×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-02-2026 || Nepal Times
Apr 02, 2026
Playing
अब मालपोत र नापीमा बिचौलिया निषेध, समस्या सिधै गृहमन्त्रीले सम्बोधन गर्ने || Nepal Times
Apr 02, 2026
Playing
आज संसद्मामा को को बोल्दै छन् ? || Nepal Times
Apr 02, 2026
Playing
५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा || Nepal Times
Apr 02, 2026
Playing
सिंहदरबारबाट आजदेखि संसदीय नयाँ यात्रा|| Nepal Times
Apr 02, 2026
Playing
इन्डोनेसियामा ७.८ रेक्टरको भू कम्प, जापानसम्म हल्लियो|| Nepal Times
Apr 02, 2026
Playing
आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै|| Nepal Times
Apr 02, 2026
Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026
Playing
ओली र लेखकको हिरासत म्याद आज सकिदै, भदौ २४ को घटनामा हालसम्म कति मुद्दा दर्ता? || Nepal Times
Apr 01, 2026
Playing
ओलीलाई आफ्नै बोलीले ब्याक फायर|| Nepal Times
Apr 01, 2026
Playing
पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै || Nepal Times
Apr 01, 2026
Playing
Top 15 Afternoon News || April-01-2026 || Nepal Times
Apr 01, 2026
Playing
दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन || Nepal Times
Apr 01, 2026
Playing
इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको ठहर|| Nepal Times
Apr 01, 2026
Playing
कंगो ५२, टर्की २४ र चेक गणतन्त्र २० वर्षपछि विश्व कपमा || Nepal Times
Apr 01, 2026
Playing
सङ्घीय संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज|| Nepal Times
Apr 01, 2026

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

१९ चैत्र २०८२

१९ चैत , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध आफूले जितिसकेको दाबीका बीच पश्चिम एसियामा अझै तनाव जारी छ । यसबीच इरानले बहराइनमा रहेको अमेजनको सबैभन्दा ठूलो टेलिकम कम्पनी ‘बटेलको’को मुख्यालयमा ड्रोन र मिसाइलद्वारा हमला गरेको छ । झट्ट हेर्दा यो हमला कुनै टेलिकम कम्पनीमाथि भएको जस्तो देखिए पनि यसको भित्री कथा निकै डरलाग्दो छ ।

Advertisement

सोही भवनबाट विश्वको सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ कम्पनी ‘अमेजन वेब सर्भिसेज’को पूरा प्रणाली सञ्चालन भइरहेको थियो । इरानले प्रत्यक्ष रूपमा कुनै अमेरिकी प्रविधि कम्पनीको भौतिक पूर्वाधार र डाटा सेन्टरलाई निसाना बनाएको इतिहासमा यो पहिलो पटक भएको बताइएको छ ।

यस हमलापछि बहराइन र त्यस वरपरका देशहरूमा अस्तव्यस्तको वातावरण सिर्जना भएको छ । अमेजनको सर्भर डाउन भएका कारण धेरै ठूला कर्पोरेट नेटवर्क, स्थानीय बैंकिङ प्रणाली र एयरलाइन रिजर्भेसन प्रणाली अचानक ठप्प भएका छन् । बहराइनको गृह मन्त्रालयले यो घटनाको पुष्टि गर्दै देशको ‘सिभिल डिफेन्स’ टोलीहरू घटनास्थलमा आगो निभाउने कार्यमा जुटेको जानकारी दिएको छ ।

यद्यपि, सुरक्षाका कारण सरकारले हालसम्म कम्पनीको नाम, यसबाट भएको क्षति वा हताहत भएको विषयमा आधिकारिक रूपमा खुलासा गरेको छैन । हालै इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी)ले अमेरिका र इजरायलसँग जारी युद्धका बीच अब अमेरिकी टेक कम्पनीहरूलाई निसाना बनाउने खुला चेतावनी दिएको थियो ।

इरानले यस क्षेत्रमा काम गरिरहेका ती सबै कम्पनीहरूलाई निसाना बनाउन सक्ने बताएको थियो जसको सम्बन्ध अमेरिकासँग छ । इरानले विशेष गरी माइक्रोसफ्ट, गुगल र एप्पल जस्ता कम्पनीहरूको नाम लिएर उनीहरूलाई सचेत गराएको थियो । यता पश्चिम एसिया संकटपछि अमेजन सक्रिय मोडमा आएको छ ।

