×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

२ माघ २०८२

१ माघ , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभाको निर्वाचन अघि धेरैजनालाई प्रधानमन्त्रीका रुपमा प्रचार गरिदैछ । नयाँ बैकल्पिक शक्तिबाट बालेन्द्र शाह, हर्क साम्पाङ्, कुलमान घिसिङ, डा. स्वर्णिम वाग्ले, रवि लामिछाने, डा. सिके राउतजस्ताको नाम प्रधानमन्त्रीका रुपमा चर्चामा ल्याइएको छ ।

Advertisement
Advertisement

यस्तै परम्परागत शक्तिका रुपमा रहेका केपी ओली, शेरबहादुर देउवा, पुष्प कमल दाहाल, गगन कुमार थापा, डा. शेखर कोइराला,नेत्र विक्रम चन्द विप्लव, उपेन्द्र यादव, डा.बाबुराम भट्टराईजस्ता नेताहरु प्रधानमन्त्रीको दौडमा छन् ।

एमालेबाट उम्मेदवार बनाइएको खण्डमा विद्या भण्डारी समेत प्रधानमन्त्रीको दौडमा छिन् । निर्वाचन अघि त जसको चर्चा गरेपनि आआफ्नो समर्थकहरुले आआफ्नै नेता प्रधानमन्त्री हुन्छन् भन्नु स्वभाविक हो ।

तर प्रधानमन्त्री हुनका लागि पहिले सांसद हुनु प¥यो । अनि सरकारको नेतृत्व गर्नका लागि संसदमा १३८ सांसदको समर्थन हुनु पर्याे । यस्तो संभावना बोकेका नेताहरु को–को हुन् ? भन्ने सन्र्दभका नेपाल टाइम्सका नियमित स्तम्भकार डा. विजय मिश्रले विश्लेषण गरेका छन् ।

मिश्रका अनुशार निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल, शेरबहादुर देउवा, हर्क साम्पाङ्, कुलमान घिसिङ, रबि लामिछाने, डा. शेखर कोइराला प्रमुख उम्मेदवार मानिएका छन् ।

मिश्र भन्छन्, केपी ओली र बालेन्द्र शाह फरक फरक क्षेत्रमा निर्वाचनमा प्रतिस्पर्धा गरेमा दुबैजनाले जित्न सक्दछन् । अहिले मिडियामा चर्चा भएजस्तै बालेन्द्र शाह झापाको क्षेत्र नं. ५ मा केपी ओलीसँग प्रतिस्पर्धा गरेमा दुईमध्ये एकलेमात्र निर्वाचन जित्ने छन् ।

उनीहरु एक मात्रै चुनाव क्षेत्रमा प्रतिस्पर्धा गरे निर्वाचन पछिको प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट ओली वा बालेन्द्र मध्ये एक आउट हुन सक्नेछन् । निर्वाचनमा आफूले मात्रै चुनाव जितेर प्रधानमन्त्री बन्न सकिदैन् । प्रधानमन्त्री बन्नका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

अहिलेको संविधानको प्रावधान अनुसार कुनै एक पार्टीको एकल बहुमत आउन कठिन देखिन्छ । दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर प्रधानमन्त्री चयन गर्नुपर्ने हुन्छ । चुनाव जितेको अवस्थामा नेकपा एमालेको संसदीय दलको नेता केपी ओली नै हुनेछन् ।

नेपाली काँग्रेसको संसदीय दलको नेता शेरबहादुर देउवा, डा. शेखर कोइराला र गगन थापामध्ये एक हुनेछन् । अब कांग्रेस नै दुई कित्तामा विभाजन भएको अवस्थामा आधिकारिक कांग्रेसको मान्यता शेरबहादुर देउवा र गगन थापा मध्ये कसको कार्यसमितिले पाउँछ भन्ने निर्णयले मात्रै कांग्रेस भित्रबाट संभावित प्रधानमन्त्रीको अनुमान लाग्नेछ ।

त्याहा जो संसदीय दलको नेता हुनेछन् उसले मात्र प्रधानमन्त्री हुने अवसर पाउनेछ । कांग्रेसको विशेष महामहाधिवेशन पक्षधरले सभापति गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने छन् । उता शेरबहादुरको नेतृत्वले आधिकारिकता पाए देउवानै प्रधानमन्त्रीमा अघि सर्ने संभावना बढेको देखिएको छ ।

