आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

३० जेठ, काठमाण्डौ ।

फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको अहिलेसम्मको खेलमा अमेरिका, दक्षिण कोरिया, मेक्सिकोले जित निकालेका छन् भने क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक÷एक गोलको बराबरी खेलेका छन । अब धेरैको ध्यान भोली राति हुने बहुप्रतिक्षित खेलले तानेको छ ।

आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ । गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टर फाइनलसम्म पुगेर रोकिएको थियो ।

Advertisement

टोली क्रोएसियाविरुद्ध स्तब्ध बनेको थियो । त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपालि ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ । उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दोहो¥याउने चुनौती छ ।

विश्वकप इतिहासमा ५ पटक उपाधि जितेको दक्षिण अमेरिकी देश ब्राजिल सबभन्दा सफल टिम हो । उपाधि जित्ने मामिलामा मात्र नभई ब्राजिल सहभागिता, खेल संख्या, जित संख्या, गोल गर्ने र अंक हासिल गर्नेमा पनि सबभन्दा माथि छ। ब्राजिल सन् १९३० देखि २०२२ सम्म सम्पन्न सबै २२ विश्वकपमा सहभागिता जनाउने एकमात्र टिम हो ।

यसक्रममा ब्राजिलले सर्वाधिक ११४ खेल खेलेको छ भने त्यसमध्ये ७६ खेलमा टोलीले जित हासिल गरेको छ । विश्वकपको लामो यात्रामा ब्राजिलले १९ खेलमा बराबरी नतिजा निकालेको इतिहास छ भने १९ नै खेलमा टोलीले पराजय भोगेको छ । ब्राजिलले ११४ खेलमा गरि कुल २३७ गोल गर्दा जम्मा १०८ गोल खाएको छ ।

त्यसअनुसार सर्वकालिन तथ्यांकमा ब्राजिलको गोलअन्तर प्लस १२९ छ भने टोलीले अहिलेसम्मका नतिजाका आधारमा विश्वकपमा हासिल गरेको अंक २४७ हो । यसअघि कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । गत वर्ष ब्राजिलियन फुटबलको इतिहास फेरिएको थियो ।

जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । योसँगै एन्सिलोटी ब्राजिलियन फुटबल इतिहासमा पहिलो स्थायी विदेशी प्रशिक्षक बने । तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भए जति सबै उपाधि जितेका छन् ।

अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्राजिल आएका छन् । यद्यपि २४ वर्ष भइसक्यो, ब्राजिलले विश्वकपको उपाधि जित्न नसकेको । ब्राजिलले यसअघि पनि २४ वर्षको पखाईपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो । सन् १९७० मा ब्राजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो।

त्यसपछि चौथो पटक च्याम्पियन हुन ब्राजिलले १९९४ सम्म कुर्नुप¥यो । त्यो पनि अमेरिकाको माटोमा । यसपालि त्यही संयोग जुरेको छ । विश्वकप इतिहासमा ब्राजिलले आठमध्ये सात पटक अफ्रिकन राष्ट्रलाई हराएको छ । ब्राजिलले एक मात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो।

क्यामरुनले समूह चरण्मा ब्राजिललाई १–० ले हराएको थियो । मोरक्को ब्राजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ । चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो । सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपाली प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’का रुपमा हेरिएको छ ।

चाखलाग्दो विषय के छ भने मोरक्कोले आफ्नो सुरुवाती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो । मेक्सिको (१९७० र १९८६) अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो । मेडन अनुभवमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा ग¥यो ।

अमेरिका १९९४ मोरक्कोका लागि विर्सनलायक रह्यो । टोलीले समूहका तीन वटै खेलमा एक गोलको अन्तरले पराजय बेहो¥यो । एट्लास लायन्सले पछिल्ला वर्षहरुमा आफूलाई शक्तिशाली फुटबल राष्ट्रका रुपमा उभ्याएको छ । सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित हासिल गर्दा १० बराबरी र दुईमा हार आत्मसात गरेको छ ।

अहिले त मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ । नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा पनि अगाडि । ब्राजिलसँगको पछिल्लो तीन भेटमध्ये एकमा मोरक्कोले जित हासिल गरेको छ । २०२३ मा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले स्तब्ध भएको थियो । ब्राजिलका उच्च गोलकर्ता नेइमार अझै पनि ‘काल्फ इन्जुरी’ को समस्यासँग जुधिरहेका छन् ।

उनी आइतबारको खेलमा उपस्थित नहुने सम्भावना बलियो छ । त्यस्तै राइटब्याक वेस्ली मांसपेशी समस्याका कारण टोलीबाट बाहिरिएका छन् । उनको ठाउँमा एट्लान्टाका मिडफिल्डर एडर्सनले मौका पाएका छन् । प्रिमियर लिगका खेलाडी एलिसन बेकर, गेब्रियल म्यागलहेज र ब्रुनो गीमरेज अनि ला लिगाका भिनिसियस जुनियर र राफिन्हा मोरक्कोविरुद्ध पहिलो रोजाईका बलियो दाबेदार हुन् ।

