आज दिउँसो र राति पानी पर्ने, यी प्रदेशमा भीषण वर्षा

१९ असार ८३, शनिबार

२० असार , काठमाण्डौ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपास छ । जसका कारणले आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा भएको छ ।

यस्तै आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

Advertisement

आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोसी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही, तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

Advertisement

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज दिउँसो २ बजेपछि बादल बढ्दै जाने र मध्यमसम्म वर्षा हुने सम्भावना छ । काठमाडौँ उपत्यकामा राति पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए ।

वर्षासँगै देशका विभिन्न स्थानमा बाढी–पहिरोको जोखिम पनि बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका कम्तीमा १६ जिल्लामा बाढीको सम्भावना छ । आज काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, सखुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

गएराति पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । यसैबीच अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू बाहेक अन्य चार जना पनि चट्याङ लागेर सामान्य घाइते भएका छन् । उनीहरू भने घरमै छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top