कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

६ असार , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एयर फोर्स वान’ का लागि कतार सरकारले गत वर्ष ‘बिना सर्त’ उपहार स्वरूप दिएको नयाँ बोइङ ७४७–८ जेट विमान सार्वजनिक गरेका छन् । अमेरिकी सेनाले करिब ४० करोड अमेरिकी डलर मूल्य बराबरको उक्त विलासी जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई अनावरण गरेका हुन् ।

New Air Force one plane from Qatar arrives early : NPR

Advertisement

जोइन्ट बेस एन्ड्रयुजमा शुक्रबार आयोजित एक समारोहमा बोल्दै ट्रम्पले भने, ‘यो विमानलाई कसैले कहिल्यै नदेखेको विलासिताको स्तरमा उड्ने ह्वाइट हाउसका रूपमा रूपान्तरण गरिएको छ।’ अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिलाई ओसारपसार गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडानहरू सुरु गरिनेछ ।

विमानको परिमार्जनका क्रममा सुरक्षा, मिसन सञ्चार, बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको वायुसेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। पहिले अन्य मुलुकको स्वामित्वमा रहेको यस विमानबाट हुन सक्ने कुनै पनि सम्भावित सुरक्षा थ्रेटलाई पूर्ण रूपमा निष्क्रिय पारिएको समेत सेनाले प्रस्ट पारेको छ ।

Advertisement

Trump unveils the new Air Force One, a converted Qatari jet - POLITICO

विमानको भित्री भागमा निकै कम परिवर्तन गरिएको छ भने बाहिरी भागमा रातो, सेतो, निलो र सुनौलो रङको नयाँ पेन्ट गरिएको छ । सन् २०२५ को मे महिनामा कतारी शाही परिवारले यो विलासी बोइङ ७४७–८ विमान अमेरिकी रक्षा मन्त्रालयलाई राष्ट्रपतिको हवाई ढुवानी गर्ने एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो ।

गत वर्ष यो महँगो विमान उपहारमा लिएको खबर सार्वजनिक भएपछि ट्रम्पका केही सहयोगीसहित दुवै राजनीतिक दलका नेताहरूले यसको कडा आलोचना गरेका थिए । आलोचकहरूले यति ठुलो मूल्यको उपहार स्वीकार गर्नु स्वार्थको द्वन्द्व हुने र यो असंवैधानिक हुन सक्ने तर्क गरेका थिए ।

संघीय कानुनअनुसार अमेरिकी अधिकारीहरूले ४८० डलरभन्दा कम मूल्यको मात्र उपहार स्वीकार गर्न पाउने व्यवस्था भए पनि ह्वाइट हाउसले भने यो विमान स्वीकार गर्नु कानुनी रूपमा सही भएको दाबी गर्दै आएको छ । ट्रम्पले पद छोडेपछि यो विमान प्रेसिडेन्सियल लाइब्रेरीलाई दान गरिने प्रतिबद्धता ह्वाइट हाउसले जनाएको छ ।

A New Air Force One, via Qatar, Nears Its First Presidential Flight - The  New York Times

विमानको प्रशंसा गर्दै ट्रम्पले थपे, ‘यो विमानको बनोट र कारीगरी तपाईंले हेर्नुभयो भने विश्वासै गर्न सक्नुहुन्न। यसमा प्रयोग गरिएको सामग्री र इन्जिनको गुणस्तर विश्वकै उत्कृष्ट छ, यसको जोडा कतै छैन। यो वास्तवमै सम्मानको कुरा हो र म कतारका अमिरलाई धन्यवाद दिन चाहन्छु।’

कतारी जेट थपिनुअघि एयर फोर्स वानको बेडिका रूपमा सन् १९९० देखि प्रयोगमा रहेका दुईवटा ७४७–२००बी जेटहरू थिए । ती पुराना मोडलमध्ये एउटालाई अहिले सेवाबाट हटाइएको ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेङले सामाजिक सञ्जाल एक्समा पुरानो विमानको तस्बिरसहित ‘लास्ट राइड’ भन्दै सङ्केत गरेका छन् ।

लामो अवधिको एयर फोर्स वानका लागि बोइङले प्रतिज्ञा गरेका दुईवटा भीसी–२५बी जेटहरूको उत्पादनमा ढिलाइ भइरहेकाले यो कतारी जेटलाई राष्ट्रपतिले अन्तरिम समयका लागि प्रयोग गर्ने वायुसेनाले जनाएको छ । बोइङ ७४७–८ जम्बो जेटलाई ’फ्लाइङ प्यालेस’ पनि भनिन्छ ।

Air Force One begins commissioning flights, final step before presidential  use

यो विलासिता र उन्नत प्रविधिको लागि प्रसिद्ध छ । यो बोइङ ७४७ शृङ्खलाको पछिल्लो र सबैभन्दा ठूलो संस्करण हो । बोइङ ७४७–८ लाई भिआइपी कनफरेसनको समयमा ४०–१०० यात्रुहरूका लागि लक्जरी सुइटहरूमा रूपान्तरण गर्न सकिन्छ ।

यसमा मास्टर बेडरूम, सम्मेलन कोठा, भोजन क्षेत्र, लाउन्ज र बाथरूम जस्ता सुविधाहरू छन् । यो विमानमा चारवटा जेइएनएक्स–२बी टर्बोफ्यान इन्जिनहरू छन् । यसका साथै आधुनिक ग्लास ककपिट र नेभिगेसन प्रणाली पनि छ । क्षेप्यास्त्रहरूबाट जोगाउन प्रतिरोधात्मक उपायको रूपमा इन्फ्रारेड ज्यामर जस्ता सुविधाहरू छन् ।

लाउन्ज र डाइनिङ एरियामा ठूला डाइनिङ टेबल, हाई–टेक स्क्रिन, भिडियो कन्फरेन्सिङ, ब्लु–रे प्लेयर र उच्च गुणस्तरको अडियो सिस्टमहरू छन् । यो विमान ०.९२ म्याक (लगभग १,१०० किमी÷घण्टा) को पूर्ण गतिमा उड्न सक्छ । यसका साथै यो ५१ हजार फिटको उचाइमा उड्छ । यो संसारको सबैभन्दा ठूलो व्यावसायिक विमान हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top