आज ५ प्रदेशमा भारी वर्षा, मधेस–लुम्बिनीका तराईमा हावाहुरी

२२ असार ८३, मंगलबार

२३ असार , काठमाण्डौ।

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना र केहीमा भने हावाहुरीको पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

Advertisement

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति देशभर अधिकांश बादल लाग्ने बताएको छ ।

हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

Advertisement

कोसी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेस र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

त्यसैले पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा वर्षा धेरै भइरहेको छ । मौसमविद् विनोद पोखरेल धेरै दिनदेखि मनसुनको प्रभाव उस्तै रहेको बताउँछन् । “पहाडी भेगमा राम्रो वर्षा हुँदा पनि तराईका अधिकांश ठाउँ सुक्खा नै छन्,” उनी फेसबुकमा लेख्छन्, “यो अवस्थामा मगलबार (आज)बाट अलि सुधार हँुदै मंगलबारदेखि तराईको धेरै ठाउँमा पानी पर्ने सम्भावना राम्रो छ ।”

यसैबीच कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भनिन्, “कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन् ।

जलमापन केन्द्र ३१ सञ्चालनमा छन् । दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन ।” त्यस्तै, दैलेख र सुर्खेतको सिमानास्थित गुँरासेमा मौसम राडान केन्द्र लामो समयदेखि बन्द रहेका कँडेलले जानकारी दिइन् । उनका अनुसार चट्याङले क्षति पु¥याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन् ।

कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी जानकारी दिने उद्देश्यले यी राडार स्थापना गरिएको थियो । हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको डा कँडेलले जानकारी दिइन् ।

मौसम मापन केन्द्रको अभावले स्थानीयस्तरको मौसमीय अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको उनको भनाइ छ । कर्णाली प्रदेश सरकारले मौसम पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top