प्रधानमन्त्री प्रस्ताव गरेर जानु पर्ने विशेष महाधिवेशन पक्षधरको प्रस्ताव अस्वीकार गर्नुको कारण पनि देउवालाई नै अघि सार्ने नियत रहेकोमा शंका गरिरहनु पर्ने अवस्था देखिदैन । तर यो समूहले आधिकारिकता पाएमा देउवालाई शेखरले दलको नेताका चुनौती दिन सक्नेछन् ।

चुनाव जिते नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलको नेता पुष्पकमल दाहाल हुनेछन् । यता महान्यायधिवक्ताको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिएको अवस्थामा रबि लामिछाने पनि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता हुन सक्नेछन्।

बालेन्द्र शाह झापा क्षेत्र नं. ५ बाट प्रतिस्पर्धा नगरेर अन्य क्षेत्र रोजे वा झापा वा जुनसुकै क्षेत्रबाट पनि निर्वाचित भए उनले रास्वपाको संसदीय दलको नेता हुन पाउने अवस्था रहनेछ ।

सि.के राउत र उपेन्द्र यादव दुबै सप्तरीको क्षेत्र नं. २ मा प्रतिस्पर्धा गरेमा दुईमध्ये एकको जित हुने देखिन्छ । यस्तो अवस्थामा यी दुबैले फरक फरक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने हुन्छ ।

उपेन्द्र यादव सिरहाको क्षेत्र नं. १ बाट वा बारामा पछिल्लो समय विजयी भएकै स्थानबाट उठेर विजयी भए सिके राउत र उपेन्द्र यादव दुबैले आआफ्नो पार्टीको संसदीय दलको नेता हुने अवसर पाउनेछन् ।

यस्तै जनताले विजयी बनाए हर्क साम्पाङ् श्रम संस्कृति पार्टीको र कुलमान घिसिङ् उज्यालो नेपाल पार्टीको संसदीय दलको नेता हुनेछन् । यी सम्भावित संसदीय दलको नेताहरुमध्ये कोही एकजना प्रधानमन्त्री हुनेछन् ।

जसका लागि प्रतिनिधिसभाको कसले १३८ को समर्थन प्राप्त गर्न सक्दछन् भन्ने कुरा मूख्य हो । देउवा नेतृत्वको नेपाली काँग्रेसले निर्वाचन अघि नै एमालेसँग गठबन्धन गर्ने लक्षण देखिएको छ । तर गगन थापा नेतृत्वको कांग्रेस त्यसको विपक्षमा छ ।

यद्यपि विशेष महाधिवेशनबाट पारित नीति अनुशरण गर्ने हो भने निर्वाचनको बेला गठबन्धन नगरेपनि मूख्य नेताहरु जित सुनिश्चित गर्नेगरी उम्मेदवार कमजोर उठाइदिने रणनीति भने अवलम्बन गर्ने सम्भावना प्रवल छ ।

यदि आधिकारिक भएको अवस्थामा । निर्वाचन अघि गठबन्धन भएन भने पनि १३८ पु¥याउनका लागि बाध्य भएर नेपाली काँग्रेसले एमालेसँग गठबन्धन गरेर १३८ पु¥याउने रणनीति लिने छ ।

शेरबहादुर देउवाले यस अघि लामो समय केपी ओलीलाई प्रधानमन्त्री बन्न साथ दिएकोले पहिलो चरणमा एमालेले शेरबहादुर देउवा वा डा. शेखर कोइरालामध्ये जो संसदीय दलको नेता भएपनि गठबन्धन गरेर प्रधानमन्त्री बनाउन सक्नेछ ।

यदि एमाले र नेपाली काँंग्रेसको गठबन्धन भयो भने डा. शेखर कोइराला वा शेरबहादुर देउवामध्ये कोही एक भावी प्रधानमन्त्री हुनेछन् । तर यो संभावना आधिकारिक कांग्रेसको मान्यता पाएमा मात्रै कायम रहन्छ ।

मिश्र लेख्छन्, गठबन्धनको विरोधमा रहेकाले गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपनि एमालेले समर्थन गर्ने अवस्था हुनेछैन । यसमा नेपाली कम्युनिष्ट पार्टीसहित वैकल्पिक शक्तिहरु पनि एमालेको बिकल्पको रुपमा नेपाली काँग्रेससँग गठबन्धन गर्ने शक्तिको रुपमा देखिनेछ ।

