दक्षिण कोरियाका राजदूत पार्कद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

१९ साउन ८३, बुधबार

काठमाडौं – दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तार गर्नुपर्नेमा जोड दिए। उनले दुई देशबीचको सहकार्यका प्राथमिक क्षेत्रमा व्यापार, स्वास्थ्य र शिक्षालाई राख्नुपर्ने उल्लेख गरे।

Advertisement

उनले भने, “लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ। अहिले ऊर्जा र उत्पादन क्षेत्रमा सहकार्य भइरहेको छ। अब अन्य क्षेत्रमा पनि ध्यान केन्द्रित गर्न आवश्यक छ।”

परराष्ट्रमन्त्री खनालले शिक्षा क्षेत्रमा अनुसन्धानमूलक संस्थाहरूबीच सहकार्य विस्तार गर्नुपर्नेमा पनि जोड दिए। साथै, दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई देशबीचको सम्बन्धको सफल नमुना रहेको उल्लेख गर्दै यसले जनस्तरको सम्बन्धलाई समेत थप सुदृढ बनाएको बताए।

Advertisement

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कको नेपालमा रहँदा पुर्‍याएको योगदानको परराष्ट्रमन्त्री खनालले प्रशंसा गरे।

राजदूत पार्कले आफू जहाँ गए पनि नेपाललाई कहिल्यै नबिर्सने बताए। उनले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको समेत प्रशंसा गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top