कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

२९ जेठ ८३, शनिबार

३० जेठ, काठमाण्डौ ।

चार महिनाअघि भएको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका गगन थापाले यसबीचमा गतिशील, संस्थागत र प्रक्रियामुखी तरिकाले अगाडी बढाइरहेका देखिन्छन् । गत पुस मसान्तमा सभापति बनेका गगनले पार्टीका धेरै संरचनाहरू बनाउने, बैठक संख्या बढाएर छलफल गर्ने, सामूहिक निर्णय प्रक्रिया अपनाउने, प्रदेश–प्रदेश पुगेर कार्यकर्ताका कुरा सुन्ने कामको सुरुवात गरे।

कार्यसम्पादन गर्ने शैली हेर्दा सभापति गगनले संगठनात्मक पुनर्निर्माणमा जोड दिइरहेको देखिन्छ। उनको प्रारम्भिक कार्यकालले कांग्रेसलाई पुरानो शक्ति सन्तुलन र नेताकेन्द्रित शैलीबाट प्रक्रिया, संस्था र नीतिमा आधारित पार्टी बनाउन खोजेका छन्।

Advertisement

उनले कार्यकाल चार महिना पूरा हुँदैगर्दा केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिका बैठक डाकेर संगठनात्मक सक्रियता र संस्थागत प्रक्रियामा जोड दिए। फागुन २१ को निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको समीक्षा प्रदेश–प्रदेश पुगेर गरिरहेका छन्। पार्टीका क्रियाशील सदस्यता अद्यावधिकका लागि देशव्यापी सञ्चालन गरेको ‘जरा अभियान’का लागि सभापति गगनले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएका छन्।

तर यो अभियान नै पार्टीमा सबैभन्दा ठूलो विवादको जड बनेको छ । चार महिनाको यो अवधिमा सभापतिका रूपमा गगनले गुटगत व्यवस्थापन सम्हालन सकिरहेका छैनन्। चाहे पछिल्लो पटक भएको १९ जना केन्द्रीय सदस्य थप्ने निर्णयले होस् वा क्रियाशील सदस्यता नवीकरणको विषय वा १५ औं महाधिवेशनको लागि भइरहेका गुटगत प्रदेश भेलाहरू हुन्, यी यावत सन्दर्भहरूले कांग्रेसको गुट राजनीतिलाई थप मलजल गरिरहेको देखिन्छ।

फेरि यो विवाद केन्द्रदेखि वडा तहसम्मै छ। एकपटक नवीकरण भइसकेको सदस्यतालाई पुनः अद्यावधि गर्ने अभियानले कांग्रेसमा संस्थापन र इतर पक्षबीच शक्ति संघर्ष चुलिएको छ। आगामी असोज ९ देखि काठमाडौंमा हुने १५ औं महाधिवेशनका लागि वैशाख १ देखि क्रियाशील सदस्यता अद्यावधि अभियान जारी छ। जुन जेठ २१ सम्म रहनेछ।

तर बिडम्बना, केन्द्रमा मात्र देखिएको यो विवाद अहिले जिल्ला, क्षेत्र हुँदै वडा तहसम्मै पुगेको छ। यहीकारण सभापति गगन इतर समूहका नेताहरूसँग असन्तुष्ट देखिन्छन्। उनले शनिबार बिहान विराटनगरको कोइराला निवासबाट ’विधान नमान्नेलाई बिदा गरिन्छ’ भन्ने चेतावनी दिए।

‘सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ। अधिवेशन लक्षित सदस्यता व्यवस्थापनका लागि साझा संयन्त्र बनाउन पनि हामी तयार छौं। तर पार्टीको काममै अवरोध गर्ने र विधान नमान्ने प्रवृत्तिलाई अब छुट दिइँदैन। आवश्यक परे धन्यवाद दिएर बिदा गरिन्छ,’ उनले भने। सभापति गगनले यसो भनेनन् मात्र, क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय अटेर गरेपछि ५० जना वडा सभापतिलाई उनले ’जिम्मेवारीविहीन’ बनाएका छन् ।

ती वडा सभापतिको पद कायमै राखेर कांग्रेसले क्रियाशील अद्यावधिक प्रयोजनका लागि मात्रै वडा समितिकै अर्को व्यक्तिलाई जिम्मेवारी दिएको छ। यो खुलासा गगन आफैंले गरेका हुन्। यस्तोमा सदस्यता नवीकरण नगर्ने विषयमा केन्द्रीय नेताहरूले नै अड्को थापिरहेका देखिन्छन्।

जस्तो कि, नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ ६ का उनीनिकट नेता–कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नहुने अडान लिएका छन्। विराटनगर महानगरपालिकाका मेयर एवं मोरङ कांग्रेसका उपसभापति नागेश कोइराला भन्छन्, ‘केही महिना पहिले मात्रै नवीकरण गरिएकाले अहिले फेरि अद्यावधिक गरिरहनु आवश्यक छैन भन्ने हाम्रो बुझाइ हो।

