उद्योगीपछि प्रधानमन्त्रीको आज निर्माण व्यवसायीसँग छलफल

२४ असार ८३, बिहीबार

२५ असार, काठमाण्डौ ।

फागुन २१ को चुनावअघि रास्वपाको धनगढीमा आयोजित चुनावी सभामा बालेन्द्र शाहको निर्माण व्यवसायी लक्षित एउटा भनाइले निर्माण व्यवसायीसंगै सिंगो देशलाई नै तरंगित बनाइदिएको छ । उनको सो अभिब्यक्तिमा निर्माण व्यवसायीहरुले आपत्ति जनाएका थिए भने, अन्य दलका नेताहरुले कडा प्रतिक्रिया दिएका थिए ।

एक किसिमले सो बेला सिंगो चुनावी भाषणहरु नै बालेनको सोही अभिब्यक्तिको वरिपरी केन्द्रित बनेका थिए । सो बेला बालेनले निर्माण व्यवसायी लक्षित अभिव्यक्ति दिँदै २ वर्षमा बन्ने बाटो बन्न २० वर्ष लागेको भन्दै अब ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ’ बाटो बन्नुप¥यो भन्ने अभिव्यक्ति दिएका थिए ।

Advertisement

उनको यस्तो अभिव्यक्तिपछि निर्माण व्यवसायी रिसाएको थियो, आपत्ति जनाएको थियो र सरकारसंग दूरीसमेत बढाएको जस्तै भान हुन्थ्यो । तर अब तिनै रिसाएका निर्माण व्यवसायीहरुसंग प्रधानमन्त्री बालेन्द्र शाहले आज छलफल गरेका छन् ।

निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गरेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।

Advertisement

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो । छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी भए ।

छलफल सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । यसअघि हिजो प्रधानमन्त्रीले पहिलोपटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गरेका थिए ।

उनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गरेका हुन् । सरकार गठन भएको तीन महिनामा भएको भेटघाटलाई रास्वपा सांसदसमेत रहेकी व्यवसायी विदुषी राणाले मध्यस्थकर्ता गरेकी थिइन् ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।

यो छलफल झन्डै डेढ घण्टा चलेको थियो । लामो समयदेखि अर्थतन्त्र शिथिल अवस्थामा रहेको अवस्थामा प्रधानमन्त्रीले उद्योगी–व्यवसायीसँग वार्ता गर्नुलाई सकारात्मक रूपमा लिइएको छ । यस उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवद्र्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबिचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीति–निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा छलफल भएको सहभागी एक व्यवसायीले बताए । छलफलमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार भएको बताए । उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्री शाहको भनाइ छ ।

प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवद्र्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवाप्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबिच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिएका थिए ।

प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताए । उनले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे ।

चेम्बरका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीसँगको भेटवार्तापछि निजी क्षेत्रमा आशा जागेको बताए । ‘यो प्रधानमन्त्रीसँगको निजी क्षेत्रको फहिलो अन्तत्र्रिया हो । अर्थतन्त्र पहिलेदेखि नै शिथिल अवस्थामा थियो । अहिले पनि शिथिल अवस्थामै छ ।  निजी क्षेत्रको मनोबल पनि खस्किएको अवस्था हो,’ उनले भने, ‘त्यस अवस्थामा बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्ता र त्यसमा भएको छलफलले निजी क्षेत्रलाई आशा जगाएको छ ।’ सरकारलाई विज्ञले जसरी सैद्धान्तिकभन्दा पनि उद्यमीको रूपमा व्यावहारिक सुझाव दिएको उनको भनाइ छ ।

अग्रवालका अनुसार प्रधानमन्त्रीले निजी क्षेत्रको भनाइलाई सकारात्मक रूपमा लिएका छन् । ‘छलफलमा हामीले राखेको कुरालाई प्रधानमन्त्रीज्यूले सकारात्मक रूपमा लिँदै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने ।

छलफलमा प्रधानमन्त्री शाहले अर्थतन्त्रमा देखिएका समस्याका समाधान के–के हुन्छन् भनेर सुझावसमेत मागेका थिए । यस्तै, पछिल्लो समय व्यवसायीमाथि भएको धरपकड, मर्यादित व्यावसायिक वातावरण, भौतिक सुरक्षाको प्रत्याभूति र सम्पत्ति शुद्धीकरणको विषयमा पनि छलफल भएको थियो ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ आउनुभन्दा अघिको हकमा पुख्र्यौली सम्पत्तिको प्रमाण छैन । त्यस समस्यालाई समाधान गर्ने विषयमा पनि छलफल भएको थियो । यस्तै, आर्थिक नीतिको प्रारम्भिक मस्यौदा विज्ञहरूबाट तयार गर्न सुझाव दिएको पनि अध्यक्ष अग्रवालले बताए ।

‘कोरोनापछि सरकारले ल्याएको संकुचित नीतिले निजी क्षेत्रले ठुलो क्षति व्यहोर्नुप¥यो । तसर्थ, अब आर्थिक नीति ल्याउँदा पहिला त्यसको प्रभावबारे पनि मूल्यांकन गर्नुपर्छ भनेका छौँ । त्यसको प्रारम्भिक मस्यौदा विज्ञहरूबाट बनाउन भनिएको छ,’ उनले भने, ‘यसैगरी, पुँजीगत खर्च बढाउने संरचनागत सुधार गर्न भनेका छौँ । सरकारले गर्ने पुँजीगत खर्चले चार गुणा बढी अर्थतन्त्र चलायमान बनाउँछ, तसर्थ यसमा जोड दिन भनेका छौँ ।’

प्रधानमन्त्रीसँगको निजी क्षेत्रको फहिलो अन्तत्र्रिया हो । अर्थतन्त्र पहिलेदेखि नै शिथिल अवस्थामा थियो । अहिले पनि शिथिल अवस्थामै छ । निजी क्षेत्रको मनोबल पनि खस्किएको अवस्था हो । त्यस अवस्थामा बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्ता र त्यसमा भएको छलफलले निजी क्षेत्रलाई आशा जगाएको छ ।

छलफलमा हामीले राखेको कुरालाई प्रधानमन्त्रीज्यूले सकारात्मक रूपमा लिँदै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसले निजी क्षेत्र उत्साहित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top