मेस्सी विश्वकपकै सर्वोत्कृष्ट खेलाडी घोषित

५ साउन ८३, बुधबार

६ साउन , काठमाण्डौ ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी सन् २०२६ को पुरुष विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। ’इन्टरनेसनल फेडरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्स’ले मेस्सीलाई विश्वकपको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत सम्मान ’आईएफएफएचएस बेस्ट प्लेयर’ प्रदान गरेको हो।

महासंघका अनुसार उत्कृष्ट खेलाडी छनोटका लागि खेलाडीको प्रदर्शन मूल्याङ्कन, गोल, असिस्ट तथा नकआउट चरणमा पारेको प्रभावलाई समेटिएको तथ्याङ्कमा आधारित विशेष ’परफर्मेन्स इन्डेक्स’ प्रयोग गरिएको थियो । २०२६ विश्वकपका सबै खेलाडीको प्रदर्शनको विस्तृत अध्ययनपछि मेस्सीलाई उत्कृष्ट खेलाडीका रूपमा छनोट गरिएको आईएफएफएचएस ले जनाएको छ।

Advertisement

मेस्सीले विश्वकपमा अर्जेन्टिनाका सबै सात खेल खेलेका थिए । उनले कुल ६२६ मिनेट मैदानमा बिताउँदै आठ गोल र चार असिस्ट गरेका थिए । प्रतियोगिताभर उनको प्रत्यक्ष गोल योगदान १२ पुगेको थियो । जसले अर्जेन्टिनाको यात्रामा निर्णायक भूमिका खेलेको थियो । मेस्सी विश्पकपमा गोल्डेन बुटको दौडमा रहेपनि तेस्रो स्थानको खेलमा इङल्याण्डसँग ब्यक्तिगत रुपमा चम्किदा फ्रान्सका किलियन एम्बाप्पेले मेस्सीलाई पछि पारेका थिए ।

आईएफएफएचएसका अनुसार मेस्सीको औसत म्याच रेटिङ ८.३३ रहेको थियो, जुन प्रतियोगिताभर सबैभन्दा उत्कृष्ट प्रदर्शनमध्ये एक हो । महासंघले समूह चरणदेखि नकआउट चरण र फाइनलसम्म निरन्तर उच्चस्तरीय प्रदर्शन गरेका कारण मेस्सी अन्य खेलाडीभन्दा अगाडि रहेको उल्लेख गरेको छ ।

Advertisement

दबाबपूर्ण अवस्थामासमेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता नै उनलाई अन्य खेलाडीभन्दा अलग बनाएको आईएफएफएचएसको भनाइ छ। विशेषगरी नकआउट चरणमा खेलाडीको प्रभावलाई बढी महत्व दिइएको आईएफएफएचएसले जनाएको छ । आईएफएफएचएसले नकआउट चरणको प्रदर्शनलाई विशेष महत्व दिने गरेको छ ।

महासंघका अनुसार अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन मेस्सीको भूमिका निर्णायक रह्यो र सबै मापदण्डमा उनको समग्र प्रदर्शन सूचकाङ्क अन्य खेलाडीभन्दा उच्च देखिएको थियो । आईएफएफएचएसले सन् १९९१ देखि विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र अन्य विधाका प्रतिभालाई सम्मान गर्दै आएको छ ।

विश्व फुटबलमा उत्कृष्ट प्रदर्शनको तथ्याङ्क संकलन, विश्लेषण र सम्मान गर्दै आएको आईएफएफएचएसले मेस्सीलाई प्रदान गरेको यो सम्मान विश्व फुटबलमा उनको उत्कृष्ट योगदानको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
विश्वकपका लागि प्रदान गरिएको IFFHS Best Player  पुरस्कार पहिलो पटक २०२६ संस्करणमा सार्वजनिक रूपमा प्रदान गरिएको नयाँ सम्मान हो।

धेरैले IFFHS को ‘The WorldÚs Best Football Men Player’ वार्षिक अवार्ड र विश्वकपको IFFHS Best Player पुरस्कारलाई एउटै ठान्ने गरेका छन्। तर यी दुई फरक सम्मान हुन्। वार्षिक अवार्डले एक वर्षभर क्लब र राष्ट्रिय टोलीमा गरेको समग्र प्रदर्शनलाई मूल्याङ्कन गर्छ भने विश्वकप संस्करणले केवल विश्वकप प्रतियोगिताको प्रदर्शनलाई आधार बनाउँछ।

IFFHS को वार्षिक ‘विश्वकै उत्कृष्ट पुरुष फुटबलर’ अवार्डका पछिल्ला विजेताहरूमा २०२४ मा स्पेनका रोड्री, २०२३ मा नर्वेका एर्लिङ हालान्ड, २०२२ मा अर्जेन्टिनाका लियोनल मेस्सी तथा २०२१ र २०२० मा पोल्यान्डका रोबर्ट लेवान्डोस्की रहेका छन्। लियोनेल मेस्सी २०२६ विश्वकपको  IFFHS Best Player घोषित भएपछि विश्व फुटबलमा फेरि एकपटक मेस्सी र क्रिष्टियानो रोनाल्डोबीचको महान् प्रतिस्पर्धाको चर्चा चुलिएको छ।

