×

NEPAL TIMES UPDATES

Playing
बादलले एमाले भित्र आगो लगाए,आजै वार कि पार, महेश बस्नेत खुशी|| Nepal Times
Apr 03, 2026
Playing
हिजोका रवि र आजका रवि || NepalTimes
Apr 03, 2026
Playing
इरान यु द्धले इन्धनको हाहाकार, विश्वभर असर, अमेरिकी थला परे|| Nepal Times
Apr 03, 2026
Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026
Playing
अस्पतालको बेडमै ओलीसँग बयान, १० दिन माग्दा अदालतले २ दिन दियो || Nepal Times
Apr 02, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-19-2082 || Nepal Times
Apr 02, 2026
Playing
ज्या न मुद्दामा राष्ट्रपतिको माफी सदर गर्नुपर्ने रिगलको माग सर्वोच्चले मानेन || Nepal Times
Apr 02, 2026
Playing
हप्तौदेखि संसद बैठक मागिरहेका हर्कले पहिलो बैठकमा के भने ? || Nepal Times
Apr 02, 2026

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

२० चैत्र २०८२

२० चैत , काठमाण्डौ ।

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

Advertisement

सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २ः३० बजे सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ । बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।

अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन्। सभामुख पदका लागि २२ गते प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्ने र समर्थन गर्ने तालिका छ। अर्याल सभामुख हुने निश्चित छ।

किनकि प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठुलो दल छ। हाल सभामुख नभएकाले बिहीबार प्रतिनिधि सभाको पहिलो बैठक सबैभन्दा ज्येष्ठ सांसद अर्जुन नरसिंह केसीको अध्यक्षतामा गरिएको थियो। सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधान छ।

संविधानअनुसार सभामुख सत्तापक्षको हुँदा उपसभामुख प्रतिपक्षलाई दिनुपर्ने कानुनी प्रावधान छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख कसलाई दिनेबारे छलफल जारी राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका दोस्रो तहका नेताले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपसभामुखबारे छलफल गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच फोन संवादमार्फत् उपसभामुखबारे छलफल भएको पुष्टि सांसदहरूले गरेका छन् । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पनि लामिछानेले उपसभामुखबारे छलफल गरेका थिए। उता राप्रपासँग पनि रास्वपाले छलफल गरिरहेको छ।

राप्रपा संसदीय दलका नेता शाहीले रास्वपाका लागि दुईतिहाइ पु¥याइदिन आफूहरू तयार रहेको बताइसकेका छन् । यी तीनै पार्टीका नेताहरूले आफ्नो पार्टीलाई उपसभामुख दिएमा रास्वपासँग मिलेर जाने योजना बनाएको नेताहरू बताउँछन्। रास्वपा शीर्षस्थ नेताहरूका अनुसार वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा उभ्याउन धेरै नेताले श्रम संस्कृतिलाई उपसभामुख दिनुपर्ने मत जाहेर गरेका छन् ।

यता राजनीति सहमति जुटाउन र राष्ट्रिय सभामा पनि भूमिका देखाउन नेपाली कम्युनिस्ट पार्टीलाई उपसभामुख दिनुपर्ने मत पनि पार्टीमा देखिन्छ । सभापति लामिछाने भने हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई उपसभामुख दिनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री बालेन्द्र शाह अझै पनि यसमा सकारात्मक छैनन् ।

तर बिहीबार प्रधानमन्त्री बालेन्द्र र संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच कुराकानी र भलाकुसारीले उनीहरूबीचको विवाद मिलेको अनुमान छ। हर्कले पनि अब प्रधानमन्त्रीसँग भेट गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन् । उनले आजैदेखि विभागीय मन्त्रीहरुसँगको भेट सुरु गरिसकेका छन् ।

नयाँहरू मिल्ने कुरामा भने श्रम संस्कृतिले उपसभामुख पाउने बलियो सम्भावना रहेको नेताहरू दाबी गर्छन् । उता पाँच सिट रहेको राप्रपा पनि विकल्पमा छ । १८२ सिट रहेको रास्वपासँग राप्रपा मिल्न पुगे १८७ सिट हुन्छ । जुन दुईतिहाइ बहुमतभन्दा माथि हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख नपाउने भएका छन्।

रास्वपाले एमालेलाई उपसभामुख नदिने भएको छ। कांग्रेस पनि प्रमुख प्रतिपक्षी दल भएकाले उपसभामुख पद उसलाई नदिने निर्णय भएको छ। उता राप्रपाको हकमा पनि नीति सिद्धान्त र विचार नमिल्ने कुरा केही नेताले राखेका छन्। रास्वपाले सभामुखमा अर्याललाई पठाएपछि अरू पार्टीले उपसभामुखमा महिला पठाउनुपर्ने हुन्छ।

संविधानले फरक लिङ्गको सभामुख र उपसभामुख हुनुपर्ने कानुनी व्यवस्था गरेकाले उपसभामुखमा महिला आउनुपर्ने अवस्था छ। श्रम संस्कृति पार्टीमा समानुपातिकबाट निर्वाचित तीन महिला सांसद छन्। श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट झापाकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) लाई पठाएको छ।

रुबी कुमारी र राधिकाको सम्भावना प्रबल देखिन्छ । पार्टी अध्यक्ष साम्पाङ र नेताहरूले यी दुईमध्ये एकजनालाई उपसभामुख बनाउने विषयमा छलफल गरेको बताइन्छ। तर श्रम संस्कृतिका धेरै नेता पात्रबारे छलफल नभएको बताउँछन्। यदि कुरा मिले उपसभामुख लिएर जाने पक्षमा नेताहरू छन् ।

यता नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पाएमा बलावती शर्मालाई अगाडि सार्दैछ । शर्माले राजनीतिशास्त्रबाट स्नातकोत्तर सकेकी छन् । उनले एलएलबीसमेत गरेकी छन्। जनयुद्ध लडेकी शर्मा २०४६ सालमै अनेरासयव्यु छैटौँमा आबद्ध भएकी नेतृ हुन् ।

Advertisement

तत्कालीन माओवादी सचिव देवेन्द्र पौडेलकी श्रीमती उनलाई उपसभामुख बनाउने विषयमा प्रचण्ड लगभग तयार भएको नेताहरू बताउँछन्। शर्मा २०६३ सालमा अन्तरिम व्यवस्थापिकाकी सांसद थिइन् । यद्यपि रास्वपाले निर्णय लिन भने बाँकी छ।

भर्खरको समाचार

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

सम्बन्धित खबरहरु

Scroll to Top