हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

११ असार ८३, शुक्रबार

१२ असार, काठमाण्डौ ।

फुटबलको महाकुम्भ, फिफा विश्वकपको रौनक अहिले उत्कर्षमा छ । यसपटकको ४८ टोली सहभागी विस्तारित विश्वकपमा ७२ खेलहरू हुँदैछन् । तर, अहिले सारा विश्वको नजर समूह चरणको एउटा यस्तो खेलमा अडिएको छ, जसले आगामी नकआउट चरणको चित्र नै बदल्ने पक्का छ । म्यासाचुसेट्सको फक्सबरो स्टेडियममा एउटा यस्तो महायुद्ध हुँदैछ, जहाँ वर्तमान फुटबलका दुई सबैभन्दा ठूला सुपरस्टार आमनेसामने हुनेछन् ।

आज मध्यरात नेपाली समय अनुसार १२ः४५ बजे अमेरिकाको बोस्टनमा एउटा यस्तो खेल हुँदैछ, जसलाई धेरैले फाइनल अघिको फाइनल भनिरहेका छन् । एकातिर छ—साबिक विजेता र उपाधिको बलियो दाबेदार फ्रान्स । अर्कोतिर छ—उदीयमान शक्तिको रूपमा उदाएको नर्वे, जसको नेतृत्व विश्वकै खतरनाक स्ट्राइकर एर्लिङ हालान्डले गरिरहेका छन् ।

Advertisement

फुटबल साम्राज्यको निर्विवाद राजा, उपाधिको सबैभन्दा ठूलो दाबेदार फ्रान्स, र विश्व फुटबलमा नयाँ क्रान्ति ल्याउन खोजिरहेको, युवा र जोशिला खेलाडीहरूको भोकले भरिएको उदाउँदो टोली नर्वेबीचको खेल मोस्ट अवेटेड खेल हो । समूह ’आई’ को यो खेल केवल एउटा खेल मात्र होइन ।

यो त यो समूहको सुप्रिमेसी अर्थात् शीर्ष स्थान कसले कब्जा गर्ने भन्ने अन्तिम लडाईं हो। फ्रान्स र नर्वे दुवैले आफ्ना पहिलो दुई खेलहरूमा सेनेगल र इराकलाई धुलो चटाउँदै नकआउट चरण अर्थात् अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। तर, आजको नतिजाले तय गर्नेछ— को बन्नेछ समूह विजेता र कसले चित्त बुझाउनुपर्नेछ उपविजेतामा ?

Advertisement

खेल त आज राती सुरु हुँदैछ, तर मैदान बाहिरको मानसिक खेल अर्थात् ‘माइन्ड गेम’ धेरै अघि नै सुरु भइसकेको छ । र यो खेलको सुरुवात गरेका हुन् नर्वेका स्टार फरवार्ड, गोल मेसिन एर्लिङ हालान्डले । सेनेगलविरुद्धको खेलमा सानदार दुई गोल गर्दै नर्वेलाई जिताएपछि हालान्डले मिडियाको अगाडि जे भने, त्यसले अहिले फुटबल जगतमा खैलाबैला मच्चाएको छ ।

“साँचो भन्नुपर्दा, अहिले म फ्रान्ससँगको खेलबारे धेरै सोचिरहेको छैन। हामी अर्को चरणमा पुगिसकेका छौं, जुन आफैंमा एउटा अविश्वसनीय उपलब्धि हो। फ्रान्सले सम्भवतः हामीलाई हराउनेछ र सम्भवतः उनीहरूले यो पूरा विश्वकप पनि जित्नेछन्।”

विश्वकै वान अफ द बेस्ट स्ट्राइकरले खेल अगाडि नै विपक्षी टोलीसँग हार स्वीकार गरेजस्तो देखिने बयान किन दिए होलान् ? के यो हालान्डको फ्रान्सलाई ‘ओभर–कन्फिडेन्ट’ बनाउने रणनीति हो? या फ्रान्सेली डिफेन्सको दबाब कम गर्ने उनको कुनै चलाखीपूर्ण माइन्ड गेम हो? जुनसुकै कुरा भए पनि, हालान्डको यो स्पष्ट र अलिकति व्यङ्ग्यात्मक अभिव्यक्तिले विश्वभरका फुटबल पण्डितहरूको ध्यान खिचेको छ।

