×

NEPAL TIMES UPDATES

Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

२१ फाल्गुन २०८२

२१ फागुन , काठमाण्डौ ।
प्रतिनिधि सभा चुनावको मतदान देशभर जारी छ । बिहानैदेखि मतदाताहरू मतदानमा उत्साहपूर्वक सहभागी भइरहेका छन् । मतदानमा सहभागी मतदाताहरूले आफूले मत दिएको संकेतस्वरुप बुढी औंला उठाएर निलो मसी देखाउँदै सामाजिक संजालमा फोटाहरु हालिरहेका छन् ।

निलो मसी मत हालेको प्रमाण पनि हो । निर्वाचन अधिकृतहरुले मतदातालाई मतपत्र दिनुअघि उनीहरूको औलामा निलो मसी लगाइदिन्छन् । जसले उनीहरू असली मतदाता हुन भन्ने पनि देखाउँछ । आफूले मत खसाइसकेको र बाँकी रहेकाहरुलाई पनि उनीहरुले आफूलेजस्तै भोट खसाउन जान अपिल पनि गरिरहेका छन् ।

यस्तै निर्वाचन आयोगले, सरकारले पनि सबै नेपाली मतदाताहरुलाई मत हाल्न जान आग्रह गरिरहेको छ । अझ निर्वाचन आयोगले त मत खसाउनकालागि ५ बजेसम्म नकुर्न पनि भनेको छ । त्यसकारण तपाइँले अहिलेसम्म मत हाल्न जानु भएको छैन अब ढिला नगर्नु होला । यसैपनि अब भोट हाल्न पाउँन केही समय मात्रै बाँकी छ ।

यसैबीच केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ । दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ ।

अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो ३ बजेसम्ममा देशभर ४० प्रतिशत मतदान भइसकेको छ ।

यसअघि निर्वाचन आयोका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७७ वटै जिल्लाबाट ६५ प्रतिशत मत खस्ने आयोगले अनुमान गरेको बताएका थिए ।निर्वाचन अधिकृतको कार्यालय हुँदै सूचना आउनुपर्ने भएकाले समय लागिरहेको घिमिरेले बताए । घिमिरेले अगाडि भने, ‘केही जिल्लाको बाहेक साढे पाँच बजेसम्म मतदान सकिने जानकारी प्राप्त भएको छ ।’

देशभर १ करोड ८९ लाख ३,६८९ जना मतदाता रहेका छन्। आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। अपरान्ह ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउने सुविधा छ । २०७९ को निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ६७.६३ प्रतिशत खसेको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । स्थानीय तहको मतदानभन्दा प्रतिनिधिसभा र प्रदेशसभामा विगतका निर्वाचनमा पनि कम मतदान हुँदै आएको छ ।

यसैबीच राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । उनीहरु किन गएनन् भन्ने कुराले केहीलाई आश्चार्य पनि लागेको होला । तर संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरुले मतदान नगरेको बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

यता दुई पूर्वराष्ट्रपतिहरुले भने मत खसाएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवले जारी निर्वाचनलाई संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि विवेकपूर्ण मतदान गर्न आग्रह गरेका छन् । लक्ष्मीनियाँ गाउँपालिका– ४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय, सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान जोगाउन सक्षम र युवाको आकांक्षा सम्बोधन गर्न सक्ने लोकतान्त्रिक शक्तिलाई विजयी गराउनुपर्ने बताएका हुन् ।

उनले मूलतः ०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण ०८२ मै हुन लागेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा मतदाताको भूमिका झनै महत्त्वपूर्ण बनेको धारणा राखे । यादवले भने, ‘देश विषम अवस्थाबाट गुज्रिरहेको छ। यस्तो वेला शान्तिपूर्ण निर्वाचन सम्पन्न भई स्थिरता सुनिश्चित गर्ने जनमत आउनु आवश्यक छ।’

पूर्वराष्ट्रपति यादवले नेपालको संविधान ऐतिहासिक जनआन्दोलनहरूको उपलब्धि भएको उल्लेख गर्दै वि.सं. ००७, ०४६ र ०६२÷६३ का आन्दोलनसँगै मधेश आन्दोलनको योगदान स्मरण गरे। संघीय लोकतान्त्रिक, समावेशी र समानुपातिक चरित्रलाई अझ सुदृढ बनाउन सही नेतृत्व चयन अपरिहार्य रहेको उनको भनाइ थियो ।

भदौ २३ र २४ मा भएको ‘जेन–जी विद्रोह’को प्रसंग उल्लेख गर्दै उनले युवाका मागलाई समयमै सम्बोधन गर्न नसक्दा असन्तोष चर्किएको बताए। यद्यपि, त्यसक्रममा आगजनी र अस्थिरता फैलाउने गतिविधि प्रतिगामी शक्तिबाट भएको आरोप लगाउँदै उनले लोकतन्त्र र संविधानमाथि खतरा उत्पन्न हुन नदिन सचेत रहनुपर्नेमा जोड दिए।

पूर्वराष्ट्रपति यादवले अन्ततः निर्वाचन सफल भई देशमा शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण हुने विश्वास व्यक्त गरे । यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

सम्बन्धित खबरहरु

Scroll to Top