समाज सेवामा विराटनगर डाइनो,सहयोगका लागि सुनसरी पुग्यो

विराटनगर, असोज २३
लायन्स क्लब अन्तर्राष्ट्रियको आह्वानमा लायन्स क्लव अफ विराटनगर डाइनोले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, बकुल्लाचापस्थित भगवती आधारभूत विद्यालयमा विविध कार्यक्रम गरेको छ ।

उक्त स्कूलमा लायन्स क्लव डाइनोले विद्यालयकी जेहेन्दार छात्रालाई छात्रवृति र विद्यार्थीहरुलाई टिफिन वितरण एवम् विद्यार्थी तथा अभिभावकहरुकालागि निःशुल्क स्वास्थ्य चेकजाँचको कार्यक्रम गरेको हो ।

Advertisement

आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी कक्षा ८ मा अध्ययनरत छात्रा लीला बिष्टलाई क्लवले छात्रावृतिस्वरुप नगद पाँचहजार एकसय हस्तान्तरण गरेको लायन्स क्लव डाइनोका सचिव राजन भगतले जानकारी दिए ।

Advertisement

क्लवले विद्यार्थीहरुलाई खाजास्वरुप जुस र विस्कुट पनि खुवाएको थियो । सोहि अवसरमा स्कूलमा अध्ययनरत बालबालिका र उनीहरुका अभिभावक गरी करिव दुईसय जनाको निशुल्क स्वास्थ्य चेकजाँच पनि गराईएको छ ।

विराट मेडिकल कलेज टंकीसिनुवारीका विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य चेकजाँच गरेको हो । चेकजाँचका क्रममा सामान्य प्रकृतिको रोगको औषधिसमेत निःशुल्क वितरण गरिएको क्लवका पूर्व अध्यक्ष मोहित अग्रवालले जानकारी दिए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर कट्वाल र विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद निरौलाले लायन्स क्लव अफ विराटनगर डाइनोले गरेको काम र सेवाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top