×

NEPAL TIMES UPDATES

Playing
बादलले एमाले भित्र आगो लगाए,आजै वार कि पार, महेश बस्नेत खुशी|| Nepal Times
Apr 03, 2026
Playing
हिजोका रवि र आजका रवि || NepalTimes
Apr 03, 2026
Playing
इरान यु द्धले इन्धनको हाहाकार, विश्वभर असर, अमेरिकी थला परे|| Nepal Times
Apr 03, 2026
Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026
Playing
अस्पतालको बेडमै ओलीसँग बयान, १० दिन माग्दा अदालतले २ दिन दियो || Nepal Times
Apr 02, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-19-2082 || Nepal Times
Apr 02, 2026
Playing
ज्या न मुद्दामा राष्ट्रपतिको माफी सदर गर्नुपर्ने रिगलको माग सर्वोच्चले मानेन || Nepal Times
Apr 02, 2026
Playing
हप्तौदेखि संसद बैठक मागिरहेका हर्कले पहिलो बैठकमा के भने ? || Nepal Times
Apr 02, 2026

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

२० चैत्र २०८२

२० चैत , काठमाण्डौ ।

एक महिना लामो युद्धमा पनि इरानले घुँडा नटेकेपछि अमेरिका दबाबमा परेको छ । इरानविरुद्ध अमेरिकाले आफ्नो लक्ष्य पुरा गरिसकेको र इरानी आकाश आफ्नो नियन्त्रणमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार दाबी गरिरहेपनि अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको निष्कर्ष निकालेको छ ।

Advertisement

सीएनएनको विशेष रिपोर्टअनुसार, जारी द्वन्द्व र आक्रमणका बाबजुद इरानको मिसाइल प्रणाली पूर्ण रूपमा कमजोर भएको छैन । इरानले अझै पनि मध्यम र दीर्घ दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता सुरक्षित राखेको अमेरिकी मूल्यांकनले देखाएको छ । केही सैन्य संरचना क्षतिग्रस्त भए पनि प्रमुख प्रक्षेपण प्रणाली र भण्डारण संरचना अझै सक्रिय अवस्थामा रहेको बताइएको छ ।

यसले गर्दा इरानसँगको युद्ध अझ लम्ब्याउने कि पछि हट्ने भन्ने दोधारमा अमेरिका छ । अमेरिका र इजरायलका आक्रमणले इरानका केही सैन्य पूर्वाधारमा क्षति पु¥याए पनि समग्र क्षेप्यास्त्र क्षमता समाप्त नभएको निष्कर्ष निकालिएको छ । इरानले मोबाइल लन्चर, भूमिगत संरचना र विकेन्द्रित प्रणाली प्रयोग गर्दै आफ्नो क्षमता जोगाइरहेको छ ।

इरानको यो क्षमता कायम रहनुले मध्यपूर्वमा थप तनाव बढाउने विश्लेषण गरिएको छ । विशेषगरी अमेरिकी सैनिक अड्डा र सहयोगी राष्ट्रहरू इरानी क्षेप्यास्त्रको दायराभित्र पर्ने भएकाले सुरक्षा चुनौती यथावत रहेको बताइएको छ। विश्लेषकहरूका अनुसार इरानको मिसाइल क्षमता यथावत रहनुले युद्ध अन्त्यका कूटनीतिक प्रयासहरू थप जटिल बन्न सक्छन् ।

हालसम्म इरानले आफ्नो सैन्य क्षमताबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर, अमेरिकी गुप्तचर निकायको यो मूल्यांकनले युद्धको दिशा र रणनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। इरानविरुद्धको युद्धमा अमेरिकाको ठुलो खर्च भएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार युद्ध सुरु भएको ६ दिनपछि नै पेन्टागनले अमेरिकी सांसदहरूलाई युद्धमा ११.३ अर्ब डलर खर्च भइसकेको जानकारी गराएको थियो।

रिपोर्टअनुसार युद्धमा सयौँ टोमाहक मिसाइल प्रयोग गरिएका छन् र जसको मूल्य प्रतिगोटा झन्डै लगभग ३।५ मिलियन डलर ९लगभग ३२ करोड० थियो। यसैबिच अमेरिकी अधिकारीहरूले इरानको कमजोर प्रतिरक्षा प्रणालीका कारण अहिले भने युद्ध खर्च घटेको दाबी गरेका छन्। तर विज्ञहरूले जारी द्वन्द्वमा अझै पनि हरेक झन्डै ३८५ मिलियन डलर ९झन्डै ३५ अर्ब खर्च भइरहेको अनुमान गरेका छन्।

यसैबिच अमेरिकाको रक्षा विभागले हाल इरानबाट हुने ड्रोन र मिसाइल आक्रमण ९० प्रतिशत घटेको दाबी गरेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार÷अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ। रोयटर्सका अनुसार यो जानकारी विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित छ। सबैभन्दा बढी मानिस इरानमा मारिएका छन्। अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।

यस्तै लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्। छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ।

तीनै जना सैनिक इन्डोनेसियाली थिए। इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान–समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका–समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्। इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ।

आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्। इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ।

साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो। अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।

संयुक्त अरब इमिरेट्स ९यूएई० मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्। यता युद्धका बीच अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले देशका सेना प्रमुख ९आर्मी चिफ अफ स्टाफ० ¥यान्डी जर्जलाई पदबाट बर्खास्त गरेका छन् ।