तर फ्रान्सले एउटा कुरा राम्ररी बुझेको छ— हालान्डलाई मैदानमा कमजोर आँक्ने गल्ती जसले गर्छ, उसले ठूलो मूल्य चुकाउनुपर्छ । हालान्ड अहिले विश्वकपकै गोल्डेन बुट अर्थात् सर्वाधिक गोलकर्ताको दौडमा छन् । जहाँ उनको सिधा प्रतिस्पर्धा फ्रान्सका कप्तान किलियन एम्बाप्पेसँग छ, यद्यपि यो दौडमा अर्जेन्टिनाका लियोनल मेसी हाल सबैभन्दा अगाडि शीर्ष स्थानमा छन्।

यतिबेला यो ठूलो खेलको रणनीति बनिरहँदा फ्रान्सेली क्याम्पबाट एउटा निकै दुःखद र भावुक खबर बाहिर आएको छ । फ्रान्सका मुख्य रणनीतिकार, टोलीलाई सन् २०१८ को विश्वकप ट्रफी दिलाउने मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्स यतिबेला टोलीसँग छैनन्। उनी पारिवारिक शोकका कारण टोलीबाट अस्थायी रूपमा टाढा हुनुपरेको छ।

मंगलबार डेसच्याम्प्सकी आमाको दुःखद निधन भयो। यो खबर पाउनेबित्तिकै उनी अन्त्येष्टिमा सहभागी हुन आपतकालीन रूपमा फ्रान्स फर्किएका छन । फ्रान्सेली फुटबल महासंघले एउटा आधिकारीक वक्तव्य जारी गर्दै भनेको छः ‘यो अत्यन्त पीडादायी समयमा हामी मुख्य प्रशिक्षकलाई शक्ति प्रदान गर्न चाहन्छौं र हाम्रो सम्पूर्ण समर्थन उनीसँग रहने विश्वास दिलाउँछौं।’

मुख्य प्रशिक्षकको अनुपस्थितिमा अब फ्रान्सको कमान सहायक प्रशिक्षक गी स्टेफानको काँधमा आइपुगेको छ । विश्वकप जस्तो ठूलो मञ्चमा, नर्वे जस्तो खतरनाक टोलीविरुद्ध मुख्य प्रशिक्षक बेन्चमा नहुनु फ्रान्सका लागि ठूलो मानसिक धक्का हुन सक्छ । तर फ्रान्सको टोली व्यवसायिक खेलाडीहरूले भरिएको छ ।

उनीहरू यो शोकलाई शक्तिमा बदलेर आफ्ना प्रशिक्षकका लागि यो खेल जित्न मैदान उत्रिनेछन् । तर चुनौती अर्को पनि छ— छोटो समयको अन्तरालमा खेलहरू भइरहेकाले केही प्रमुख खेलाडीहरूलाई विश्राम दिने सम्भावना बलियो छ । तर, फ्रान्सको सबैभन्दा ठूलो शक्ति नै के हो भने— उनीहरूको ‘बेन्च स्ट्रेन्थ’ ।

फ्रान्सको बेन्चमा बस्ने खेलाडीहरू पनि संसारका जुनसुकै टिमको सुरुवाती ११ मा पर्न सक्ने क्षमता राख्छन् । त्यसैले प्रशिक्षक परिवर्तन वा केही खेलाडी परिवर्तन भए पनि फ्रान्स उत्तिकै घातक रहने निश्चित छ। अब यो समूहको गणित र नयाँ विश्वकपको ढाँचालाई अलिकति बुझौं। फ्रान्स र नर्वे दुवैको ६–६ अंक छ ।