कम्पनीले गत हप्ता मात्रै आफ्नो क्लाउड ट्राफिकलाई अन्य सुरक्षित देशका डाटा सेन्टरहरूमा स्थानान्तरण गरिरहेको बताएको थियो । अमेजनको क्लाउड विङ ‘अमेजन वेब सर्भिसेज’ले यो युद्धका कारण बहराइनमा आफ्ना कार्यहरू नराम्ररी प्रभावित भएको स्वीकार गरेको छ ।

यद्यपि, यस हमलाले भविष्यको युद्ध अब जमिनको सीमामा मात्र सीमित छैन, बरु डिजिटल संसार पनि यसको प्रत्यक्ष चपेटामा भन्ने साबित गरिदिएको विश्लेषण गरिएको छ । यता विश्व बजारमा कच्चा तेलको भाउ बिहीबार फेरि बढेको छ । डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अझ केही हप्ता जारी राख्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र प्रतिक्रिया देखिएको छ ।

उनको सम्बोधन लगत्तै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको हो । कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ ६ प्रतिशत भन्दा धेरैले बढेको छ । नेपाली समयअनुसार बिहान १०ः ४० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७ प्रतिशतले बढेर १०७ डलर १९ सेन्टमा पुगेको छ ।

सोही समयमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) पनि ६ दशमलव १० प्रतिशतले बढेर ब्यारेलकै १०५ डलर शून्य ४ सेन्टमा किनबेच भइरहेको थियो । फेब्रुअरी २८ मा इरान युद्ध शुरु भएयता इरानले स्ट्रेट अफ हर्मुज ठप्प प्रायः बनाएको छ । यसका कारण विश्वभर ऊर्जा सङ्कट उत्पन्न भएको छ भने तेल र ग्यासको भाउ पनि बढेका छन् ।

तर बुधबार आफ्नो सम्बोधनमा ट्रम्पले इरानले अमेरिकी माग स्वीकार नगरे विद्युत् उत्पादन केन्द्रहरूमा बम आक्रमण गर्ने चेतावनी समेत दिएका थिए । उनको यस्तो कडा अभिव्यक्तिले ऊर्जा बजारलाई थप अस्थिर बनाएको विश्लेषकहरूको भनाइ छ । आफ्नो भाषणमा ट्रम्पले अमेरिका उक्त स्ट्रेटमाथि निर्भर नरहेको दाबी दोहो¥याएका छन् ।

अमेरिका त्यस मार्गबिना पनि अघि बढ्न सक्ने र त्यसको सुरक्षाको सो मार्ग भएर जुन जुन देशले तेल ल्याउने हो त्यही देशहरूले लिनुपर्ने सङ्केत पनि ट्रम्पले गरेका छन् । यसबिच, ट्रम्पको भाषण लगत्तै बजारको प्रतिक्रिया तुरुन्तै देखिएको छ । अमेरिकी सेयर बजारमा पनि नकारात्मक सङ्केत देखिएको छ । दाउ जोन्स इन्डष्ट्रियल एभरेज र एसएन्डपी ५०० फ्यूचर्स दुवै घटेका छन् । यसबीच ट्रम्पले बिहीबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरेको बताएका छन् ।

उनले इरानको मिसाइल र ड्रोन क्षमता समाप्त भएको र विश्वले यस्तो जित कहिल्यै नदेखेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सेनाले इरानमा ‘अपरेसन एपिक फ्युरी’मार्फत चार हप्तामै युद्धको मैदानमा पूर्ण दबदबा कायम गरेको बताए । ट्रम्पले इरानको नौसेना अब पूर्ण रूपमा नष्ट भइसकेको र उसको सैन्य शक्ति निकै कमजोर भएको दाबी गरे ।

इरानविरुद्ध चलिरहेको सैन्य अभियानको मुख्य उद्देश्य छिट्टै पूरा हुन लागेको उनको भनाइ छ । उनले भने, “अमेरिकाले पूर्ण योजनाका साथ इरानको त्यो शक्ति समाप्त गरिरहेको छ, जसले गर्दा उसले अमेरिकालाई खतरा पु¥याउन सकोस् वा आफ्नो देशबाहिर प्रभाव देखाउन सकोस् ।”

ट्रम्पले चेतावनी दिँदै यदि कुनै सम्झौता नभए अमेरिकाले तेहरानलाई ‘स्टोन एज’ (पाषाण युग)मा पु¥याइदिने बताए । ट्रम्पले इरानमा सत्ता परिवर्तन भइसकेको र नयाँ नेतृत्व पहिलेको तुलनामा कम कट्टर रहेको दाबी गरे । अमेरिकाको निसानामा अझै पनि धेरै महत्त्वपूर्ण स्थानहरू रहेको र आवश्यकता परेमा पावर प्लान्ट र तेल भण्डारहरूलाई पनि निसाना बनाउन सकिने उनले बताए ।

ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र इरानमा ठूलो स्तरमा हमला गरिने बताए । उनले आफ्नो सैन्य लक्ष्य छिट्टै हासिल गर्ने दाबी गर्दै अमेरिका आफ्ना सबै उद्देश्यहरू पूरा गर्ने नजिक रहेको र आगामी हप्ताहरूमा आक्रमणहरू अझ तीव्र पारिने बताए । उनले दाबी गरे, “इरानको नौसेना, वायुसेना र मिसाइल बनाउने क्षमता नष्ट गरिएको छ । आज राति म यो भन्न पाउँदा खुसी छु कि हाम्रा मुख्य रणनीतिक लक्ष्यहरू अब लगभग पूरा भइसकेका छन् । इरानमा हामी ‘मिसन समाप्त गर्ने’ नजिक छौँ । यद्यपि, यो काम पूरा हुन दुईदेखि तीन हप्ता लाग्न सक्छ ।”

सम्बोधनका क्रममा ट्रम्पले इरानमाथि जनवरीमा भएको विरोध प्रदर्शनका क्रममा ४५ हजार मानिस मारिएको दाबी गरे । यसअघि फेब्रुअरी २८ मा उनले यो संख्या करिब ३२ हजार बताएका थिए । यद्यपि, यो दाबीको समर्थनमा कुनै ठोस प्रमाण भने देखिएको छैन । ट्रम्पले सहयोगी देशहरूको आलोचना गर्दै उनीहरूले इरानविरुद्धको यस युद्धमा भाग नलिएको बताए ।

होर्मुज जलडमरूमध्य पुनः खोल्ने जिम्मेवारी अब ती देशहरूले नै लिनुपर्ने उनको भनाइ छ । अमेरिका आफ्नो तेल आवश्यकताका लागि यो मार्गमा निर्भर नरहेकोले यसलाई खोल्ने जिम्मेवारी नलिने उनले स्पष्ट पारे । ट्रम्पले आफ्ना सहयोगी देशहरू (विशेषगरी इजरायल र खाडी देशहरू)लाई धन्यवाद दिए ।

उनले भने, “उनीहरूले राम्रो साथ दिएका छन्, र हामी उनीहरूलाई कुनै पनि हालतमा नोक्सान हुन दिनेछैनौँ ।” ट्रम्पले अगाडि थपे, “इरानले यी देशहरूमा धेरै पटक हमला गरिसकेको छ, त्यसैले इरानसँग कहिल्यै पनि परमाणु हतियार हुनुहुँदैन ।” ट्रम्पले आफ्नो राजनीतिक करियरको सुरुआतदेखि नै इरानलाई परमाणु हतियार हासिल गर्न नदिने कसम खाएको बताए ।

“यदि यस्ता आतंकवादीहरूले परमाणु हतियार पाएका भए यो ठूलो खतरा हुने थियो । विश्वकै सबैभन्दा हिंसक र दबंग सरकारले परमाणु सुरक्षाको आडमा आतंक, कब्जा र सामूहिक हत्या जस्ता अभियान चलाउन सक्थ्यो,” उनले भने । यो समस्या ४७ वर्षदेखि चलिरहेको र यसलाई धेरै पहिले नै सम्हाल्नुपर्ने उनको तर्क थियो ।

ट्रम्पले आफ्नो कडा नीतिका कारण मिडिल इस्ट र इजरायल विनाशबाट जोगिएको बताए । पूर्वराष्ट्रपति बराक ओबामाको समयमा भएको २०१५ को परमाणु सम्झौता जारी रहेको भए इरानसँग पहिले नै परमाणु हतियारको भण्डार हुने र उसले त्यसको प्रयोग गरिसक्ने ट्रम्पको दाबी गरे ।

ट्रम्पले जनवरीमा भेनेजुएलामा भएको अपरेसनको पनि प्रशंसा गरे जसमा निकोलस मादुरोलाई हटाइएको थियो । उनले भेनेजुएलासँग अहिले राम्रो साझेदारी भइरहेको बताए । सम्बोधनको सुरुआतमा उनले नासाको आर्टेमिस–२ को सफल लन्चिङका लागि टोली र अन्तरिक्ष यात्रीहरूको प्रशंसा गरेका थिए । ट्रम्पले ह्वाइट हाउसको ‘क्रस हल’बाट यो सम्बोधन दिएका थिए ।

Advertisement

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

सम्बन्धित खबरहरु

Scroll to Top