कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

६ असार ८३, शनिबार
Share this
686shares

६ असार , काठमाण्डौ ।

Advertisement

यस वर्षको मनसुनी प्रभाव कोशी प्रदेशका केही स्थानमा देखिएको छ।

जसका कारण आज कोशी प्रदेश र गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

Advertisement

अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ।

मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।

मधेश प्रदेश र अन्य हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेश प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top