करिब दुई दशकसम्म विश्व फुटबलमा वर्चस्व कायम गरेका यी दुई खेलाडीले केवल व्यक्तिगत कीर्तिमान मात्र बनाएनन्, फुटबलको लोकप्रियतालाई नयाँ उचाइमा पनि पु¥याए। अहिले दुवै खेलाडी आफ्नो करिअरको अन्तिम चरणमा पुगेका बेला उनीहरूको योगदानलाई फेरि स्मरण गर्न थालिएको छ।

३९ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको औपचारिक घोषणा गरेका छैनन्। तर २०२६ विश्वकप नै उनको अन्तिम विश्वकप हुने अनुमान गरिएको छ। उपाधिबाट विमुख भएपनि विश्वकपमा अर्जेन्टिनालाई पुनः सफल बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले आफ्नो करिअरमा अर्को अविस्मरणीय अध्याय थपेका छन्।

विश्वकपमा २०२६ मा इङल्याण्डविरुद्धको जितलाई अर्जेन्टिना भित्र सबैभन्दा उत्साहजनक उपलब्धिका रुपमा हेरिएको छ । यसअघि २०२२ मा विश्वकप जित्दै उनले आफ्नो सबैभन्दा ठूलो सपना पूरा गरेका थिए भने २०२६ मा पनि टोलीका मुख्य खेलाडीका रूपमा प्रभावशाली भूमिका निर्वाह गरे। यता ४१ वर्षीय क्रिष्टियानो रोनाल्डोले पनि राष्ट्रिय टोलीबाट अलग हुने कुनै संकेत दिएका छैनन्।

पोर्चुगलका कप्तान रहेका रोनाल्डो अझै राष्ट्रिय टोलीसँग आबद्ध छन्। उनका पूर्वप्रशिक्षक जोर्ज जेससले २०३० विश्वकपसम्म पोर्चुगलको प्रशिक्षण सम्हाल्ने सम्झौता गरेपछि रोनाल्डोले अर्को विश्वकप खेल्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ। यद्यपि उमेर र शारीरिक अवस्थाका कारण त्यो सम्भावना चुनौतीपूर्ण भने देखिन्छ।

मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा आधुनिक फुटबल इतिहासकै सबैभन्दा चर्चित प्रतिद्वन्द्वितामध्ये एक मानिन्छ। स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका बेला उनीहरूबीचको ‘एल क्लासिको’ केवल क्लब फुटबलको खेल मात्र रहेन, विश्वभरका करोडौं समर्थकका लागि दुई महान् खेलाडीबीचको प्रतिस्पर्धाको प्रतीक बन्यो।

दुवैले वर्षौंसम्म एकअर्कालाई चुनौती दिँदै व्यक्तिगत र टोलीगत सफलता हासिल गरे। व्यक्तिगत उपलब्धिका हिसाबले मेस्सीले आठ पटक बालन डी’ओर जितेका छन् भने रोनाल्डो पाँच पटक यस सम्मानबाट विभूषित भएका छन्। दुवैले UEFA च्याम्पियन्स लिग, घरेलु लिग उपाधि, गोल्डेन बुट, फिफा ‘द बेस्ट’ लगायतका थुप्रै प्रतिष्ठित सम्मान जितेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा मेस्सीले अर्जेन्टिनालाई विश्वकप, कोपा अमेरिका र फिनालिसिमा जिताएका छन् भने रोनाल्डोले पोर्चुगललाई युरो कप २०१६ र यूईएफए नेसन्स लिगको उपाधि दिलाएका छन्। गोल, असिस्ट, उपाधि र व्यक्तिगत पुरस्कारका अनेकौँ कीर्तिमान बनाएका यी दुई खेलाडीले फुटबलको शैली, व्यवसायिकता र विश्वव्यापी लोकप्रियतालाई समेत नयाँ उचाइमा पु¥याएका छन्।

उनीहरूको प्रतिस्पर्धाले नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिएको मात्र होइन, विश्वभरका समर्थकलाई दुई दशकसम्म निरन्तर रोमाञ्चित बनाएको छ। अब दुवै खेलाडी करिअरको अन्तिम मोडमा उभिएका छन्। मेस्सीका लागि २०२६ विश्वकप अन्तिम अन्तर्राष्ट्रिय मञ्च बन्न सक्ने अनुमान छ भने रोनाल्डोको भविष्यबारे अझै स्पष्टता छैन।

तर एउटा कुरा भने निश्चित छ, यी दुई महान् खेलाडीले आधुनिक फुटबलमा छोडेको प्रभाव, कीर्तिमान र विरासत आउने धेरै दशकसम्म स्मरणीय रहनेछ। फुटबल इतिहासमा मेस्सी र रोनाल्डोको नाम सधैं उत्कृष्ट खेलाडीहरूको सूचीमा अग्रस्थानमै रहनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top