डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

८ असार ८३, सोमबार
Share this
690shares

८ असार, काठमाण्डौ ।

Advertisement

डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपालकै पहिलो ओटीटी प्रसारण लाइसेन्स प्राप्त गरेको दाबी गरेको छ। कम्पनीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसमेत प्राप्त गर्दै नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्ने जनाएको छ।

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार डिगो ओटीटीले सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायतका मनोरञ्जन सामग्री सुरक्षित, सहज र आधिकारिक माध्यमबाट दर्शकमाझ उपलब्ध गराउँदै आएको छ।

Advertisement

डिशहोम डिजिटलका अनुसार कम्पनीसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटल सामग्री वितरण गर्ने क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। यसबाट नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने आधार तयार भएको कम्पनीको दाबी छ।

Advertisement

कम्पनीले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट राष्ट्रिय प्रसारण नियमावलीबमोजिम ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक इजाजत पनि प्राप्त गरेको जनाएको छ। यससँगै डिगो ओटीटी नेपालको कानुनी तथा नियामकीय व्यवस्थाअनुसार आधिकारिक रूपमा सञ्चालन हुने पहिलो ओटीटी प्लेटफर्म बनेको कम्पनीको दाबी छ।

डिशहोम डिजिटलले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार र सरकारी इजाजतले नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार यसले डिगो ओटीटीलाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य डिजिटल सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ।

कम्पनीले आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री र अन्तर्राष्ट्रिय साझेदारीमार्फत विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्दै डिगो ओटीटीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top