विराटनगर : मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई मोेरङ प्रहरीले बुधबारदेखि लिखित परीक्षा लिन थालेको छ ।
मंगलबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मध्ये मोटरसाईकल ७४, ट्रक दुई, ट्याक्टर चार, टेम्पो पाँच र सिटीसफारी तीन गरी ८८ वटा सवारी साधनका चालकलाई २४ घण्टे पुर्जी दिईएको थियो ।
मंगलबार ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिई परीक्षाको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाईएका मध्ये ३० जना लिखित परीक्षामा सहभागी भएका छन् ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
अनुर्तीण भएकाहरुलाई पुन :परीक्षामा सम्मिलित गराई उतीर्ण भएपश्चात ट्राफिक नियमसम्बन्धी जानकारील गराई आवश्यक कारबाहीको लागि सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा पठाईएको बताईएको छ ।