यो त परम्परागत पार्टीहरुबीचको सहकार्यको कुरा भयो । तर जनमत नयाँ विकल्पहरुको पक्षमा आयो भने नयाँ नेताहरु प्रधानमन्त्री बन्न सक्ने उत्तिकै सम्भावनाहरु छन् । बालेन्द्र शाह, हर्क साम्पाङ्, रबि लामिछाने, कुलमान घिसिङ् प्रधानमन्त्री बन्न सक्नेमध्येका हुन् ।

बालेन्द्र शाह झापा क्षेत्र नं. ५ बाहेक वा झापासहित अन्य क्षेत्रमा समेत उठेर विजयी भएमा र रबि लामिछाने चितवनबाट विजयी भएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता हुने प्रबल सम्भावना छ ।

रास्वपाले एक्लैले १३८ ल्याउन नसके उसको समर्थनमा डा.सि.के राउत, रेशम चौधरी, उपेन्द्र यादव लगायतका पार्टीहरुले प्रधानमन्त्रीका लागि अंकगणित पु¥याउन सहयोग गर्न सक्नेछन् ।

वैकल्पिक शक्तिबाट रास्वपाले प्रस्ताव गरे अनुरुपनै बालेन नभए रविका लागि पनि कानुनी बाटो खुलीसकेकाले उनी पनि प्रधानमन्त्री बन्न सक्नेछन् । हर्क साम्पाङ्लाई प्रधानमन्त्री बन्नका लागि चाहिने अंकगणित पु¥याउनका लागि एकल रुपमा कठिन देखिन्छ ।

उनले कुलमान घिसिङ्, नेपाली कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल, जेन्जी समूहले खोलेका केही नयाँ पार्टीहरुमा आएका केही मतहरुबाट सहयोग लिन सक्नेछन् । तर कुलमानलाई हर्कले प्रमुख प्रतिस्पर्धी ठान्दै आएको अवस्थामा रास्वपा र अहिलेका अन्य ठूला शक्तिहरुको समर्थन विना हर्कको प्रधानमन्त्री बन्ने संभावना कमजोर देखिन्छ ।

कुलमान घिसिङलाई नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले सहयोग गरेर अंकगणित पुगेमा प्रधानमन्त्री हुने सम्भावना छ । तर हर्क साम्पाङ्को श्रम संस्कृतिले कुलमान घिसिङको उज्यालोलाई अप्ठ्यारो पार्ने देखिन्छ ।

यस्तो अवस्थामा कुलमान कमजोर देखिन सक्नेछन् भने यही समूहबाट कुलमान, हर्क, नेपाली कम्यूनिष्ट पार्टी, विप्लव नेतृत्वको पार्टी मााओवादी, राप्रपा जस्ता पार्टीहरु एक भएर संसदमा बहुमत पुगे हर्क वा कुलमानलाई प्रधानमन्त्री बनाउन सहमत हुन् सक्नेछन् ।

कसैको बहुमत नपुग्ने अवस्था विद्यमान रहे चुनावपछिको प्रधानमन्त्री अन्य पार्टीको साथ लिएर पुरानाबाट नेपाली काँग्रेसबाट आधिकारिकता पाए गगन थापा,शेरबहादुर, शेखर कोइरालामध्ये एक जना, एमालेका केपी ओली, नेपाली कम्युनिष्ट पार्टीका पुष्पकमल दाहालमध्ये कोही हुन्छन् भने नयाँ वैकल्पिक शक्तिहरुबाट हर्क साम्पाङ् र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह, रवि लामिछाने, स्वर्णिम वाग्लेमध्ये एक हुन सक्दछन् ।

मिश्र लेख्छन्, नाटकीय ढंगले गगन थापाले रास्वपासँग सम्बन्ध सुधार गरे भने आधिकारिक कांग्रेस बने भावी प्रधानमन्त्रीका रुपमा गगन, देउवा आधिकारिक बने शेखर तथा केपी ओली, बालेन,रवि र हर्क साम्पाङ्मध्ये कोही एक हुनसक्ने वातावरण तयार हुनेछ ।

तर यो सबै फागुन २१ गते निर्वाचन भएको खण्डमा मात्र हो । चुनाव स¥यो भने र संसद् पुर्नस्थापना भयो भने सुशीला सरकार विदा हुनेछ र फेरि पुरानैको रजगज चल्नेछ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top