विर्सिदिन्छौं कि हामी सबैभन्दा पहिला एकअर्काको अस्तित्व स्वीकार गरेर, प्रेम–सद्भावले एकै भूमिमा, एकै माटोमा, एकै आकाश तल, एकै हावापानी लिएर बसेका नेपाली हौं ।

यही विर्सिएका बेला कहिलेकाही तनावको, हिंसक झडपको स्थिति आउँछ । हामीले हाम्रै गुणलाई विर्सिएर एकअर्कालाई आरोप लगाउँन थाल्छौं, परिस्थिति बिगार्छौैं, अनि हानी पनि आफ्नै गर्छौं । अहिले मधेशमा भइरहेको यस्तै हो ।

मुस्लिमले हिन्दुको भावनामा चोट पुर्याउने, धर्मसंस्कृतिको मजाक उडाउने, अपशब्द, अपव्याख्या गर्ने अनि हिन्दुले मुस्लिमको धर्मग्रन्थ जलाउने । मस्जिदमा तोडफोड गर्ने । एउटा सच्चा मुसलमान र सच्चा हिन्दुले यस्तो हर्कत कहिल्यै गर्दैन, गर्नै सक्दैन ।

बरु सच्चा मुसलमानले हिन्दुको मन्दिर निर्माणमा सहयोग गर्छ अनि सच्चा हिन्दुले मश्जिदको सुरक्षा गर्छ । तर कहिलेकाँही हामीले बिर्सिदा अनि कहिले कुनै बाहिरी तत्वले षडयन्त्र बुन्दा हामी जानेर, नजानेर त्यसको जालोमा पर्छौ ।

कहिले मुर्ति विसर्जनका क्रममा, कहिले मोहरमका बेला, आआफ्नो पर्व मनाउने क्रममा, कहिले प्रतिबन्धित पशु काटेर, कहिले छुवाछुत, जातपातका नाममा, कहिले बयानबाजी, अभिब्यक्तिले पनि हामी आपसमा भिड्न पुग्छौं । जबकी यो हाम्रो चरित्र होइन ।

यस्तो चरित्र बनाइनु पनि हुन्न । सोच्न, कल्पना पनि गर्न हुन्न । तर भन्दा भन्दै घटनाहरु घट्न पुग्छन् । हिजो दिनभरजसो वीरगञ्ज क्षेत्र तनावग्रस्त बन्यो । आजपनि तनाव मथ्थर भएको छैन् ।

वीरगञ्जमा विभिन्न हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो।

त्यसको विरोधस्वरूप तथा हिन्दु देवीदेवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका हुन्। पर्सा प्रहरीका अनुसार अहिले मुस्लिम समुदाय र हिन्दु समुदाय दुवैले वीरगञ्जमा एक अर्काविरुद्ध प्रदर्शन गरिरहेका छन्।

दुवै समुदाय आमुन्नेसामुन्ने भएर प्रदर्शनमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले वीरगञ्जको मकालु चोकमा प्रवेशमा रोक लगाएको छ।

धनुषामा मस्जिदमा तोडफोड र धर्मग्रन्थ जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरे ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गर्यो ।

पर्सा प्रहरीका डीएसपी राजु कार्कीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । यो घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

उक्त भिडियो बाहिरिएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए । प्रहरीले लगत्तै भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेकै समयमा केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गरेको प्रहरी प्रमुख कुँवरले बताए । सोही घटनाको प्रतिक्रिया स्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो ।

प्रहरीले मस्जिदमा आगो लगाउने र धर्मग्रन्थ जलाउनेमध्येको एकजनालाई पक्राउ गरेको छ । यस्तै हिन्दु समुदायमाथि अभद्र टिप्पणी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सद्भाव र एकताको लागि अपिल गरेका हुन् ।मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा मधेशको विविधता नै यसको सामथ्र्य र शक्ति भएको बताएका छन् ।

‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए ।

‘हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पु¥याउँछ,’ मुख्यमन्त्री यादवको भनाइ छ । प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप मजबुत बनाइने बताएका छन् ।

Advertisement

साथै, कुनै पनि किसिमका अफवाह र घृणात्मक गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिनेमा विश्वस्त रहन आग्रह पनि गरेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top