सञ्चारकर्मी सहकारीद्वारा नेपाल टाइम्सकी रस्मितासहित चार पत्रकार पुरस्कृत हुँदै

२४ असार ८३, बिहीबार

२५ असार, काठमाण्डौ ।

सञ्चारकर्मी सहकारीद्वारा नेपाल टाइम्सकी रस्मितासहित चार पत्रकार पुरस्कृत हुँदै

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा यसवर्ष नेपाल टाइम्सकी रस्मिता उदाससहित चारजना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ।

Advertisement

सहकारीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुरस्कार दातासहितको परामर्श र पुरस्कार छनोट समितिको सिफारिसका आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो।

सहकारी संस्थाले यस वर्षको दमीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार नेपाल टाइम्स अनलाइन टेलिभिजनकी पत्रकार रस्मिता उदासलाई प्रदान गर्ने निर्णय गरेको छ।

Advertisement

यस्तै मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका संवाददाता पदम सरदारलाई तथा तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय भएको छ।

संस्थाका अध्यक्ष दाहालका अनुशार यस वर्षको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार भने रातोपाटी डटकमका विराटनगर संवाददाता अर्जुन आचार्यलाई प्रदान गरिने भएको छ।

यी पुरस्कारहरुको राशि क्रमश १० हजार, २१ हजार, ५१ हजार र ५० हजार रहेको छ ।

यी घोषित पुरस्कारहरू आगामी शनिबार दिउँसो नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा आयोजना हुने एक विशेष समारोहका बीच समर्पण गरिने सहकारीले जनाएको छ।

संस्थाका अध्यक्ष दीपक दाहालका अनुसार हरेक वर्ष असार २७ गते मनाइने स्थापना दिवसको अवसर पारेर यी पुरस्कारहरू प्रदान गरिँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top