अमेरिका–इरान युद्धका बीचमा अमेरिकी सेनाका चिफ अफ स्टाफ, जर्ज पदमुक्त भएका हुन् ।अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलमार्फत एक विज्ञप्ति जारी गर्दै सेनाका चिफ अफ स्टाफ, जनरल ¥यान्डी जर्जले आफ्नो पदबाट राजीनामा दिने र तुरुन्तै अवकाश लिने जानकारी दिएको छ ।

पार्नेलले भने, “रक्षा मन्त्रालय जनरल जर्जले हाम्रो राष्ट्रका लागि दशकौँसम्म गर्नुभएको सेवाप्रति कृतज्ञ छ । हामी उहाँको सेवानिवृत्त जीवनको सफलताको कामना गर्दछौँ ।” जर्जले सन् २०२३ मा सिनेटबाट अनुमोदन भएपछि यो जिम्मेवारी सम्हालेका थिए । उनलाई पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनले यस पदका लागि मनोनयन गरेका थिए ।

सामान्यतया सेनाको चिफ अफ स्टाफको कार्यकाल चार वर्षको हुन्छ, जसअनुसार जर्ज सन् २०२७ सम्म यस पदमा रहनुपर्ने थियो । वेस्ट पोइन्टबाट स्नातक गरेका जर्ज एक करियर इन्फन्ट्री अफिसर थिए । उनले पहिलो खाडी युद्ध तथा इराक र अफगानिस्तानका द्वन्द्वहरूमा सेवा गरेका थिए । यसअघि उनले २०२१–२०२२ सम्म रक्षा सचिव लोयड अस्टिनका वरिष्ठ सैन्य सहायकको रूपमा पनि काम गरेका थिए

पिट हेगसेथले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन् । गायक तथा डोनाल्ड ट्रम्पका समर्थक किड रकको घरमाथिबाट हेलिकोप्टर उडाउने पाइलटहरूमाथि सेनाले अनुसन्धान सुरु गरेपछि जर्जलाई हटाइएको उल्लेख गरिएको छ ।

हेगसेथले उक्त अनुसन्धानको निर्णयलाई उल्टाइदिएका थिए । यद्यपि, सीबीएस न्युजको प्रारम्भिक रिपोर्टअनुसार जर्जको बहिर्गमन सो अनुसन्धानसँग प्रत्यक्ष सम्बन्धित नभएको बताइएको छ । जर्जको पदमुक्तिले पेन्टागन नेतृत्व र सेनाका वरिष्ठ अधिकारीहरूबीच चलिरहेको टकरावलाई झल्काउने विश्लेषण गरिएको छ ।

पेन्टागनभित्र भइरहेको यो उथलपुथल र उच्च अधिकारीहरूको निरन्तर बहिर्गमनका कारण हेगसेथको आलोचना बढिरहेको छ । सेना राजनीतिबाट टाढा र योग्यता–आधारित हुनुपर्ने मान्यता रहे पनि वर्तमान परिस्थितिमा यो सिद्धान्त जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

यसअघि पेन्टागन ९रक्षा विभाग० का मुख्य प्रवक्ता सन पार्नेलले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा ‘जर्ज अमेरिकी सेनाको ४१औँ चिफ अफ स्टाफ पदबाट तुरुन्तै अवकाश लिँदै छन्’ लेखिएको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार अब सेनाका उपप्रमुख जनरल क्रिस्टोफर लानेभले कार्यवाहक सेना प्रमुखका रूपमा काम गर्नेछन्।

पार्नेलले भनेका छन्, ‘उनी दशकौँको अपरेसन अनुभव भएका युद्ध–परीक्षित नेता हुन्।’ पार्नेलले रक्षामन्त्री हेगसेथले यसलाई कार्यान्वयन गर्ने विश्वास पनि व्यक्त गरेका छन्। अमेरिकामा सेना प्रमुखको कार्यकाल सामान्यतया चार वर्षको हुन्छ। ¥यान्डी जर्जले वेस्ट पोइन्ट मिलिटरी एकेडेमीमा पढेका थिए।

उनलाई तत्कालीन राष्ट्रपति जो बाइडेनले २०२३ मा यो पदमा छनोट गरेका थिए। अमेरिकामा हेगसेथ रक्षामन्त्री बनेयता नौसेना अपरेसन प्रमुख र वायुसेनाका उपप्रमुख स्टाफसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारी हटाइएका छन्। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।

हालैका हप्तामा पदबाट हटाइने उनी ट्रम्प प्रशासनकी दोस्रो अधिकारी हुन्। यसअघि मार्चमा क्रिस्टी नोएमलाई होमल्यान्ड सेक्युरिटी प्रमुख पदबाट हटाइएको थियो। ट्रम्पले ट्रुथ सोसलमा पाम बोन्डीको प्रशंसा गर्दै उनी अब निजी क्षेत्रमा नयाँ भूमिकामा सर्ने घोषणा गरेका छन्। अमेरिकामा महान्यायाधिवक्ता राष्ट्रको शीर्ष कानुन प्रवर्तन अधिकारी हुन्।

बोन्डी लामो समयदेखि ट्रम्पका सहयोगी र समर्थक हुन्। न्याय विभागमा बोन्डीको कार्यकाल प्रायः जेफ्री एपस्टिन प्रकरण अनुसन्धानले विवादित रह्यो। उनले निजी क्षेत्रमा आफ्नो नयाँ भूमिकामा ‘राष्ट्रपति ट्रम्प र यस प्रशासनका लागि लडिरहने’ बताएकी छन्। यद्यपि उनले आफ्नो नयाँ भूमिका के हुनेछ भनेर स्पष्ट पारिनन्।

Advertisement

भर्खरको समाचार

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

सम्बन्धित खबरहरु

Scroll to Top