ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

११ असार ८३, शुक्रबार

१२ असार, काठमाण्डौ ।

ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा ‘आइइएलटिएस पार्टनर समिट’ सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई आइइएलटिएस (IELTS) को माध्यमबाट अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी तथा आप्रवासनका अवसरहरूमा पहुँच दिलाउन महत्त्वपूर्ण योगदान पु¥याउने साझेदार संस्थाहरूलाई कदर र सम्मान गर्न यो समिट आयोजना गरिएको हो।

कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका साझेदार संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो, जहाँ नेपालमा अन्तर्राष्ट्रिय योग्यता र शैक्षिक अवसरहरूको विस्तार गर्ने आपसी साझा प्रतिबद्धतालाई पुनः स्मरण गरिएको थियो।
सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्मको अवधिमा आइइएलटिएस दर्तामा उत्कृष्ट कार्य गर्ने विभिन्न विधाका साझेदारहरूलाई विशेष अवार्ड प्रदान गरियो।

Advertisement

समिटमा ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक (कन्ट्री एक्जाम्स डाइरेक्टर) प्रतिष्ठा थापा रायमाझीले साझेदारहरूको अमूल्य योगदानको प्रशंसा गर्दै  IELTS on Computer सेवा सुरु गर्न लागेको घोषणा गरिन्। यो नयाँ सेवासँगै अब परीक्षार्थीहरूका लागि कम्प्युटर र पेपर९बेस्ड दुवै विकल्प उपलब्ध हुनेछन्, जसले गर्दा थप सहजता, तत्काल नतिजा प्रकाशन र बजारको आवश्यकता अनुसार परीक्षा सञ्चालन गर्न मद्दत पुग्नेछ।

त्यस्तै, बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले यो नयाँ सेवाले अन्तर्राष्ट्रिय अंग्रेजी भाषा मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउने उल्लेख गर्दै भविष्यमा रोजगारदाता र अन्य संस्थाहरूका लागि अंग्रेजी भाषा शिक्षण, सिकाइ र मूल्याङ्कन सेवा पनि उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।

Advertisement

यो वर्षको प्रतिष्ठित ‘प्लेटिनम पार्टनर अवार्ड’ अर्बिट मेडिकल इन्ट्रान्स प्रा।लि। ले हात पारेको छ भने ‘टप एसोसिएसन अवार्ड’ एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल इक्यान लाई प्रदान गरिएको छ। यसैगरी, केआइइसी लर्निङ सेन्टर प्रा।लि।ले ‘गोल्ड अवार्ड’ र द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा।लि।ले ‘सिल्भर अवार्ड’ प्राप्त गरेका छन्।

त्यस्तै ‘ब्रोन्ज अवार्ड’ विधामा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्, एइसीसी स्टडी अबोर्ड कन्सल्टेन्ट प्रा।लि।, ए।ओ।पी ग्लोवल कन्सल्टेन्ट, आइइएलटिएस सेन्टर प्रा।लि। र ब्रिज इन्टरनेसनल ग्रुप प्रा।लि। सम्मानित भएका छन्। सन् २०२५ देखि ब्रिटिस काउन्सिलले नेपालका विभिन्न स्थानहरूमा सञ्चालन गरेको क्षेत्रीय साझेदार छनोट कार्यक्रमअन्तर्गत उत्कृष्ट योगदान पु¥याउने संस्थाहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको छ।

जसमा चितवन र हेटौँडा क्षेत्रबाट द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी, दाङ घोराही र नेपालगञ्जबाट एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्, इटहरी र विराटनगरबाट सुमेधा एजुकेसन नेटवर्क, बिर्तामोडबाट बिर्तामोड एजुकेसन फाउन्डेसन र पोखरा क्षेत्रबाट मिराकल इन्स्टिच्युट सम्मानित भएका छन्।

विश्वभर १२ हजारभन्दा बढी शैक्षिक, सरकारी र व्यावसायिक निकायहरूले मान्यता दिएको र ब्रिटिस काउन्सिल, आइडीपी आइइएलटिएस एवं क्याम्ब्रिज एसेस्मेन्ट इङलिसद्वारा संयुक्त रूपमा सञ्चालित आइइएलटिएस परीक्षा नेपाली विद्यार्थीमाझ निकै लोकप्रिय छ।

संयुक्त अधिराज्य ९युके० को सांस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था ब्रिटिस काउन्सिलले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषाका कार्यक्रमहरूमार्फत विश्वका २०० भन्दा बढी मुलुकहरूमा आपसी विश्वास र समृद्धिका लागि काम गर्दै आइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

सम्बन्धित समाचार

Scroll to Top