कप्तान अक्राफ हकिमी र भिनिसियसका सहकर्मी ब्राहिम डियाज मोरक्कोका ‘प्लेयर्सं टु वाच’ हुन् । यस्तै आज राति भने कतारले यस विश्वकपको आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । त्यसक्रममा लगातार दुईपल्टको एसियाली च्याम्पियनमाथि राम्रो प्रदर्शनको दबाब हुनेछ ।

कतारले सन् २०२२ मा आफ्नै देशमा भएको विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । यसक्रममा कतार लिग चरणका सबै तीनै खेलमा पराजित भयो र एक गोल मात्र गर्न सफल रह्यो । यस्तोमा कतारसामु यसपालि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो वास्तविक योग्यताअनुसार प्रदर्शन गर्नुपर्नेछ ।

तर यो आफैंमा असाध्यै गाह्रो हुनेछ, किनभने अहिलेका लागि त्यस्तो टिम अगाडि रहेको छ, जो सन् २०२४ यता प्रतिस्पर्धात्मक खेलमा अपराजित छ । युरोमा पनि स्विस टोलीको प्रदर्शन सानदार थियो । टोली अब लगातार छैटौं विश्वकप खेल्दै छ । कतारका स्पेनी प्रशिक्षक जुलेन लोपेटगुइ भन्छन्, ‘हामी के स्वीकार्नुपर्छ भने पहिलो खेल नै स्विट्जरल्यान्डविरुद्ध रहेको छ र यो असाध्यै बलियो टिम हो ।

तर हामीलाई पनि हाम्रो क्षमता थाहा छ । विपक्षी टिम बलियो छ भन्दैमा हामीले आत्मसमर्पण गर्नुपर्छ भन्ने हुन्न । यो त हाम्रा लागि आफ्नो सपना पूरा गर्ने अवसर हो । त्यसका लागि हामीले सक्दो राम्रो खेल्नुपर्नेछ ।’ कतारी टिमका अधिकांश खेलाडी घरेलु लिगकै रहेका छन् । पछिल्लो समय कतारले एसियाली स्तरमा राम्रो गरेको छ, तर यही तथ्य विश्वकपमा लागू हुन अझै समय लाग्न सक्नेछ ।

कतारको समूह ‘बी’ का अन्य प्रतिद्वन्द्वी बोस्निया र आयोजक क्यानडा पनि बलिया छन् । त्यसैले पनि कतारबाट उच्च प्रदर्शन आवश्यक पर्नेछ । टिमका प्रमुख खेलाडी अलमोज अली र दुईपल्टको एसियाली वर्ष खेलाडी अक्रम अफिफ रहनेछन् । स्विट्जरल्यान्ड आफैं आत्मविश्वासी रहनेछ र यो स्वाभाविक रहेको छ, किनभन्दा युरोपेली छनोटमा यो टिम एकै पल्ट पनि पराजित रहेन र यसक्रममा दुई गोल मात्रै खाएको थियो ।

पछिल्लो विश्वकपमा उत्रेको टिम नै अहिलेको स्विस टिम छ भन्दा हुन्छ । विश्वकपमा स्विस टिमको प्रदर्शन लगभग युरोपका अन्य टिम जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्यान्ड र पोर्चुगल जत्तिकै रहेको छ । तर यही टिमको प्रत्येकपल्ट क्वाटरफाइनल प्रवेश असम्भव जस्तै छ सात दशकयता नै ।

अनुमान के गर्न सकिन्छ भने स्विट्जरल्यान्ड यो समूहबाट सजिलै नकआउट चरणमा पुग्नेछ । यस अगाडि प्रशिक्षक मुरात याकिन कतारलाई सजिलो विपक्षी टिम मान्ने पक्षमा छैनन् । उनलाई के लाग्छ भने कतारबारे उनीहरूलाई कमै मात्र जानकारी छ र यो कहिलकाहीं डरलाग्दो टिम हुनसक्छ ।

जस्तो, कतारमै भएको विश्वकपमा अर्जेन्टिनाका लागि साउदी अरेबिया बलियो विपक्षी टिम साबित भएको थियो । उनी भन्छन्, ‘कतार बलियो छ, यसमा शंका गर्नुहुन्न । चार वर्षअगाडि साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको तथ्य बिर्सनुहुन्न । हामीले के पनि राम्रोसँग बुझ्नुपर्छ भने विश्वकप जत्तिको प्रतियोगितामा सबै खाले सम्भावना खुला हुन्छ ।’ यस्तै भोलि बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top