×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

२३ बैशाख २०८३

२३ वैशाख , काठमाण्डौ।

आज विहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । केही दिनदेखि निरन्तर सक्रिय रहेको पश्चिमी वायु, स्थानीय प्रणाली र पूर्वी क्षेत्रमा विकसित न्यूनचापीय प्रभावका कारण देशभरको मौसम अस्थिर बन्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement
Advertisement

देशका केही स्थानमा आज वर्षा र हिमपात हुनेछ । मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।

भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीले राति २ बजेयता चितवनदेखि झापासम्म केही ठाउँमा मध्यमसम्म वर्षा भएको बताएका छन् । “यो दिउँसोसम्म नै रहने सम्भावना छ । पश्चिम तराईमा हल्का प्रभाव हुनेछ,” उनी भन्छन्, “तर मधेसलगायत पूर्वी भागमा ठूलै (राम्रै) वर्षाको सम्भावना छ ।”

उनले खहरे खोलामा बाढीको जोखिम हुनसक्ने र बीपी राजमार्गका पर्ने रोशी खोलामा सावधानी आवश्यक रहेको बताएका छन् । मौसमविद् विनोद पोखरेल वैशाखमा पश्चिमी वायुको प्रभाव लगातार एक महिना दिखिएको भन्दै अझै दुई हप्तासम्म नेपालमा दैनिक वर्षा हुने बताउँछन् । अब दुई हप्ता सबै ठाउँमा सधैँ वर्षा नभए पनि नेपालका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले बताएको छ । यही प्रणालीका कारण वर्षा भइरहेको छ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् ।

सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘वर्षासँगैको पहिराका कारण अवरुद्ध भएका केही राजमार्ग मङ्गलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् ।’

इलामस्थित इलाम रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्रि कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने ४ सय बेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता काफ्लेले बताए । वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवम् सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top