यू–१९ एसिया कपको उपाधि भारतलाई

२१ असोज ७५, सोमबार

एजेन्सी,असोज २२

बंगलादेशमा आइतबार सम्पन्न एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनलमा श्रीलंकालाई १ सय ४४ रनले पाखा लगाउदैँ भारतले उपाधि जितेको हो ।

भारतले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको श्रीलंका ३८.४ ओभरमा अल आउट हुदैँ मात्र १ सय ६० रन बनाउन सक्यो । टोलीका लागि निशान मधुशकाले ४९ ,डान पासिन्डु सन्जुलाले ३१ ,नबोद दिनुश्री ४८ र निपुन धनान्जयले १२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकालाई सस्तैमा रोक्न हर्ष त्यागीले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ३८ रन खर्चेर ६ विकेट लिए । त्यस्तै सिद्धार्थ देसाईले पनि दुई विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओरभमा ३ विकेटको क्षतिमा ३ सय ४ रन बनाउन सकेको थियो ।

भारत लागि यशस्वा जैसवालले ८५, अनुज राउत ५७,आयुष बादोनी ५२, प्रभा सिमरन सिंह ६५ र देभदत्त पड्कलले ३१ रन बनाएका थिए ।

श्रीलंकाका लागि कलना परेरा ,कालरा शमिन्डा सेनारत्न र दुनीथ नेथमिकाले समान एक विकेट लिए । यू–१९ कपमा नेपालको पनि सहभागिता रहेको थियो । नेपाल सुरुवाती खेलमा भारत र अफगानिस्तानसँग पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top