विराटनगर : धनपालनाथ गाउँपालिका वडा नं ६ कदमाहावासीले गाउँमा आतंक मच्चाउने बनिया राँगो नियन्त्रण गर्न माग गरेका छन् । स्थानीय माहिर हुसेन सहित १३६ जनाले गाउँमा आतंक मच्चाउने राँगो नियन्त्रणको माग गर्दै ६ वडा कार्यालयमा निवेदन दिएका छन् ।
बनिया राँगोले पाँचवटा घरपालुवा राँगालाई आक्रमण गरि मारेको र स्थानीय मानिसहरुलाई समेत घाईते बनाएको स्थानीयबासीको उजुरीमा उल्लेख छ ।
डेढ वर्षदेखि गाउँमा आतंक मच्चाउँदै आएको राँगो नियन्त्रणका लागि पटक पटक गरेको आग्रहलाई वडा कार्यालयले बेवास्ता गरेको उनीहरुको आरोप छ ।
धनपालनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुईटेलले पशुपाविधिकको सहयोगमा सो राँगोलाई नियन्त्रणमा लिने तयारी भैरहेको बताए ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।