अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

८ असार, काठमाण्डौ ।

कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ । वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका हुन् ।

स्विट्जरल्यान्डको बुर्गेनस्टकस्थित लेक ल्युसर्न रिसोर्टमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख छ । वार्ताबाट अमेरिका र इरानबीचको मध्यस्थता प्रक्रियालाई राजनीतिक निर्देशन र निगरानी गर्न एक उच्च–स्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

Advertisement

उक्त समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन् । समितिले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेको छ । साथै, स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गरिएको छ ।

वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ । लेबनानमा सैन्य गतिविधि पूर्णरूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा ‘द्वन्द्व–न्युनीकरण कक्ष’ स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन् ।

Advertisement

संयुक्त विज्ञप्तिअनुसार बाँकी प्राविधिक विषयहरूमा छलफल गर्न यसै साता बुर्गेनस्टक रिसोर्टमा वार्ता निरन्तर जारी रहनेछ । कतार र पाकिस्तानले कूटनीतिक पहलमार्फत वार्तालाई सकारात्मक दिशातर्फ अघि बढाएको भन्दै अमेरिका र इरान दुवैलाई धन्यवाद दिएका छन् ।

उनीहरूले शान्तिपूर्ण समाधानप्रति दुवै पक्षले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै प्रक्रियामा सहयोग पु¥याउने अन्य मित्रराष्ट्रहरूप्रति पनि आभार व्यक्त गरेका छन् । यस वार्तालाई पछिल्ला वर्षहरूमा अमेरिका–इरान सम्बन्ध सुधार तथा क्षेत्रीय तनाव कम गर्ने दिशामा भएको महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।

स्विट्जरल्यान्डमा इरान र अमेरिकाका प्रतिनिधिहरूले लगभग ८० मिनेट वार्ता गरेका थिए । दुई देशले ६० दिनको युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयास गरिरहेको भएपनि मतभेद भने अझै कायमै छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आफ्नो देशले इजरायल र हेज्बुल्लाहबिच जारी द्वन्द्व पूर्ण रूपमा समाधान भएपछि मात्र थप वार्ता सम्भव हुने बताएको छ ।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा हेज्बुल्लाहलाई रोकिएन भने अमेरिकाले फेरि आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए । इरानले यसमा जवाफ दिँदै कुनैपनि युद्धका लागि तयार रहेको बताएको छ ।अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच लुसेर्नमा वार्ता हुनै लाग्दा ट्रम्प सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानलाई हिज्बुल्लाहको आक्रमण रोक्न भनेका थिए।

उनले ’प्रोक्सी’ समूहहरूलाई लेबननमा समस्या सिर्जना गर्नबाट तत्काल रोक्न भनेका थिए। त्यसो नगरिए इरानले कडा आक्रमण भोग्नुपर्ने ट्रम्पको चेतावनी थियो । यता इरानको वार्ता टोलीका प्रमुख मोहम्मद बागेर गालिबाफले त्यसमा प्रतिक्रिया जनाएका थिए ।

उनले भनेका छनः “उनीहरू धम्कीको कुनै अर्थ छैन भन्ने सोच्दैनन रु यदि धम्कीले काम गथ्र्यो भने उनीहरू यति व्याकुल अवस्थामा हुन्थे ? उनीहरूले जति बोले पनि, काम गर्ने हामीले हो।“ यो भनाभनका बीच आइतवार झडप रोकिएको समाचार आयो । तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उत्तरी इजरेलको सुरक्षाका लागि आवश्यक परेसम्म इजरेली सेना दक्षिणी लेबननमै रहने बताएका छन् ।

हिज्बुल्लाहका एक नेताले भने दक्षिणी लेबननमा इजरेली सैन्य उपस्थिति अस्वीकार्य भएको बताउँदै हिज्बुल्लाहले आत्मरक्षा गर्ने चेतावनी दिएका छन् । यी सबका बीच वार्ता जारी छ । अमेरिकी वार्ता टोलीमा भान्ससँगै ट्रम्पका ज्वाइँ ज्यारड कुश्नर र विशेष दूत स्टीभ विट्कोफ सहभागी छन्।

इरानी टोलीमा सभामुख समेत रहेका गालिबाफसहित विदेशमन्त्री अब्बास अराग्ची सहभागी छन् । वार्ताको सहजीकरण गरेको पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अनि कतारका प्रधानमन्त्री पनि स्विट्जरल्यान्डमै छन् । यसबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तान र कतारको निरन्तर प्रयासका कारण लेबनानमा जारी लडाइँ अन्त्य गर्न ‘ठुलो प्रगति’ भएको दाबी गरेका छन् ।

आइतबार पहिलो चरणको वार्तापछि अराघचीको वक्तव्य आएको हो । विदेशमन्त्री अराघचीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाकिस्तान र कतारको निरन्तर प्रयासका कारण लेबनान युद्ध अन्त्य गर्न उल्लेखनीय प्रगति भएको छ।

तेल र पेट्रोकेमिकल बिक्रीमा लगाइएको प्रतिबन्ध हटाइएको छ, नाकाबन्दी हटाइएको छ, केही रोक्का गरिएका सम्पत्ति फिर्ता गरिएको छ र इरानका लागि पुनर्निर्माण र विकासका ठुला योजना बनाइएको छ।’ उनले अगाडि लेखेका छन्, ‘तर पहिलो र वास्तविक परीक्षा लेबनान डि–कन्फ्लिक्सन सेल हो।’

Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top