तर गोलअन्तरको मामिलामा फ्रान्स ठ्याक्कै १ गोलले अगाडि छ । सोमबार इराकविरुद्धको खेलमा मौसम खराब भए पनि फ्रान्सले सानदार जित निकाल्दै आफ्नो गोलअन्तर प्लस ५ पुर्याएको थियो । यसको अर्थ के हो भने, आजको खेलमा यदि फ्रान्सले नर्वेलाई बराबरीमा मात्रै रोक्यो भने पनि फ्रान्स समूह विजेता बन्नेछ ।

र समूह विजेता बन्नुको फाइदा के छ भने, अन्तिम ३२ को चरणमा फ्रान्सले अर्को कुनै समूहको तेस्रो स्थानमा रहेको अपेक्षाकृत कमजोर टोलीसँग खेल्ने सहज अवसर पाउनेछ । अर्कोतर्फ, नर्वेलाई समूहको शीर्ष स्थान कब्जा गर्न आज जुनसुकै हालतमा जित नै आवश्यक छ । नर्वेले पहिलो दुई खेलमा फ्रान्सभन्दा बढी गोल त गरेको छ, तर समस्या डिफेन्समा देखिएको छ।

नर्वेले दुई खेलमा ३ गोल खाइसकेको छ । सेनेगलविरुद्धको खेलमा अन्तिम समयमा खाएको त्यो दोस्रो गोल नर्वेलाई अहिले निकै महँगो परिरहेको छ, जसका कारण उनीहरू गोलअन्तरमा पछि परे । अब कुरा गरौं मैदान भित्रको रणनीतिको । नर्वेले दुई खेलमा ३ गोल खानु नै फ्रान्सेली फरवार्डहरूका लागि दाउ हेर्ने ठूलो मौका बनेको छ ।

फ्रान्सको आक्रामक पङ्क्ति यो विश्वकपकै सबैभन्दा खतरनाक र गतिशिल मानिन्छ। कप्तान किलियन एम्बाप्पे, विङ्गर उस्मान डेम्बेले, युवा सनसनी ब्राड्ली बारकोला र डिजायर डुए जस्ता विष्फोटक खेलाडीहरू फ्रान्ससँग छन्। उनीहरूको तिब्र गति र ’वान–भर्सेस–वान’ ड्रिबलिंग कलाले नर्वेको डिफेन्सलाई कडा परीक्षा लिने निश्चित छ।

यस्तो अवस्थामा नर्वेको डिफेन्समा अर्को ठूलो धक्का लागेको छ। नर्वेका भरपर्दा डिफेन्डर युलियन रायर्सन सेनेगलविरुद्धको खेलमा तिघ्राको समस्याका कारण मैदान छोड्न बाध्य भएका थिए। आजको खेलमा उनले खेल्ने सम्भावना निकै कम छ। उनको स्थानमा मार्कुस पेडर्सेनले सुरुआती रोजाइ पाउने सम्भावना बलियो छ ।

यस्तै टोली सन्तुलनका लागि लियो ओस्टगार्ड र क्रिस्टियन थोस्र्टभेड्ट जस्ता खेलाडीहरूलाई पनि नर्वेका प्रशिक्षकले मौका दिन सक्ने अनुमान गरिएको छ । नर्वेको मुख्य रणनीति भनेकै फ्रान्सको आक्रामक आँधीलाई रोक्ने र काउन्टर अट्याकमा हालान्डलाई बल सप्लाइ गर्ने हुनेछ ।

फ्रान्स र नर्वेबीचको फुटबल इतिहास आजभन्दा १०३ वर्ष पुरानो छ । यो लामो अवधिमा यी दुई टोलीबीच जम्मा १५ पटक आमनेसामने भएको छ । इतिहासको पाना पल्टाउँदा पल्ला फ्रान्सकै भारी देखिन्छ ।
फिफाले पनि यो खेललाई समूह चरणको सबैभन्दा ठूलो आकर्षणको रूपमा लिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

सम्बन्धित समाचार

Scroll to Top