दिल्लीपछि पटनामा ककरोचको बबाल, अश्रुग्यास र पानीको फोहरा प्रहार

६ साउन , काठमाण्डौ ।

दिल्लीमा ककरोच पार्टीको अगुवाइमा अनसन जारी रहदा आन्दोलनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा ’अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। यस प्रदर्शनमा अन्य विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू पनि सहभागी रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानस्थित गेट नम्बर १० बाट सुरू भई राजभवनतर्फ अघि बढेको थियो। तर गान्धी मैदान नजिकैको जेपी गोलम्बरमा प्रहरीले उनीहरूलाई रोकेका थिए। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले वाटर क्यानन (पानीको फोहोरा) र अश्रुग्यास प्रहार गरेका छन्।

Advertisement

बिबिसीका अनुसार प्रहरीका तर्फबाट अश्रुग्यासका दुईवटा गोला प्रहार गरिएको छ। त्यस क्रममा प्रदर्शनकारीका तर्फबाट पनि प्रहरीमाथि ढुंगामुढा गरिएको आरोप छ। प्रहरीको कारबाहीका बाबजुद प्रदर्शनकारी विद्यार्थीहरू जेपी गोलम्बरमा रोकिएनन् र अघि बढ्दै डाक बंगला चौराहासम्म पुगेका छन्।

यस क्रममा विद्यार्थीहरूले ’गोदी मिडिया गो ब्याक’ का नारा निरन्तर लगाइरहेका थिए। प्रदर्शनका क्रममा केही सञ्चारकर्मी घाइते भएको खबर बाहिर आएको छ। पछि केही व्यक्तिहरूको हस्तक्षेपपछि सञ्चारकर्मीहरूलाई भीडबाट सुरक्षित बाहिर निकालिएको थियो।

Advertisement

नयाँ दिल्लीस्थित जन्तर मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी)को नेतृत्वमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध जारी आन्दोलन आज ३३ औं दिनमा प्रवेश गरेको छ । आन्दोलन थप चर्किँदै जाँदा मंगलबार राति पनि हजारौं प्रदर्शनकारीहरूले लगातार तेस्रो रात जन्तर मन्तरमै बसेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

आज दिनभर पनि सरकारविरुद्धको आन्दोलन जारी छ । प्रदर्शनमा सीजेपीका समर्थकसँगै भारतीय कांग्रेसका कार्यकर्ता, विभिन्न नागरिक समाजका प्रतिनिधि तथा जुलाई २० मा संसद् भवनतर्फ गरिएको मार्चका क्रममा प्रहरीको लाठीचार्ज र अश्रुग्यासको सामना गरेका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

आन्दोलनकारीहरूले सरकारमाथि लोकतान्त्रिक अधिकार कुण्ठित गरेको, विपक्षी आवाज दबाउन खोजेको तथा जनचासोका विषयमा बेवास्ता गरेको आरोप लगाइरहेका छन् । सीजेपीका अनुसार संसद् भवनतर्फको मार्चका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरूलाई मंगलबार रिहा गरिएको छ ।

उनीहरूको रिहाइपछि प्रहरी मुख्यालयअगाडि जारी धर्ना कार्यक्रम स्थगित गरिएको भए पनि जन्तर मन्तर केन्द्रित आन्दोलन भने अझै जारी रहनेछ । सीजेपीका संस्थापक अभिजित दीपकेले आन्दोलनको स्वरूप परिवर्तन नहुने स्पष्ट पार्दै अब आफूहरू सरकारसँग वार्ताका लागि सरकारी कार्यालय वा मन्त्रालय नजाने बताएका छन् ।

उनले सरकारले वार्ता गर्न चाहे जन्तर मन्तरमै आएर आन्दोलनकारीसँग संवाद गर्नुपर्ने अडान दोहो¥याएका छन् । यसैबीच, भारतीय सञ्चारमाध्यमहरूका अनुसार केन्द्र सरकार आन्दोलन समाधानका लागि अप्रत्यक्ष रूपमा संवादको प्रयासमा जुटेको संकेत देखिएको छ ।

केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले मंगलबार राति गुरुग्रामस्थित मेदान्ता अस्पताल पुगेर सामाजिक अभियन्ता सोनम वाङचुकसँग भेटवार्ता गरेका छन् । वाङचुक जुन २८ देखि अनशनमा छन् । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि दिल्ली उच्च अदालतको निर्देशनमा उनलाई सफदरजंग अस्पतालबाट मेदान्ता अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

