×

NEPAL TIMES UPDATES

Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

४ चैत्र २०८२

४ चैत ,काठमाण्डौ ।

प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ नजिकको प्रचण्ड बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उत्तरको छिमेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै चिनियाँ कम्युनिस्ट पार्टीबाट शुभकामनापत्र प्राप्त भएको जानकारी गराएका छन् ।

Advertisement

चिनियाँ कम्युनिस्ट पार्टीले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिएको पनि उल्लेख छ । ‘प्राप्त पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहो¥याइएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ, ‘साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकीहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

रास्वपालाई चिनियाँ कम्युनिष्ट पार्टीले बधाई दिएपछि खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, उक्त सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ।

खनालका अनुसार पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि “साझा भविष्यसहितको समुदाय” निर्माण गर्ने संकल्प दोहो¥याइएको छ। साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ।

सीपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरेको छ । पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता समेत देखाएको छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गर्दै उनीहरूलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका थिए । प्रधानमन्त्री मोदीले रास्वपाको चुनावी सफलतालाई उल्लेख गर्दै उक्त विजयलाई महत्वपूर्ण उपलब्धि बताएका छन्।

साथै, उनले वार्ताका क्रममा लामिछाने र शाहलाई आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुवै देशको समृद्धि, प्रगति र जनताको हितका लागि काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। यस्तै, उनले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने भारतको चाहना रहेको पनि व्यक्त गरेका छन्। मोदीलाई रवि र बालेनले

नै सामाजिक संजालमार्फत सहकार्यको सन्देशसहित बधाइ र शुभकामनाका लागि धन्यवाद ब्यक्त गरेका थिए । दुई तिहाइ नजिकको बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको औपचारिक प्रक्रिया चैत ५ गतेपछि मात्र सुरु गर्ने भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुममत प्राप्त गरेपछि एकल सरकार गठनको आन्तरिक गृहकार्यमा पार्टीका शीर्ष नेताहरू लागिरहेका छन् ।

यद्यपि समानुपातिक सांसदहरूले प्रमाणपत्र लिन बाँकी नै रहेकाले औपचारिक रूपमा सरकार गठनको गृहकार्यमा लाग्न नमिलेको रास्वपाका नेताहरूको भनाइ छ । ‘निर्वाचन आयोगले भर्खर समानुपातिक सांसद टुङ्गो लगाएको छ । निर्वाचन आयोगले चुनाव सम्बन्धी सबै विषय टुङ्ग्याएपछि सरकार गठनको प्रक्रिया अगाडि बढाउँछौँ,’ रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘संसद् बैठक बस्नुअघि हामीले निर्वाचित सांसदहरूलाई सदमा प्रभावकारी भूमिका निर्वाह गर्नेबारे दुई दिने अभिमूखीकरण कार्यक्रम राखेका छौँ । त्यसपछि बल्ल सरकार गठन प्रक्रिया अगाडि बढ्छ ।’

निर्वाचन आयोगले चुनावको अन्तिम रिपोर्ट बुझाएपछि केन्द्रीय समिति बैठक बसेर रास्वपाले संसदीय दलको नेता पनि टुङ्गो लगाउने छ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० सांसदलाई चैत ५ गते बिहीबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखेको छ ।

समानुपातिक सांसदलाई प्रमाणपत्र दिएलगत्तै आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ । संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था अनुसार रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउन पहिला संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

त्यसका लागि रास्वपाले आफ्नो पार्टीको विधानमा समेत केही फेरबदल गर्ने तयारी गरेको रास्वपा प्रवक्ता मनिष झाको भनाइ छ । झाले बालेनलाई दलको नेता बनाउनेमा कुनै शंका नगर्न पनि आग्रह गरेका छन् । रास्वपाका नेताहरूका अनुसार चैत दोस्रो साताभित्र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन गर्नेगरी आन्तरिक गृहकार्य भइरहेको छ ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति डा. स्वर्णीम वाग्ले र डीपी अर्यालबिच भावी सरकार कस्तो बनाउने, कस्ता व्यक्तिलाई मन्त्री बनाउने, सरकार बनेलगत्तै के कस्ता काम सुरु गर्ने लगायतका विषयमा छलफल हुँदै आएको छ ।

बालेन निकट रास्वपा नेता भुपदेव शाहले नेताहरू नयाँ सरकार गठनको आन्तरिक गृहकार्यमै रहेकाले को व्यक्ति मन्त्री हुने, कुन मन्त्रालयको जिम्मा कसलाई दिने, क–कसलाई समेट्ने भन्नेजस्ता विषयको कुनै निक्र्योल भइनसकेको बताएका छन् ।

रास्वपा नेताहरूका अनुसार चुनावमा झन्डै दुई तिहाइ मत पाएको रास्वपाको नेतृत्वमा बन्ने सरकारले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी काम गर्नसक्ने नेताहरूलाई मन्त्रीमण्डलमा समावेश गरिनेछ ।

भर्खरको समाचार

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top