प्रधानमन्त्री शेख हसिनामाथि आक्रमण गर्ने १९ जनालाई मृत्युदण्ड

बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement

तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो ।रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ ।

Advertisement

५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीको नेतृत्व गरिरहेका छन् ।

‘हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौँ,’ कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले बताए । हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top