×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

२९ चैत्र २०८२

२९ चैत, काठमाण्डौ।

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे । आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् ।

Advertisement
Advertisement

उनी ९२ वर्षकी थिइन् । ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन् । पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन् ।

सन् १९४३ मा मराठी फिल्मबाट पाश्र्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ’चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन् । आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत रहेको छ । सन् २०११ मा गिनीज बुक अफ वल्र्ड रेकड्र्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो ।

उनले २० भन्दा बढी भारतीय र नेपालीसहितका विदेशी भाषाहरूमा १२ हजार भन्दा बढी गीत गाएकी छिन्। ’दम मारो दम’, ’चुरा लिया है तुमने जो दिल को’ र ’पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । उनले स्वर दिएका ’यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ’गैरीखेतको शिरै हान्यो’, ’मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली हिट कालजयी छन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् । सन् २०२३ मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा आशा भोसलेले समकालीन संगीतबारे आफ्ना विचार व्यक्त गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘साँचो भन्नुपर्दा म आजकालका गीतहरू सुन्दै सुन्दिनँ । यदि गीत सुन्नैपर्छ भने म भिमसेन जोशीका गीत, शास्त्रीय संगीत र गजल सुन्छु । त्यसबाट सिक्ने मौका मिल्छ र आफ्नै गायनलाई अझ राम्रो बनाउने अभ्यास पनि हुन्छ । यसले मेरो गायन क्षमता झन् निखारिन्छ र म अझ राम्रोसँग गाउन सक्छु ।’

उनले अहिलेका गीतबारे थप्दै भनेकी थिइन्, ‘आजकल उत्कृष्ट शब्द भएका गीतहरू कमै पाइन्छन् जस्तो लाग्छ । कहिलेकाहीँ सुन्छु र केही राम्रो गीत पनि भेटिन्छन्, जस्तै राहत फतेह अली खान र सुनिधि चौहानका । तर म धेरैजसो संगीत सुन्दिनँ । यदि सुन्नै परे भने पुराना गीतहरू नै सुन्छु ।’

गायन क्षेत्रमा चम्किएपनि उनको नीजि जीवन भने सुखद रहेन । विवाहपछि आशा भोसलेले धेरै कठिनाइहरूको सामना गर्नुप¥यो र उनी घरेलु हिंसाको सिकारसमेत भइन् । उनी जीवनबाट यति निराश भइन् कि आफूलाई समाप्त गर्न चाहन्थिन् । सन् १९६० मा उनी पहिलो पतिसँग अलग भइन् ।

जब आशा भोसलेको पहिलो विवाह टुट्यो, उनी आफ्ना तीन सन्तान (हेमन्त, वर्षा र आनन्द) सँग परिवारमा फर्किइन्, तब बिस्तारै दूरी कम हुन थाल्यो । आशा भोसलेले दोस्रो विवाह संगीतकार आरडी बर्मनसँग गरिन्। दुवैको पहिलो भेट १९५६ मा भएको थियो। उनीहरूको गहिरो मित्रता र संगीत यात्रा फिल्म ‘तीसरी मञ्जिल’ (१९६६) को समयमा सुरु भयो।

लगातार काम गर्दै जाँदा उनीहरूको मित्रता बिस्तारै प्रेममा बदलिन थाल्यो । आशा भोसले र आरडी बर्मन (पञ्चम दा) को आफ्नै सन्तान थिएनन्। आरडी बर्मनले एक दिन मौका पाएर आशासमक्ष विवाहको प्रस्ताव राखे । आशाले तुरुन्तै स्वीकार गरिन्, तर बर्मनकी आमाले विवाह अस्वीकार गरिन् ।

उनले बर्मनलाई भनिन्, यदि यो विवाह भयो भने मेरो लाशमाथि मात्र हुनेछ । बर्मनकी आमाले अस्वीकार गर्नुको कारण आशा उनीभन्दा ६ वर्ष जेठी थिइन् र तीन सन्तानकी आमा थिइन् । त्यसपछि बर्मनले चुपचाप आमाको कुरा माने। तर जब बर्मनका पिता एसडी बर्मनको निधन भयो, आमाको मानसिक अवस्था बिग्रियो ।

आमाको अवस्था सुधारका लागि बर्मनले १९८० मा आशा भोसलेसँग विवाह गरे । साउन्ड रेकर्डिस्टले आवाज खराब भनेका थिए । आशा भोसलेले ५० देखि ९० को दशकसम्म ओपी नैयर, आरडी बर्मन, खय्याम र बप्पी लहरीजस्ता धेरै संगीतकारसँग काम गरिन्। धेरै सदाबहार गीत गाइन्।

तर एक समय यस्तो पनि आयो जब यही आवाजलाई खराब भन्दै उनलाई रेकर्डिङ स्टुडियोबाट फर्काइएको थियो । आरजे अनमोलसँगको कुराकानीमा आशा भोसलेले खराब आवाज भन्दै उनलाई र किशोर कुमारलाई रेकर्डिङ स्टुडियोबाट बाहिर जान भनिएको बताएकी थिइन् ।

Advertisement

उनले सन् १९४७ मा उनी किशोर कुमारसँग जे.बी. रूंगटा को प्रसिद्ध स्टुडियोमा राज कपूर र नरगिस अभिनीत फिल्म ‘जान पहचान’ का लागि गीत रेकर्ड गर्न गएकी बताएकी थिइन्। यस फिल्मका संगीत निर्देशक खेमचन्द प्रकाश थिए।’ उनै आशा भोस्लेको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ ।

भर्खरको समाचार

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

सम्बन्धित खबरहरु

Scroll to Top