वाङचुकले लामो समयदेखि लोकतान्त्रिक अधिकार, सुशासन र संवैधानिक विषयसँग सम्बन्धित मागहरू उठाउँदै आएका छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर नागरिक समाज र विभिन्न राजनीतिक समूहले पनि चासो व्यक्त गरिरहेका छन् । आन्दोलन थप विस्तार हुने संकेत देखिएपछि केन्द्र सरकारले दिल्लीको सुरक्षा व्यवस्थामा व्यापक कडाइ गरेको छ ।

गृह मन्त्रालयले थप २० कम्पनी केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) दिल्लीमा परिचालन गर्न निर्देशन दिएको छ । सीआरपीएफको एउटा कम्पनीमा करिब १०० सुरक्षाकर्मी रहने भएकाले करिब २,००० अतिरिक्त सुरक्षाकर्मी राजधानीमा तैनाथ गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसका साथै, पश्चिम बंगालको कोलकाताबाट विशेष हवाई उडानमार्फत सुरक्षाकर्मीहरू दिल्ली ल्याउने प्रक्रिया सुरु गरिएको छ । उनीहरूलाई संसद् भवन, संवेदनशील सरकारी कार्यालय तथा आन्दोलन प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थापनमा परिचालन गरिनेछ ।

दिल्ली प्रहरीलाई पनि उच्च सतर्कतामा राखिएको छ भने संवेदनशील क्षेत्रमा निगरानी बढाइएको छ । उता, विपक्षी दलहरूले आन्दोलनप्रति समर्थन जनाउँदै सरकारलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् । उनीहरूले बल प्रयोग गरेर आन्दोलन दबाउने प्रयासले राजनीतिक तनाव झन् बढ्ने चेतावनी दिएका छन् ।

कांग्रेससहितका विपक्षी दलहरूले संसदभित्र र सडक दुवै मोर्चाबाट सरकारमाथि दबाब बढाउने रणनीति अघि सारेका छन् । विद्यार्थी आन्दोलनमाथिको दमन र उनीहरुका माग सम्बोधन गर्न विपक्षीले लोकसभामार्फत सरकारलाई खबरदारी गरेका छन् ।

उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहिएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । वाङचुकले सरकारले शिक्षा प्रणालीको सुधारका लागि ठोस प्रतिबद्धता जनाए वा प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएर सांसदहरूले यी मुद्दा संसदमा उठाउने सुनिश्चित गरेमा मात्र आफ्नो करिब तीन सातादेखिको अनशन अन्त्य गर्ने बताएका छन् ।

ककरोज अभियानका अभियन्ता दीपकेले सरकारभन्दा आफूहरू जिद्धि रहेको धारणा अघि सारेका छन् । प्रदर्शनस्थलबाट सोनाम वाङचुकलाई उठाएर सरकारले गल्ती गरेको उनको भनाइ छ । मोदी सत्तालाई चेतावनी दिँदै उनले भनेका छन्,’’सोनामलाई उठाएर तिमीहरूले गल्ती ग¥यौ । जन्तरमन्तर तिमीहरूकै प्रवृत्तिले भरियो । अब सम्पूर्ण दिल्ली प्रदर्शनकारीले भरिनेछ । तिमीहरू जति जिद्धि छौ, त्यो भन्दा बढी जिद्धि हामी छौँ ।’’

दिल्लीको जन्तरमन्तरमा भएको आन्दोलनलाई सत्तारूढ भारतीय जनता पार्टीले मुलकुलाई खोक्रो बनाउने अभियानको संज्ञा दिएको छ । यो आन्दोलन अब धर्मेन्द्र प्रधानमा मात्रै केन्द्रित छैन । मेडिकल शिक्षाको परीक्षाको प्रश्नपत्र लिक भएपछि यो आन्दोलन शिक्षामन्त्री प्रधानमाथि केन्द्रित थियो ।

अब यो आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदीमा पनि केन्द्रित भएको छ । शिक्षामन्त्रीको फितलो कार्यसम्पादनकाबीच मोदीले उनलाई संरक्षण गरिरहेको भन्दै अब उनकै राजीनामा माग्न थालिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top