प्रदेश १ का १९ वटा स्थानीय तहमा अझै वित्तीय संस्थाको पहुँच पुग्न बाँकी

विराटनगर,असोज २३
प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुग्न बाँकी रहेको छ । सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये अझै १९ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार हुन नसकेको हो ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायममुकायम निर्देशक हिमप्रसाद न्यौपानेका अनुसार ११८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । २०७४ असार मसान्तसम्म १३७ मध्ये ५८ वटा स्थानीय तहमा मात्र बैंकका शाखा विस्तार भएका थिए ।

तर चालु आर्थिक वर्षको असोजसम्म ६० वटा स्थानीय तहमा नयाँ शाखा स्थापना भएका छन् । आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको संघीय संरचनामा आर्थिक गतिविधि अध्ययनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक न्यौपानेले ३ वटाबाहेक अन्य स्थानीय तहमा बैंक स्थापनाका लागि प्रक्रिया सुरु भएको छ ।

Advertisement

३ वटा स्थानीय तहमा भने भौगोलिक समस्याका कारण बैंकको शाखा खोल्ने कार्य सुरु भएको छैन । १ सय १८ स्थानीय तहमा बैंकको शाखा विस्तार भए पनि सबै मानिसको बैंक खाता भने छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top