×

NEPAL TIMES UPDATES

Playing
अमेरिकामा परमाणु मिसाइल टेस्ट, युद्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

२१ फाल्गुन २०८२

२१ फागुन , काठमाण्डौ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ । मतदानस्थलमा अहिले झनै मतदाताहरुको भिड देखिएको छ । छिटफुट विवादका घटना बाहेक शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर मावि मतदानस्थलबाट भने ५६ बुक मतपत्र गायब भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएलगत्तै बिहीबार बिहान मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको हो ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त काममा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् । बिहानैदेखि जारी विवाद अझै पनि समाधान हुन सकेको छैन । सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने सहमति त भयो तर मतपत्र नै गायब भएपछि प्रक्रिया अघि बढेको छैन ।

हराएको मतपत्रको खोजी गरिए पनि मतपत्र नभेटिँदा मतदान अब अर्को दिनलाई सार्नुपर्ने अवस्था आएको छ। बुथ कब्जा गर्न मतपत्रको बुक नै लिएर हिँडेकानेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकास्थित तरुण दलका अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीविरुद्ध अब मुद्दा चल्ने भएको छ।

मतपत्र लुटपाटमा संलग्न यी तीनजनाको पहिचान भएको प्रहरीले जनाएको छ । अरू चारजना पनि नियन्त्रणमा छन् । उनीहरूलाई रिहा गर्ने तयारी प्रहरीको छ। मतपत्र लुटपाटको आरोप लागेका कांग्रेस र नेकपाले स्थानीय नेताहरूलाई तत्काल छाड्न भनेका छन्।

विवाद नमिलेपछि मतदानको अर्को मितिका लागि मतदान अधिकृतले अर्को मिति तोक्ने भएका छन् । त्यहाँ बिहीबार बिहान दुई दलले बुथ कब्जा लाग्दा प्रहरीले गोलीसमेत चलाएको थियो । प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।

मतदानको विवरण हेर्दा काठमाडौँ उपत्यकामा मतदाताको सबैभन्दा बढी उत्साह देखिएको छ । उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म ५४ प्रतिशत मत खसिसकेको छ । प्रदेशतर्फ भने गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ । यी दुवै प्रदेशमा समान ४८ प्रतिशत मत खसेको छ ।

उता, मधेस प्रदेशमा भने मतदानको प्रतिशत सबैभन्दा कम देखिएको छ । मधेसका ३२ निर्वाचन क्षेत्रमा जम्मा ३७ प्रतिशत मात्र मत खसेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने कोशी प्रदेशमा ४६ प्रतिशत मत खसेको छ ।

सुदूरपश्चिम प्रदेशमा भने मधेसपछि सबैभन्दा कम ३९ प्रतिशत मात्र मत खसेको छ । देशभरका कुल १ सय ६५ निर्वाचन क्षेत्रका १० हजार ९ सय ६७ मतदानस्थलमा बिहानैदेखि मतदान भइरहेको छ । साँझ ५ बजेसम्म चल्ने मतदान प्रक्रियामा अझै पनि मतदाताहरू लाइनमै रहेकाले अन्तिम समयसम्ममा खसेको मतको कुल प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

सम्बन्धित खबरहरु

Scroll to Top