हाम्रा नेता शेखर कोइरालाले निर्देशन नदिएसम्म हामी यो प्रक्रियामा सामेल हुँदैनौं। कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, मन्त्री भीम पराजुली, पूर्वकेन्द्रीय सदस्यहरू लक्ष्मी खतिवडा, सीता खतिवडा, सुनिता गच्छदार, सुनिता गुरूङ र भोला राजवंशी लगायतका नेताहरूको भेडेटारमा भएको भेलाले यस्तो निर्णय गरेको बताइन्छ।

पार्टी केन्द्रीय कार्यसमितिले सदस्यता अद्यावधि अभियानको नेतृत्व महामन्त्री प्रदीप पौडेललाई दिएको छ। क्रियाशील सदस्य नै महाधिवेशनका पहिलो मतदाता हुन्। केन्द्रीय सभापति को हुने भन्ने कुरा क्रियाशील सदस्यता नवीकरण र वितरणदेखि नै निर्धारण हुने भएकाले संस्थापन र इतर पक्षबीचको मुख्य शक्ति संघर्ष यसैमा केन्द्रित छ।

उनीहरुले फागुन २१ को निर्वाचन अगाडि गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री हुँदा नवीकरण गरिएको सदस्यताको निरन्तरता खोजेका छन्। त्यतिबेला ५ लाखभन्दा बढी सदस्य नवीकरण प्रक्रियामा थिए। १४ औं महाधिवेशनमा ८ लाख ६६ हजार क्रियाशील सदस्यता थिए। एक महिनाको बीचमा करिब डेढ लाख जनाले अद्यावधि गराएको महामन्त्री पौडेलले बताए।

तर पार्टीभित्रको विवादका कारण यसपटक सदस्यता संख्या ह्वात्तै हट्ने लक्षण देखिएको छ। इतर पक्षमा नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले नेतृत्व गरेको दुवै समूहले सदस्यता अद्यावधि गर्ने संस्थापन पक्षले चलाएको अभियानको विरोध गरिरहेका छन्।

उनीहरुले फागुन २१ को निर्वाचन अगाडि गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री हुँदा नवीकरण गरिएको सदस्यताको निरन्तरता खोजेका छन्। त्यतिबेला ५ लाखभन्दा बढी सदस्य नवीकरण प्रक्रियामा थिए। १४ औं महाधिवेशनमा ८ लाख ६६ हजार क्रियाशील सदस्यता थिए। एक महिनाको बीचमा करिब डेढ लाख जनाले अद्यावधि गराएको महामन्त्री पौडेलले बताए।

तर पार्टीभित्रको विवादका कारण यसपटक सदस्यता संख्या ह्वात्तै हट्ने लक्षण देखिएको छ। यस्तोमा सभापति गगन थापा पार्टी एकताका लागि विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई वरिष्ठ नेता दिएर भएपनि सहमति गर्न तयार भएका छन्।

दुवै नेतालाई वरिष्ठ नेतासहित केन्द्रीय कार्यसमितिमा आउन प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले बताए ।जवाफमा खड्का र कोइरालाहरूले आफूहरूलाई पद नचाहिएको भन्दै निष्पक्ष महाधिवेशन हुने संयन्त्र निर्माण गर्न, सामूहिक र सहमतिमा महाधिवेशन गर्ने वातावरण निर्माण गर्न भनेका थिए।

खासमा उनीहरू सभापति गगनले केन्द्रीय समितिमा १९ जना थपेपछि बाट नै असन्तुष्ट देखिन्छन्। वैशाख २८ मा गगनले विशेष महाधिवेशनमा सहभागी नभएका देउवा निकट ११, शेखर निकट ७ र शशांक निकट १ जना केन्द्रीय सदस्यमा मनोनीत गरे ।

संस्थापन पक्षले यो कदम पार्टी मेलमिलापका लागि गरिएको प्रयास भनेको थियो।  तर इतर समूहका नेताद्वय खड्का र कोइरालाले यसलाई पार्टी एकजुट बनाउन नभई थप द्वन्द्व सिर्जना गर्नको लागि १९ जना केन्द्रीय सदस्य थपिएको भन्दै सार्वजनिक असन्तुष्टि जनाए।

वास्तवमा सभापति गगनले केही दिनअघि नेता खड्का र कोइरालासँग कुराकानी गरेका थिए। त्यही छलफल र नेताहरूका विगतका योगदान हेरेर पनि केन्द्रीय समितिमा समेटिएको थियो। यस्तोमा प्रवक्ता देवराज चालिसे केन्द्रीय समिति विस्तार गरेर पार्टीभित्र मेलमिलापको सन्देश दिन खोजिएको बताउँछन्।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top